Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८२ मंगलवार | 29th April, 2025 Tue
Investment bank

कोवाङ–जोमसोम सडक अन्तर्गत घरपझोङमा सडक स्तरोन्नति गर्न माग

खबरडबली संवाददाता

मुस्ताङ । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको कोवाङ–जोमसोम सडक खण्डमा पर्ने घरपझोङ–४ जोमसोमस्थित भासिएको सडक स्तरोन्नति गर्न स्थानीयवासीले माग गरेका छन् । उनीहरुले आज दुई घण्टा सडक अवरोध समेत गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले  तत्काल निर्माण कम्पनीलाई भाँसिएको स्थानमा सडक संरचनाको काम सुरु गर्न लगाउने आश्वासन दिएपछि सडक आगमन खुल्ला गरिएको हो । योसँगै मुक्तिनाथ–कोरला आउजाउ गर्ने सडक गन्तव्यमा प्रस्थान गरेका छन् ।

यसअघि जोमसोममा निर्माणधिन मुख्य सडक भाँसिएको स्थानमा सडकको काम तत्काल सुरु गर्नुपर्ने माग राख्दै  मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित गणेश मन्दिर नजिकै स्थानीयले सडक अवरोध गरेका थिए । उनीहरुले गत वर्ष भाँसिएको करिव १०० मिटर सडक स्तरोन्नति नहुँदा कालिगण्डकी नदीको तटीय बस्ती जोखिममा परेको जनाउँदै  मुक्तिनाथ–कोरला सडकमा केही समय आवत जावतमा अवरोध गरेका थिए ।

जोमसोमकी स्थानीय प्रमिला गुरुङ थकालीले भाँसिएको सडक मर्मत तथा स्तरोन्नतिका लागि आवश्यक पहल गरिदिन पटक–पटक स्थानीय प्रशासन र गाउँपालिका कार्यालयमा लिखित ध्यानआर्कषण गराउँदासमेत भाँसिएको सडक स्तरोन्नति गर्न पहल नभएको बताए।

मुस्ताङको घरपझोङ–४ जोमसोमका वडाध्यक्ष यमप्रसाद थकालीले जोमसोम सडक स्तरोन्नतिमा निर्माण कम्पनी, आयोजना र स्थानीय प्रशासनले गरेको अल्टिमेटम चैत्र २० गतेसम्म तोकिएको भएपनि निर्माण कम्पनीले उक्त स्थानमाा भासिएको सडक स्तरोन्नति नगरेको बताए। निर्माण कम्पनीले पटकपटक झुक्याउने काम गरेको र स्थानीय प्रशासनले पनि सडक मर्मत तथा स्तरोन्नतिकार्यलाई गम्भिर रूपमा नलिएकाले स्थानीयले सडक अवरुद्ध गरेको बताए।

विसं २०७३/०७४ सालमा ठेक्का सम्झौता भएको कोवाङ–जोमसोम १७ किमी सडकमा निर्माण कम्पनीले ढिलासुस्ती गर्न सम्पन्न हुनसकेको छैन । मार्फा–जोमसोम सडक कालोपत्रे र जोमसोममा भासिएको सडक अविलम्व सुरु गरेर बर्खायामको खोलाको सतह नबढ्दै निर्माण गर्नुपर्नेमा स्थानीयले माग गरेका  छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओरालो लाग्यो नेप्से, घट्यो कारोबार

काठमाडौं । अघिल्लो दिन सोमबारको गिरावटलाई निरन्तरता दिँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक मंगलबार पुन:  १५.०८ अंकले घट्दै २६३१.९८ विन्दुमा झरेको ...

आइपिएलमा राजस्थान रोयल्सका १४ वर्षीय वैभवको सतक कीर्तिमान

काठमाडौँ । इन्डियन प्रिमियर लिग ९आइपिएल० मा राजस्थान रोयल्सका १४ वर्षीय ब्याट्सम्यान वैभव सुर्यवंशीले यतिवेला विश्वभरका क्रिकेट समर्थकको ध्यान खिचेको ...

डजबल प्रतियोगितामा नेपाल तेस्रो

काठमाडौँ। भारतको कर्नाटकमा सम्पन्न त्रिकोणीय डजबल प्रतियोगितामा नेपाल तेस्रो भएको छ । नेपाल पहिलो अन्तर्राष्ट्रिय सहभागितामै कांस्य पदक जित्न सफल भयो ...

सेती प्रादेशिक अस्पतालबाट मिर्गौलापीडित बिरामीले हामफालेपछि घटनास्थलमै मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफाले मृत्यु भएको छ । प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएक...

पूर्व पश्चिम राजमार्गको जग्गा मिचेर बनाइएका १३ वटा घरटहरा भत्काईंदै

हेटौँडा। पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ७ र ८ जोड्ने पक्की पुल बनाउँदा खारेज गरिएको पूर्व पश्चिम राजमार्गको जग्गा मिचेर बनाइएका १३ वटा घरटहरा भत्क...

राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुर्व्यवहार गरियो, सरकार सच्चियोस् : सांसद झा

काठमाडौँ। रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकार...

उत्पादन बढाएर विद्युत् निर्यातबाट मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्छ: सांसद जबरा

काठमाडौँ। सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गरेको छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समय...

भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं ।प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार वि...

सुनसरीमा हावाहुरीले मकै र तरकारी बालीमा क्षति

वराहक्षेत्र । हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ । पाक्न लागेको मकैको बोट हावाहुरीले ढाल्दा किसानलाई ठुलो क्षति पुगेको हो । हावाहुरीसहितको असिना...

सरकारले शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाओस् : सांसद खतिवडा

काठमाडौँ। नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकहरुलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रुपमा व्यवस्थापन नगरी विद्यालय फ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending