काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका जनकमान्डर तोकिएका दुर्गा प्रसाईंसहितका पक्राउ परेकाहरूलाई आज पुन: म्याद थप गर्न जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ ।
प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई दोस्रो पटक म्याद थप गर्न लागिएको हो ।
उनीहरूविरुद्ध पहिलो पटक २९ चैतमा काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद थप भएको थियो । अहिले पुन: उनीहरूलाई म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
प्रतिकृया लेख्नुहोस्: