बुटवल। बुटवल उपमहानगरपालिका-१४ बेलभरिया घर भई बुटवल-११ कालिकानगरमा बस्दै आएका २७ वर्षीय सुदिप न्यौपानेको भारतको जम्मु-कश्मीरको आतङ्कवादी हमलामा परी मृत्यु भएको छ ।
सुदिपसहित आमा, बहिनी र ज्वाइँको टोली चार दिनअघि शनिवार भारतको जम्मु-कश्मीर घुम्न गएका थिए ।
बुटवल उपमहानगरपालिका-१४ का वडा अध्यक्ष दधिराम न्यौपानेले आतङ्कवादीको आक्रमणमा सुदिपको मृत्यु भएको बताउँदै शव आजै साँझसम्म काठमाडौं ल्याउने तयारी रहेको जानकारी दिए । उनले सुदिप आफ्नो माईलो बुवाको नाती रहेको पुष्टी गर्दै सुदिपको आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइ उज्ज्वल काफ्लेसहित काश्मीर गएको बताए ।
जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा सुदिप पनि परेका हुन् । सुदिप घरको एक्लो छोरा र अविवाहित हुन् । सुदिप धरानमा ुपब्लिक हेल्थु विषय पढ्दै गरेको बताइएको छ । उनीहाँसँगै रहेका आमा, बहिनी र ज्वाइँ भने सकुसल रहेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए।
यसैगरी बुटवल-१४ बेलभरियाका स्थानीयले सुदिपको आतङ्कवादी आक्रमणमा परि मृत्यु भएको सुनेपछि भावविह्वल भएको बताए । स्थानीय जगन्नाथ पौडेलले सुदिप सानैबाट यही बसेको र पछि बसाई सरेर बुटवलको कालिकानगर गएको बताउँदै घटना सुनेपछि आफूहरु शोकका परेको बताए।
सुदिपका बुबा ध्रुव न्यौपाने रुपन्देहीको सौरहिया विद्यालयमा अध्यापनरत छन् । आमा र बुवाबिच सम्बन्धविच्छेद भएपछि सुदिप आमासँग बुटवल(११ कालिकानगरमा बस्दै आएका थिए ।
बुटवल-१४ का वडा सदस्य रामप्रसाद पराजुलीले सुदिपको भारतको कश्मीरमा आतङ्कवादी हमलामा परि मृत्यु भएको सुन्दा बेलभरिया गाउँ नै शोकमा डुबेको बताए। उनले सुदिपको बसाई बुटवल(११ कालिकानगरमा रहेपनि घरजग्गा सबै बुटवल १४ बेलभरियामा रहेको जानकारि दिए।
यस्तै, स्थानीय मैया पराजुलीले सुदिप अत्यन्त मिलनसार रहेको बताउँदै घटना सुनेपछि गाउँ नै शोकमा परेको बताए।
प्रतिकृया लेख्नुहोस्: