Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८२ बुधबार | 30th April, 2025 Wed
Investment bank

ट्याक खुलेको १९ वर्षपछि सुदला–मान्द्रेढुङ्गा सडक कालोपत्र सुरु

खबरडबली संवाददाता

बागलुङ। दक्षिण बागलुङको बरेङ गाउँपालिकाको सुदला–मान्द्रेढुङ्गा सडक खण्डमा स्तरोन्नतिसहित कालोपत्रको काम सुरु भएको छ । गुल्मीको शान्तिपुर जोड्ने गरी २०६४ जेठ १० गते ट्याक खुलेको ८ सय ३० मिटर दूरीको उक्त सडक खण्डमा १९ वर्षपछि स्तरोन्नतिसँगै कालोपत्रको काम सुरु भएको हो ।  

पालिकाको बजेटमा सडक कालोपत्र हुन लागेको हो । सिजन बिल्डर्स एण्ड सप्लायर्स प्रालिले ८१ लाख ८५ हजार रुपियाँमा सम्झौता गरी काम सुरु गरेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिए। २०८१ मङ्सिर १८ गते ठेक्का सम्झौता गरेको कम्पनीले २०८२ वैशाख १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।

बरेङको प्रशासनिक केन्द्र रहेको वडा नं. २ हुग्दीशिरको सुदलादेखि वडा नं। ३ बाटाकाचौर जोड्ने सडक खण्डमा ६ मिटर चौडा कालोपत्र गरिने छ । पालिकाका इन्जिनियर रामकृष्ण पौडेलका अनुसार, आर्थिक हिसाबले मितव्ययी र शाखा सडकमा गरिने प्रि–मिक्स कार्पेटिङ प्रविधिको कालोपत्रे गरिने छ । सडक कालोपत्रसँगै नालीदेखि टेवा पर्खाल र ढलानको काम पनि चलिरहेको पौडेलले बताए । 

लामो समयदेखि सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै सडकमा भएका खाल्डाखुल्डीले सवारीसाधन आवागमनमा समेत असहज भइरहेको छ । ‘‘सडक कालोपत्र भएपछि हिउँदमा धुलो र वर्षामा हिलो सडकमा जोखिमपूर्ण यात्रा गर्दै आएका नागरिकले अब सहज यात्रा गर्न पाउँछन्’’ अध्यक्ष शर्माले भने । यो खण्डले बाटाकाचौरका नयाँबजार, साग्दी र खाल्लेवासीलाई कालोपत्र सडकले सहज यात्रासँगै खाद्यन्न ढुवानीमा लाभ हुने अध्यक्ष शर्माको भनाइ छ ।

सम्झौतालगत्तै कम्पनीले मेशिन र पर्याप्त मजदुर प्रयोग गरी काममा तीव्रता दिएको छ । वर्षा नभए कालोपत्रको काम समयअगावै सकिने निर्माण कम्पनीका प्रतिनिधि लोकबहादुर क्षेत्रीको दाबी छ । तर सम्झौता अवधि सकिन नौ दिनमात्र बाँकी छ । कालोपत्रसँगै थुप्रै संरचनाका काम बाँकी रहेकाले जेठ १५ ९एक महिना०सम्म समय थप्ने विषयमा कार्यपालिकामा छलफल हुने इन्जिनियर पौडेलले बताए।

शान्तिपुर जोड्ने पहिलो खण्ड सुदला–मान्द्रेढुङ्गा सडक कालोपत्र गरेलगत्तै नयाँबजार–हुग्दीशिर खण्डमा पनि कालोपत्रको काम हुने पौडेलले जानकारी दिए। दुवै सडकखण्ड कालोपत्र हुँदा बरेङसँगै गुल्मी शान्तिपुरका नागरिकलाई यात्रासँगै खाद्यन्न र कृषि उपज ढुवानीमा सहज हुने छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पक्राउ परेको ४ घण्टापछि रिहा भए रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक...

सर्वोच्च अदालतले अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतमाथि कारबाही प्रक्रिया सुरु गर्याे

काठमाडौं । सर्वोच्च अदालतले अनधिकृत रूपमा पत्राचार गर्ने शाखा अधिकृत महिमान सिंह विष्ट विरुद्ध कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको जनाएको छ।अदालतका ...

नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन आज पनि गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक आठ दशमलव १४ अङ्कले घटेर दुई हजार छ...

वैशाख ३१ गते बालबालिकालाई खोप लगाउन मन्त्री पौडेलको आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते छुट खोप लगाउन आग्रह गरेको छन् । मन्त्री ...

सार्वजनिक बिदामा पनि जिल्ला प्रशासन बझाङबाट सेवा प्रवाह

बझाङ। जिल्ला प्रशासन कार्यालय बझाङले सार्वजनिक बिदाको दिन पनि सेवा दिँदै आएको छ । नेपाल सरकारको गत चैत १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार जिल्ला प...

रेशम चौधरी पक्राउ गर्न जारी भएको पत्र आधिकारिक होइन, रेशम चौधरीलाई थुनामुक्त गरिदिनू : सर्वोच्च

रेशम आधिकारिक पत्रपछि केहीबेरमा रिहा हुँदै

रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत विष्ट पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ पर...

रेशमलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउँदै

काठमाडौं । रेशम चौधरीलाई कैद गर्ने पत्र  कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुन...

इयुसँगको सम्बन्धले विश्व अर्थतन्त्र र व्यापारमा ‘बहुमूल्य स्थिरता’ प्रदान गर्छ : चीन

बेइजिङ। वासिङ्टनसँगको व्यापार युद्ध जारी रहँदा बेइजिङले युरोपेली ब्लकसँग नजिकको सम्बन्ध खोज्दै गर्दा चीनले बुधबार विश्व अर्थतन्त्रमा ‘बहुमूल्य स्थिरता...

रेशम पक्रन सर्वोच्चले पठाएको पत्र नै शंकाको घेरामा, छलफल गर्न सर्वोच्चमा बैठक

काठमाडौँ । नागकिर उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरीरेशम चौधरीलाई थुनामा पठाउने सम्बन्धमा सर्वोच्च अदालतबाट पठाइएको पत्रबारे छलफल गर्न सर्वोच्च अदालत...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending