Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८२ मंगलवार | 13th May, 2025 Tue
Investment bank

पचरौताका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

खबरडबली संवाददाता

काठमाडौँ । बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध मङ्गलबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा यादव र अन्सारीले भ्रष्टाचार गरेको पाइएको अख्यिार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ । 

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले यादव र अन्सारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय (ङ) बमोजिमको कसुर भएकाले तीन लाख ५२ हजार ५६० रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरिएको जानकारी दिए। 

नगरपालिकाबाट आव २०७७/७८ मा सञ्चालन भएका ठेक्काहरू ९क्रमश: ठेक्का नं। ०२/२०७७/७८ र ठेक्का नं. ०३/२०७७/७८ ० को बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा केएस मल्टिपर्पोज प्रालिका अध्यक्ष कमलकुमार उपाध्याय समेतको मिलेमतोमा अभिलेखमा राख्ने प्रयोजनका लागि मात्र प्रभाव दैनिक पत्रिकामा एक प्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

झुट्टा विवरणसहितको पत्रिकाको आधारमा तीन लाख ५२ हजार ५६० केएस मल्टिपर्पोज प्रालिलाई भुक्तानी दिएको पुष्टि भएको अख्तियारले जनाएको छ । 

प्रवक्ता पौडेलका अनुसार केएस मल्टिपर्पोज प्रालिका अध्यक्ष उपाध्यायले ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन नगरी अभिलेखका लागि मात्रै प्रभाव दैनिकमा एक प्रति सूचना प्रकाशित गरी भुक्तानी लिएको पुष्टि भएको हुँदा उहाँलाई समेत सोही बिगो दाबीसहित आरोपपत्र दायर गरिएको छ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कतारले ट्रम्पलाई ४० करोड डलरको लग्जरी विमान उपहार दिने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको आफ्नो पहिलो लामो विदेश भ्रमणका क्रममा कतारबाट ४० करोड अमेरिकी डलर मूल्यको सुपर लग्जरी बोइङ ...

बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने: आर्थिक सुधारलाई उच्च महत्व

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने बताएका छन् । “केही समय अघिदेखि आर्थिक सु...

दाईजोको लागि नवविबाहित दुलहीको हत्या गरिएको दाबी

रौतहट। रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै एकजना मुस्लिम नवविवाहीता महिलाको संकास्पद मृत्यु भएको छ। माईती पक्षले दाईजोको ...

हावाहुरीले दमकमा २७ घरमा र तीन कृषि फर्ममा क्षति

दमक। दमक नगरपालिकाले झापामा आइतबार साँझ आएको हावाहुरीका क्षति विवरण सार्वजनिक गरेको छ । वार्षासँगै आएको ठुलो हावाहुरीले दमक नगरपालिकाका विभिन्न वडाका ...

तोलामा दुई हजारले घट्यो सुन मुल्य

काठमाडौँ। सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु दुई हजारले सुनको मूल...

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौँ। पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा क्षेत्रको पर्यटन विकास र पूर्वाधारमा लगानीको वातावरण बनाउन पर्यटन व्यवसायी एवं स्था...

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै धरानका अजित भुजेल

धरान । तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किएका बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक रु १८ लाखभन्दा बढी बचत गरि...

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

काठमाडौँ। वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण सोमबार सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको...

नारायणी नदीमा डुबेर एक जनाको मृत्यु

भरतपुर। नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । सोमबार दिउँसो करिव १:३० बजे भरतपुर महानगरपालिका– १७ का कुमार नेपालीको नदीमा डुबेर ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा एक महिनामै साढे ४४ हजार पर्यटक

लमजुङ। यो वर्ष अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । गत अप्रिल महिनामा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले यस क्षेत्रको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending