Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

‘स्रोत सुनिश्चित भए मात्र आवासीय चिकित्सकलाई ४८ हजार भत्ता दिन सकिन्छ: निजी मेडिकल कलेज

खबरडबली संवाददाता

काठमाडौँ । निजी मेडिकल कलेजका सञ्चालकले स्नातक तह ९पिजी०का आवासीय चिकित्सको भत्ता सरकारी आठौँ तह सरह दिन नसक्ने बताएका छन् । 

एशोसियसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै पिजीका आवासीय चिकित्सकको भत्ता सरकारी आठौँ तह सरह दिन नसक्ने अडान लिएको हो ।

पिजीका विद्यार्थीको निर्वाह भत्ता विषयमा चिकित्सक शिक्षा आयोगको १६ औँ बैठकले ४८ हजार ७३७ दिनुपर्ने तोकेको थियो । यो निर्णय आफूहरू र विश्वविद्यालयसँग छलफल नगरी आएकोले आयोगको १६ औँ बैठकले तोकेको भत्ता तत्काल दिन नसक्ने एसोसिएसनका अध्यक्ष डा।ज्ञानेन्द्रमान सिंह कार्कीको जानकारी दिए। 

“हामीले विद्यार्थीलाई ४८ हजार ७३७ रुपियाँ भन्दा बढी नै दिन चाहन्छौँ । तर, त्यसका लागि हामीसँग स्रोत छैन । उनीहरूले पिजी पढ्नका लागि विभिन्न किस्तामा बुझाउने २३ लाख रुपियाँ मध्ये हामीले पाउने जम्मा १० लाख हो । बाँकी युनिभर्सिटी र आयोगलाई बुझाउनुपर्छ । यदि हामीले उहाँहरूलाई मासिक ४८ हजार ७३७ रुपियाँ दिने हो भने हामीले तीन वर्ष पढाए बापत १६ हजार १७ रुपैयाँ पाउने रहेछौँ । यसरी त पिजी कार्यक्रम चलाउन सकिँदैन ।”उनले प्रष्ट पारे। 

सरकारले समक्ष स्रोत सुनिश्चितता गरेमा यो निर्णय आगामी शैक्षिक शत्र देखि लागु हुने आयोगको बैठकमा प्रष्ट पारेको उनले बताए। नीजि मेडिकल कलेजको स्रोत सुनिश्चितताका विषयमा आयोगको बैठकमा लिखित र मौखिक रूपमा कुरा राखेको डा।कार्कीको भनाइ छ । उनले अहिले निम्तिएको समस्याको सुरुवातकर्ता आफूहरू नभएको प्रष्ट पार्नुभयो । 

उनी भन्छन्, “अहिले निम्तिएको समस्याको सुरुवात कर्ता हामी होइनौँ । समस्या बाहिरबाटै आएको हो । समस्याको समाधान गर्न दिनरात नभनी लागेका छौँ ।” 

नेपाली कांग्रेसका सांसद एवं काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा।सुनील शर्माले यदि सरकारले स्रोत सुनिश्चितता गरिदियो भने पिजीका विद्यार्थीलाई ४८ हजार भत्ता दिन कुनै समस्या नरहेको बताए। 

बिचौलियाले निजी मेडिकललाई धराशायी बनाउन आवासीय चिकित्सकलाई उचालेर राजनीति गरेको उहाँले आरोप लगाउनुभयो । यो समस्या बेलैमा समाधान नभएमा आगामी वर्षमा नीजि मेडिकल कलेजले सिट सङ्ख्या कम लिएभने आगमी वर्ष सात आठ सय विद्यार्थी पढ्नबाट बञ्चित हुने धारण व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “भर्ना रोक्ने, भर्ना नदिने, फन्डा गर्ने, समस्या सिर्जना गर्ने र बच्चाहरूलाई बाध्य बनाएर विदेश पढ्न पठाउने र नेपालभित्रका निजी क्षेत्रका चिकित्सा शिक्षा सम्बन्धी कलेजहरू खत्तम गर्ने राजनीति भएको छ ।” 

डा।कार्कीले पिजीका विद्यार्थीले दिने र लिने रकम दुवै सम्बन्धित विश्वविद्यालयले तोक्ने बताए । उनी भन्छन्,“पिजीको भर्ना शुल्क र उनीहरूलाई कति भत्ता दिने भनेर सम्बन्धित विश्वविद्यालयले  तोकेर पठाएको हुन्छ । यसमा हाम्रो कुनै पनि हुँदैन । हाम्रो काम पढाउने मात्र हो । यदि निजी मेडिकल कलेजले गलत गरेको जस्तो लाग्छ भने विद्यार्थी अदालत जान सक्नुहुन्छ।” 

नीजि मेडिकल कलेजमा अध्ययनरत पिजीका आवासीय चिकित्सक सरकारी आठौँ तह सरह भत्ता दिनुपर्ने माग राख्दै २० औँ दिनदेखि सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका छन् । 

यो समस्या समाधान गर्न आयोगलेको १८ औँ बैठकले शिक्षा सचिव दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदय गठन गरेको छ । उक्त कार्यदलले वैशाख १५ गते अधिकतम सिट सङ्ख्या र शुल्क कतिसम्म पुर्‍याउन सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरी बुझाउनु पर्ने छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending