Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८२ बुधबार | 30th April, 2025 Wed
Investment bank

बाँसको पुल तर्न २० रुपियाँ शुल्क

खबरडबली संवाददाता

लहान। सिरहा र धनुषा जिल्लाको सिमानामा रहेको कमला नदी हुलाकी सडक भएर आउने जाने प्रत्येक मोटरसाइकलाई बाँसको पुल तर्न २० रुपियाँ लाग्छ।

मधेशको जीवनरेखा मानिएको हुलाकी सडकमा पर्ने कमला नदीमा चार सय ७० मिटर लामो र ११ मिटर चौडाई भएको कमला पुल उद्घाटन नहुँदै भासिएपछि वर्षातको समयमा कमला नदी ओहोरदोहोर गर्न निकै सास्ती खेप्दै आइरहेको सिरहा धनुषाका स्थानीयहरु बताउँछन् । 

६ महिना अस्थायी बाँसको पुलमा २० रुपियाँको दरले तिरेर नदी तर्ने काम गर्छन् भने वर्षाको सयमा भासिएकै पुलमा बाँसको सिढी प्रयोग गर्दा साइकलवालाहरुले पचास तिरेर नदीको वारीपारी धनुषा र सिरहा आउजाउ गर्नुपर्ने बाध्यता छ । 

सिरहा नगरपालिकाले पन्ध्र लाख ७५ हजारमा ६ महिनाको लागि असारसम्म अस्थायी बाँस र काठको पुल निर्माण गरेर २० रुपियाँको टिकट लिएपछि दिनभरि ओहोर दोहोर गर्न सकिने ठेकेदार बसन्त मुखियाले बताउनुभयो । दिनको एक हजारसम्म मोटरसाइकल ओहोरदोहोर हुन्छ । अस्थायी बाँस र काठको पुल नहुँदा स्थानीयहरुले आफ्नो लगानीमा बनाएको पुलबाट ओहोरदोहोर गर्दा सय रुपियाँ तिर्नुपर्थ्यो । सिरहा नगरपालिकाले व्यवस्थापन गरेपछि अहिले २० रुपियाँमा ओहोरदोहोर भइरहेको छ । 

एक महिनाअघि कमला नदीमा आएको बाढीले काठको पुल हल्लिन थालेको छ । अब कुनै दिन ठूलो बाढी आयो भने मोटरसाइकल पार हुने पुल बगाएर लैजाने अवस्थामा छ। पुल भासिएको चार वर्ष हुनै लाग्यो भासिएको पाया निर्माणको कार्य अघि नबढ्दा कहिलेसम्म रकम तिरेर कमला नदी पार गर्न जोखिमता खेप्दै जाने हो स्थानीय बद्री नारायण यादवले पीडा पोखे। उनका अनुसार मधेशको जीवनरेखा रहेको हुलाकी सडक निर्माणले ल्याएको खुसी पुल भासिएपछि निरासामा बद्लिएको छ । 

प्रधानमन्त्री विभागीयमन्त्री मन्त्री, मधेश प्रदेश सरकारका मुख्यमन्त्रीले पुल मर्मत गर्ने  प्रतिवद्धता गरेपनि कहिँबाट यसको सुरसार नहुँदा सुखा मौषम र वर्षाको मौषममा स्थानीय मल्लाह समुदाय र सिरहा नगरपालिकाको सहयोगमा वैकल्पिक उपाय प्रयोग गरेर मोटरसाइकल वारीपारी गर्ने काम भइरहेको छ जुन भरपर्दो र सुरक्षित छैन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रेशम चौधरी पक्राउ गर्न जारी भएको पत्र आधिकारिक होइन, रेशम चौधरीलाई थुनामुक्त गरिदिनू : सर्वोच्च

रेशम आधिकारिक पत्रपछि केहीबेरमा रिहा हुँदै

रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत विष्ट पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ पर...

रेशमलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउँदै

काठमाडौं । रेशम चौधरीलाई कैद गर्ने पत्र  कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुन...

इयुसँगको सम्बन्धले विश्व अर्थतन्त्र र व्यापारमा ‘बहुमूल्य स्थिरता’ प्रदान गर्छ : चीन

बेइजिङ। वासिङ्टनसँगको व्यापार युद्ध जारी रहँदा बेइजिङले युरोपेली ब्लकसँग नजिकको सम्बन्ध खोज्दै गर्दा चीनले बुधबार विश्व अर्थतन्त्रमा ‘बहुमूल्य स्थिरता...

रेशम पक्रन सर्वोच्चले पठाएको पत्र नै शंकाको घेरामा, छलफल गर्न सर्वोच्चमा बैठक

काठमाडौँ । नागकिर उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरीरेशम चौधरीलाई थुनामा पठाउने सम्बन्धमा सर्वोच्च अदालतबाट पठाइएको पत्रबारे छलफल गर्न सर्वोच्च अदालत...

शिक्षकसँग आजै सहमति, भोलिदेखि पठनपाठन सुचारु

काठमाडौँ। सत्ता गठबन्धनले सरकार र शिक्षकहरूसँग आजै सहमति हुने विश्वास लिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि न...

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकि अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएकि छिन् । संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा ...

केपी ओलीकै निर्देशनमा रेशम चौधरी पक्राउ पर्नुभयो : नागरिक उन्मुक्ति

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको छन् । आज नाउपा र जनमत पार्टीको एकता सभा गर्ने तयारी गरिरहेकै बेला चौधरील...

मुद्दा विचाराधिन भएको विषयमा कसरी पत्र गयो, हामी आश्चर्यमा परेका छौं: महान्यायाधिवक्ता

काठमाडौं । सरकारका कानुनी सल्लाहकार समेत रहेका महान्यायाधीवक्ता रमेश बडालले सर्वोच्च अदालतको पत्रका आधारमा  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौध...

सरकारसँग वार्ता गर्न मन्त्रालय पुगे शिक्षक नेता

काठमाडौं। सरकारसँग वार्ता गर्न शिक्षक नेताहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन् । हिजो रातिको वार्ता सकारात्मक भएपछि आज सहमति हुने...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending