Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

‘अनलाइन’बाटै नागरिकता सिफारिस गर्दै बैतडीका स्थानीय तह

खबरडबली संवाददाता

बैतडी । यहाँका स्थानीय तहहरूले ‘अनलाइन’ प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिस दिन थालेका छन् । दश स्थानीय तहमध्ये हालसम्म छ वटाले अनलाइनमार्फत सिफारिस दिन थालेका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार शिवनाथ र पञ्चेश्वर गाउँपालिका, मेलौली, पाटन, दशरथचन्द र पुर्चौडी नगरपालिकाले अनलाइनबाट नागरिकता सिफारिस दिन थालेका हुन् । कार्यालयका सेवा प्रवाह र सेवाग्राहीहरुरूको सहजताका लागि प्रविधिमैत्री बनाउने क्रममा नागरिकताको सिफारिस अनलाइन प्रणालीबाट दिन सुरु गरिएको प्रजिअ उपाध्यायको भनाइ छ । 

“स्थानीय तहहरूले वडाबाटै अनलाइनबाट नागरिकता प्रमाणपत्र बनाउन सिफारिस दिने काम गरेका छन् । यसले सेवाग्राहीलाई कागजात नमिलेर प्रशासन कार्यालयमा पुगेर खाली हात फिर्ता हुने झन्झटको अन्त्य भएको छ”, उनले भने ।

अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह भएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए । 

उनले भने, “अनलाइनको माध्यमबाटै सिफारिसको काम हुने भएपछि सेवाग्राहीलाई सहज भएको छ । यसअघि कुनै कागज अपुग भएमा जिल्ला प्रशासन पुगेर फर्किनुपर्ने झन्झट हुने गरेकामा अब सबै कागजपत्र पुगेर मात्रै नागरिकता बनाउन जानेछन् ।”

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले अनलाइनबाट सिफारिस दिन थालेपछि सेवाग्राहीलाई आवश्यक कागजात पुगे, नपुगेको त्यही बेला वडा कार्यालयमै थाहा हुने गरेको बताएयो । उनले आवश्यक सबै कागजपत्र पुगेपछि मात्रै सेवाग्राही प्रशासन कार्यालयमा जाने अवस्था बनेकाले सेवाग्राहीले रिक्तो हात फिर्ता हुनु नपर्ने बताए ।

बाँकी स्थानीय तहले पनि चाँडै नै अनलाइनबाट नागरिकता सिफारिस दिन कामको थालनी गर्ने जनाइएको छ । इन्टरनेट र कर्मचारी अभाव रहेका वडाहरूमा अनलाइन प्रणाली सञ्चालन गर्न ढिलाइ भएको छ । कर्मचारी र जनप्रतिनिधिहरूलाई अभिमुखीकरण गरेर चाँडै अरु तहबाट पनि अनलाइनको माध्यमबाटै सिफारिसका लागि सहजीकरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र कीर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने हुँदा यो सेवा प्रभावकारी हुने विश्वास लिइएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending