Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

कश्मीर आक्रमणमा मारिएका सुदिपको शव परिवारको जिम्मा लगाइयो, आजै अन्त्येष्टि

खबरडबली संवाददाता

काठमाडौं। भारतको जम्मु कश्मीरमा आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७ वर्षीय सुदिप न्यौपाको शव परिवारलाई जिम्मा लगाइएको छ ।

मंगलवार दिउँसो बन्दुकधारीले गोली हानेर हत्या गरेका सुदीपको शव भारतको नयाँदिल्लीबाट लखनउसम्म हवाईमार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै नेपाल पुर्‍याइएको थियो । 

बिहीवार बिहानै शव परिवारको जिम्मा लगाइएको छ । सुदीपको शव आजै बुटवल–११ मनकामनापथस्थित घरमा लगिएको छ । उनको आजै अन्त्येष्टि गरिने बताइएको छ । सुदीप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाई युवराज काफ्ले सहित शनिवार बुटवलबाट कश्मिरको मिनी स्वीटरजल्याण्ड समेत भनिने वैसरण उपत्यकामा घुम्न गएका थिए । 

त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलवार दिउँसो एक्कासी बन्दुकधारी आतङ्कवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए । सुदीपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाउन सफल भएका थिए । भाग्ने क्रममा रिमाकला सामान्य घाइते समेत भएकी थिइन् । सुदीपको शव ल्याएर आमा, बहिनी र ज्वाइँ बुटवल आएका छन् । आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए । 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाजुरामा सात घण्टामा ३५ हजार मत खस्यो

बाजुरा। बाजुरामा मतदान सुरु भएको सात घण्टाभित्र ३५ हजार मत खसेको छ। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अन्तर्गत दिउँसो १२ बजेसम्म झण्डै ३५ हजार म...

स्याङ्जामा मतपत्रमा हस्ताक्षर नहुँदा मतदान रोकियो

काठमाडौं । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१०, मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान रोकिएको छ। मतपत्रमा मतदान अधिकृतले ...

सर्लाही पुगे गगन थापा

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँमा मतदान गरेर बिहीबार दिउँसो सर्लाही आइपुगेको छन् । थापा सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्य ...

मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ बजेदेखि सुर...

बैतडीमा २८ हजार १४१ मत खस्यो

बैतडी। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ । जिल्ला निर्वाचन कार्याल...

महोत्तरीमा वडाध्यक्षको मतदान विवादपछि रोकिएको मतदान पुन: सुरु

काठमाडौं । महोत्तरीको बर्दिबास–७ मा वडाध्यक्षको मतदान विवादपछि रोकिएको मतदान पुन: सुरु भएको छ। बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित रानी मावि मतदान क...

दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्टलाई नै प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा मतदान रोकिएको छ। कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो। त्यसपछि मत...

बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खस्यो

काठमाडौं । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, देशभरि बिहान ११:०० बजेसम्म १९ लाख २३ हजार ८२४ मत खसेको छ। यो कुल मतदाताक...

दोलखाको तामाकोसी–४ मा रोकिएको मतदान पुन: सुचारु

काठमाडौँ। दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुन: सुचारु गर्ने सहमति भएको छ। बागमती प्रदेशका डीआईजी दीप...

सर्लाहीको बलरा–४ मा रोकिएको मतदान पुन: सुरु

काठमाडौं। सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा केही समयका लागि रोकिएको मतदान पुन: सुरु भएको छ। उक्त पालिका राष्ट्रिय स्वतन्त्र पार्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE