ताप्लेजुङ । पाथीभरा क्षेत्रमा भएको घटनामा मृत्यु भएका चार जनाकै शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ।
तीन जनाको सोमबार साँझ र एक जनाको मंगलबार बिहान पोष्टमार्टकपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख रवि रावलले जानकारी दिए । मृत्यु भएकामध्ये ललितपुर महानगरपालिका वडा नं १० का १६ वर्षीय आध्या आचार्य, उनका मावली हजुरबुबा झापा भद्रपुर नगरपालिका वडा नं १५ का ७० वर्षीय बिनोद पौडेल र मावली हजुरआमा ६९ वर्षीय सरिता पौडेलको शव सोमबार साँझ पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको थियो।
मंगलबार सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराईको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
पाथीभरा दर्शनका लागि सोमबार बिहान त्यसतर्फ हिँडेका चालकसहित ६ जना सवार मे१ज ३०११ को सवारीमाथि तेर्से र गुन्द्रेको बिच भागमा लत्रिएको विद्युतीय तार पर्दा भएको करेन्ट प्रवाहका कारण गाडीमा आगलागी भएको थियो।
सो क्रममा चालकसहित चार जनाको मृत्यु भएको थियो ।
आमा छोरा ललितपुर महानगरपालिका वडा नं १० का ४५ वर्षीय सविना आचार्य र उनका १० वर्षका छोरा अभिमय आचार्यलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।
प्रतिकृया लेख्नुहोस्: