काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विभिन्न १० बुँदे माग पेश गर्दै पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ ।
मंगलबार बसेको बैठकमा उनीहरूले ७२ घण्टाभित्र आफ्ना माग सम्बोधन गर्दै निजामती कर्मचारी विधेयक अगाडि बढाउन आग्रह गरेका छन् । माग पुरा नभए आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिएका छन् ।
‘७२ घन्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुनेछ,’ बैठकमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले भने ।
निजामती विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ । संसद्को वर्षे अधिवेशन १२ वैशाखबाट सुरु हुँदैछ । त्यसै दिन नै संसद्मा विधेयक पेस हुने वातावरण बन्नुपर्ने अध्यक्ष भट्टको आग्रह छ ।
यस्ता छन्, माग:
प्रतिकृया लेख्नुहोस्: