काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ स्थित पिपलबोटको मूल सडकमा गुड्दै गरेको बसमा आगलागी भएको छ। बिहिबार दिउँसो कलंकीबाट थानकोट जाँदै गरेको पाँचपोखरी यातायातको ९७८६ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए । बस पूर्णरुपमा क्षति भएको र यात्रु भने सकुशल रहेका छन्।
बसको इन्जिनमा एक्कासी आगो लागेपछि यात्रुहरू आत्तिएर बाहिर निस्किएका थिए। चन्द्रगिरी नगरपालिकाको दमकल, पानी ट्यांकर,प्रहरी र स्थानीयको सहयोगबाट आगो नियन्त्रणमा लिएको हो।
प्रतिकृया लेख्नुहोस्: