Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८२ बुधबार | 30th April, 2025 Wed
Investment bank

चौरीको रगत तताएरमात्रै पिउन चिकित्सकको सुझाव

खबरडबली संवाददाता

मुक्तिनाथ। मुस्ताङको थासाङ गाउँपालिका–२,घट्टेखोलामा वैशाख ६ गतेदेखि चौरीको आलो रगत पिउने मेलामा सर्वसाधारणको भिड लागेको छ । अगामी वैशाख १५ गतेसम्म सञ्चालन हुने मेलामा मुस्ताङ बाहेक म्याग्दी, पोखरा, बुटवल, काठमाडौँलगायत देशका विभिन्न स्थानबाट सर्वसाधारण मेलामा पुगेका छन् । दैनिक दुई सय जनाको हाराहारीले चौरीको आलो रगत पिउने गरेको आयोजक हिमालय याक नाक पालन उपसमितिले जनाएको छ ।

आयुर्वेदिक र प्याथोलोजी उपचार पद्धतिबाट आजित भएकाको रोजाईमा परेको चौरीको आलो रगत पिउने मेलामा याकको मासु, चौरीको रगतका लागि एकसातासम्म मुस्ताङकै होटलमा बसेर समेत दैनिक पुग्नेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ ।

हरेक वर्ष ग्याष्टिक, गानोगोला, तुस, अपच, हार्डजोर्नी, नशासम्बन्धी रोग, यौन उत्तेजना बढ्नेलगायत समस्याहरु समाधान हुने जनविश्वासमा सर्वसाधारणको भिड लाग्ने गरेको अवस्थामा मेडिकल चिकित्सकले भने आलो रगतलाई तताएर मात्रै प्रयोग गर्न सुझाव दिएका छन् ।

प्रदेश अस्पताल मुस्ताङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डा।तेजेस नेपालले चौरीको घाँटीमा चक्कुले रेटेर निकालेको रगतको धारा गिलासमा भरेर पिएको दृश्यको वैज्ञानिक अनुसन्धान आवश्यक रहेको बताए।

डा। नेपाल भन्छन्,‘‘रगतलाई तताएर खाँदा जिवाणुमुक्त हुन्छ, भिटामिन र पोषणका लागि पनि राम्रो मानिन्छ ।’’ आलो रगतमा विभिन्न विषाक्त पदार्थका अवशेषहरू हुने भएकाले तताएर, फुटेर खान उपयुक्त हुने डा। नेपालको भनाइ छ । सामान्य शारीरिक प्रक्रिया अनुसार सङ्क्रमण गराउने हानिकारक विषाक्त तत्त्वहरू रगतको शुद्धीकरण प्रक्रिय पछि मूत्र प्रणाली मार्फत् बाहिर जान्छन् ।

मानिसले ताजा रगत पिउँदा शरीरमा नै सङ्क्रमणको जोखिम हुने डा। नेपालको भनाइ छ । डा। नेपालले भन्नुभयो, ‘‘आलो रगतले बाहिरी किटाणुहरु सर्न सक्ने उत्तिकै सम्भावना हुन्छ, जनविश्वासलाई सम्मान गर्दै स्वास्थ्य क्षेत्रका सुझावलाई समेत कार्यान्वयन गर्नुपर्छ । ’’

हिमाली क्षेत्रको चरन क्षेत्रमा रहेका पशुचौपायाको शरिररमाभित्र हेमोग्लोविनको मात्रा धेरै हुने भएकाले आवश्यकता परेमा निकालेर फाल्न सकिन्छ । नेपालमा आलो रगतबाट रोग निको हुने भन्दै बाख्राको रगत समेत पिउँदा मिर्गौलासहित अन्य जटिल समस्याहरू समेत देखिएकाले आलो रगतलाई तताएर, पकाएर वा बाफबाट किटाणु हटाउने गरी आगामी दिनमा मेलाहरू सञ्चालन गर्न समेत चिकित्सकले सुझाव दिएका छन् ।

हिमाली लेकमा पाइने शक्तिवर्धक जडिबुटी यार्सागुम्बा, जटामसी, निरमसी, कुटकी, वन लसुन, पाँचऔंले, जिम्बुलगायत खाने भएकाले आलो रगतबाट निको हुने भन्दै एउटै व्यक्ति १० औं पटकसम्म पिउने गर्दछन् ।

यता चौंरीगाईको आलो रगतमा भएको परजीवीले मानव स्वास्थ्यमा पार्न सक्ने असरलाई ध्यानमा राखेर थासाङ गाउँपालिकाको पशु सेवा शाखाले चौंरीगाई र याकमा लाग्न सक्ने विभिन्न पशुजन्य रोगहरु विरुद्ध नि:शुल्क खोप लगाउने तथा औषधीहरु वितरण एवम् पशु, चौपायाको स्वास्थ्यको समेत परीक्षण गर्ने गरेको छ ।

थासाङको चरन क्षेत्रमा २५ गोठका करिब १५ सयको हाराहारीमा चौरीगाई र याकहरु रहेको थासाङ गाउँपालिकाको पशु स्वास्थ्य प्राविधिक राजन श्रेष्ठको भनाइ छ । मेलामा विभिन्न समूहबाट ल्याइएका याक तथा नाकबाट हुने आम्दानीसँगै उनीहरुको पालनपोषण र संरक्षण गर्ने गरिएको हिमालय याक नाकपालन उपसमिति संयोजक बुद्धिरत्न तुलाचनको भनाइ छ । मेलामा चौंरीका विभिन्न समूहबाट तीन सयको हाराहारीमा याक र चौंरीगाईहरु ल्याइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पक्राउ परेको ४ घण्टापछि रिहा भए रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक...

सर्वोच्च अदालतले अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतमाथि कारबाही प्रक्रिया सुरु गर्याे

काठमाडौं । सर्वोच्च अदालतले अनधिकृत रूपमा पत्राचार गर्ने शाखा अधिकृत महिमान सिंह विष्ट विरुद्ध कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको जनाएको छ।अदालतका ...

नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन आज पनि गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक आठ दशमलव १४ अङ्कले घटेर दुई हजार छ...

वैशाख ३१ गते बालबालिकालाई खोप लगाउन मन्त्री पौडेलको आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते छुट खोप लगाउन आग्रह गरेको छन् । मन्त्री ...

सार्वजनिक बिदामा पनि जिल्ला प्रशासन बझाङबाट सेवा प्रवाह

बझाङ। जिल्ला प्रशासन कार्यालय बझाङले सार्वजनिक बिदाको दिन पनि सेवा दिँदै आएको छ । नेपाल सरकारको गत चैत १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार जिल्ला प...

रेशम चौधरी पक्राउ गर्न जारी भएको पत्र आधिकारिक होइन, रेशम चौधरीलाई थुनामुक्त गरिदिनू : सर्वोच्च

रेशम आधिकारिक पत्रपछि केहीबेरमा रिहा हुँदै

रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत विष्ट पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ पर...

रेशमलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउँदै

काठमाडौं । रेशम चौधरीलाई कैद गर्ने पत्र  कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुन...

इयुसँगको सम्बन्धले विश्व अर्थतन्त्र र व्यापारमा ‘बहुमूल्य स्थिरता’ प्रदान गर्छ : चीन

बेइजिङ। वासिङ्टनसँगको व्यापार युद्ध जारी रहँदा बेइजिङले युरोपेली ब्लकसँग नजिकको सम्बन्ध खोज्दै गर्दा चीनले बुधबार विश्व अर्थतन्त्रमा ‘बहुमूल्य स्थिरता...

रेशम पक्रन सर्वोच्चले पठाएको पत्र नै शंकाको घेरामा, छलफल गर्न सर्वोच्चमा बैठक

काठमाडौँ । नागकिर उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरीरेशम चौधरीलाई थुनामा पठाउने सम्बन्धमा सर्वोच्च अदालतबाट पठाइएको पत्रबारे छलफल गर्न सर्वोच्च अदालत...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending