काठमाडौँ । चैत १५ मा तीनकुनेमा व्यवस्था विरोधी समूह राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेपछि ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीमाथिको जारी ‘नजरबन्द’ हटेको छ ।
सुवेदीले मंगलबार एक विज्ञप्ति जारी गर्दै आजदेखि आफूमाथिको प्रहरी निगरानी हटेको बताएका छन् । यससँगै आफू समितिको काममा फर्किएको उनको विज्ञप्तिमा उल्लेख छ ।
‘गत चैत्र १५ गतेबाट चौबीसै घण्टा म प्रहरीको निगरानीमा थिएँ’, उनले भनेका छन्, ‘आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु ।’
सुवेदी घरबाहिर निस्कन नपाइने भएपनि समितिको कार्यवाहक संयोजकको जिम्मेवारी जगमान गुरुङले पाएका थिए ।
प्रतिकृया लेख्नुहोस्: