काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिले निजामती कर्मचारीहरूको अनिवार्य अवकाश हुने उमेर हद ५८ वर्षबाट ६० वर्ष पुर्याउने सहमति गरेको छ ।
उपसमिति संयोजक नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद चरणबद्ध रूपमा बढ्ने व्यवस्थामा सहमति जुटेको र उक्त सहमतिसहितको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाएको उनले जानकारी दिए ।
उमेर हद बढाउने सहमति भएपनि यहीँ असार भित्र ५८ वर्ष पुगेका कर्मचारीले भने स्वतस् अवकाश पाउनेछन् । साउनमा ५८ वर्ष पुग्नेको हकमा ५८ वर्ष ६ महिना हुने, सो समय सकिएको एक वर्षसम्म ५९ वर्ष ६ महिना कायम हुने र उक्त अवधि समाप्त भएपछिको छ महिनासम्म ६० वर्ष भन्ने उल्लेख छ।
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले उपसमितिले तयार पारेको सहमतिको खाकामा आफूहरुको पूर्ण समर्थन हुने बताए । उनले भने,'यो सहमतिमा हामी तलमाथि हुँदैनौं । यहीँ पारित हुन्छ ।'
प्रतिकृया लेख्नुहोस्: