ताप्लेजुङ । पाथीभरा क्षेत्रमा भएको घटनामा मृत्यु भएका चार जनाकै शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ।
तीन जनाको सोमबार साँझ र एक जनाको मंगलबार बिहान पोष्टमार्टकपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख रवि रावलले जानकारी दिए । मृत्यु भएकामध्ये ललितपुर महानगरपालिका वडा नं १० का १६ वर्षीय आध्या आचार्य, उनका मावली हजुरबुबा झापा भद्रपुर नगरपालिका वडा नं १५ का ७० वर्षीय बिनोद पौडेल र मावली हजुरआमा ६९ वर्षीय सरिता पौडेलको शव सोमबार साँझ पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको थियो।
मंगलबार सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराईको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
पाथीभरा दर्शनका लागि सोमबार बिहान त्यसतर्फ हिँडेका चालकसहित ६ जना सवार मे१ज ३०११ को सवारीमाथि तेर्से र गुन्द्रेको बिच भागमा लत्रिएको विद्युतीय तार पर्दा भएको करेन्ट प्रवाहका कारण गाडीमा आगलागी भएको थियो।
सो क्रममा चालकसहित चार जनाको मृत्यु भएको थियो ।
आमा छोरा ललितपुर महानगरपालिका वडा नं १० का ४५ वर्षीय सविना आचार्य र उनका १० वर्षका छोरा अभिमय आचार्यलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: