बुटवल। बुटवल उपमहानगरपालिका-१४ बेलभरिया घर भई बुटवल-११ कालिकानगरमा बस्दै आएका २७ वर्षीय सुदिप न्यौपानेको भारतको जम्मु-कश्मीरको आतङ्कवादी हमलामा परी मृत्यु भएको छ ।
सुदिपसहित आमा, बहिनी र ज्वाइँको टोली चार दिनअघि शनिवार भारतको जम्मु-कश्मीर घुम्न गएका थिए ।
बुटवल उपमहानगरपालिका-१४ का वडा अध्यक्ष दधिराम न्यौपानेले आतङ्कवादीको आक्रमणमा सुदिपको मृत्यु भएको बताउँदै शव आजै साँझसम्म काठमाडौं ल्याउने तयारी रहेको जानकारी दिए । उनले सुदिप आफ्नो माईलो बुवाको नाती रहेको पुष्टी गर्दै सुदिपको आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइ उज्ज्वल काफ्लेसहित काश्मीर गएको बताए ।
जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा सुदिप पनि परेका हुन् । सुदिप घरको एक्लो छोरा र अविवाहित हुन् । सुदिप धरानमा ुपब्लिक हेल्थु विषय पढ्दै गरेको बताइएको छ । उनीहाँसँगै रहेका आमा, बहिनी र ज्वाइँ भने सकुसल रहेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए।
यसैगरी बुटवल-१४ बेलभरियाका स्थानीयले सुदिपको आतङ्कवादी आक्रमणमा परि मृत्यु भएको सुनेपछि भावविह्वल भएको बताए । स्थानीय जगन्नाथ पौडेलले सुदिप सानैबाट यही बसेको र पछि बसाई सरेर बुटवलको कालिकानगर गएको बताउँदै घटना सुनेपछि आफूहरु शोकका परेको बताए।
सुदिपका बुबा ध्रुव न्यौपाने रुपन्देहीको सौरहिया विद्यालयमा अध्यापनरत छन् । आमा र बुवाबिच सम्बन्धविच्छेद भएपछि सुदिप आमासँग बुटवल(११ कालिकानगरमा बस्दै आएका थिए ।
बुटवल-१४ का वडा सदस्य रामप्रसाद पराजुलीले सुदिपको भारतको कश्मीरमा आतङ्कवादी हमलामा परि मृत्यु भएको सुन्दा बेलभरिया गाउँ नै शोकमा डुबेको बताए। उनले सुदिपको बसाई बुटवल(११ कालिकानगरमा रहेपनि घरजग्गा सबै बुटवल १४ बेलभरियामा रहेको जानकारि दिए।
यस्तै, स्थानीय मैया पराजुलीले सुदिप अत्यन्त मिलनसार रहेको बताउँदै घटना सुनेपछि गाउँ नै शोकमा परेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: