मध्यविन्दु। नवलपुरको हुप्सेकोट गाउँपालिकाले आगामी आइतबारदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।
गाउँपालिकाले बिहीबार एक सार्वजनिक सूचना जारी गरी विगत तीन हप्तादेखि चल्दै आएको शिक्षकहरूको आन्दोलन अझै केही समय लम्बिने सम्भावना रहेको उल्लेख गर्दै नयाँ शैक्षिक सत्रको विद्यालय भर्ना सञ्चालन र नियमित पठनपाठन सञ्चालन गर्न आग्रह गरेको हो । विद्यालयहरूलाई भर्ना तथा पठनपाठन लगायतका सम्पूर्ण क्रियाकलाप आइतवारदेखि अनिवार्य सुरु गर्न आग्रह गरिएको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा भनिएको छ, ‘देशभरका शिक्षक र विद्यालय कर्मचारीहरूको संविधान सम्मत माग पुरा गर्न नेपाल सरकारले भोलिदेखि नै संसद्को अधिवेशन आव्हान गरिसकेको र ऐन तथा नियमावली निर्माण एक कार्यविधिगत प्रक्रिया रहेकाले विधेयक संसद्मा प्रस्तुत गर्नेदेखि विषयगत समितिमा दफावार छलफल एवं पारित गर्ने क्रममा अझै केही समय लाग्ने देखिन्छ । ’
यसैगरी सूचनामा लेखिएको छ, “अनिवार्य तथा नि:शुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले शिक्षालाई सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त बनाउने लक्ष्य लिएको छ । तसर्थ नयाँ शैक्षिक सत्र सुरु भएपश्चात दुई हप्ता व्यतीत भइसक्दा समेत पठन पाठन नहुँदा प्रत्येक गाउँ-टोलबाट अभिभावक, शैक्षिक सरोकारवाला एवं स्वयं विद्यार्थीहरूले समेत यथाशीघ्र पठन पाठन सञ्चालन गर्न व्यापक गुनासो गरिरहेका छन् ।
यो विषम परिस्थितिको अन्तर मन देखि मनन गरी मिति २०८२(०१(१४ गते आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्नुहुन प्रधानाध्यापक, शिक्षक एवं विद्यालय कर्मचारीहरूलाई अनुरोध गर्दै विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयबाट अनुगमन गर्नुहुन जानकारी गरिन्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: