तनहुँ । लोकतन्त्र दिवसको अवसरमा गैरसरकारी संस्था महासङ्घले आज दमौलीमा गरेको कार्यक्रमका वक्ताहरुले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकामा जोड दिएका छन् ।
त्यस अवसरमा व्यास नगरपालिका नगरसभा सदस्य सुरेश वाग्लेले लोकतन्त्र नै सर्वोत्कृष्ट शासन व्यवस्था भएको बताउँदै अन्य विकल्पको खाजी हुनुहुँदैन भने।
लायन्स क्लब अफ तनहुँका पूर्वअध्यक्ष कृष्णहरि गैरेले नागरिकको हकअधिकार स्थापित गर्न लोकतन्त्र सुन्दर पक्ष भएकाले यसको सुदृढीकरण अपरिहार्य भएको विचार व्यक्त गरे।
शिक्षक सङ्घका पूर्वअध्यक्ष कमलभक्त पोखरेलले समाजमा लोकतन्त्र रक्षाको लागि नेताहरु जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
बाल अधिकारकर्मी सुशीला शर्मा, अधिकारकर्मी सरिता थापा भण्डारी र गैरसरकारी संस्था महासङ्घकी अध्यक्ष सरलादेवी श्रेष्ठलगायत वक्ताले लोकतन्त्रको रक्षाका लागि तीनवटै तहका सरकारले प्रभावकारी काम गर्न आवश्यक रहेको बर्ताए।
तत्कालीन राजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई नै फिर्ता’ गरेको २०६३ वैशाख ११ गतेको स्मरणमा २०६४ सालदेखि हरेक वर्ष लोकतन्त्र दिवस मनाउन प्रारम्भ भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: