काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा दिएको निहुँमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण गर्नु नियोजित भएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै रिजालले शिक्षामन्त्री भट्टराईले ‘स्वास्थ्यका कारण’ राजीनामा दिएको’ प्रसंग उल्लेख गर्दै यही निहुँमा प्रधानमन्त्री ओलीमाथि आक्रमण गर्नु नियोजित भएको बताएका हुन्।
रिजालले लेखेका छन्, 'शिक्षामन्त्री विद्या भट्टराईले ‘स्वास्थ्यका कारण’ राजीनामा दिएको’ भनिन्छ। जे कारण होला, उहाँले पदमा रहन चाहनुभएन। यही निहुँमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण गर्नु नियोजित छ।'
समस्याका बीचमा पद छाडेकी मन्त्रीको देवत्वकरण गर्ने र उनलाई मन्त्री बनाउने प्रधानमन्त्रीको दानवीकरण गर्नु खेदजनक भएको उनको भनाइ छ। उनले भने, 'समस्याका बीचमा पद छाड्नुभएकी मन्त्रीको देवत्वकरण गर्ने र उहाँलाई मन्त्री बनाउने अनि सबैतिर मिलाएर समस्या समाधानमा प्रयत्नरत प्रधानमन्त्रीको दानवीकरण गर्नु खेदजनक छ।'
प्रतिकृया लेख्नुहोस्: