काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं टावरको नक्सापास प्रक्रियामा नीतिगत भ्रष्टाचार भएको खुलासा गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले यो प्रकरणले महानगरलाई एक अर्बभन्दा बढी आर्थिक क्षति हुने र ठेकेदारलाई अर्बौँको फाइदा हुने तथ्य सार्वजनिक गरेका हुन्। यो प्रक्रियामा कर्मचारी, जनप्रतिनिधि र ठेकेदारबीच मिलेमतो भएको हुन सक्ने प्रमुख शाहको आरोप छ ।वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मूल्यांकन हुनुपर्नेमा बेवास्ता गरेर अवैधानिक किसिमले नक्सापास गरिएको उनले उल्लेख गरेका छन् ।
भवनको नक्सापासको प्रक्रियामा धेरै गम्भीर त्रुटि भेटिएको र महानगरलाई आर्थिक क्षति पुर्याई केही सीमित व्यक्तिको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको उनको आरोप छ ।
'टावर निर्माण सुरु गर्नुभन्दा पहिला २०७२ असार २२ मा काठमाडौं उपत्यका विकास प्राधिकरणले फार बढीमा २.४१ भन्दा माथि जान नमिल्ने अर्थात् १२ तल्लाभन्दा माथि जान नमिल्ने गरी योजनाको अनुमति दिएको थियो । तर तला थप प्रक्रियामा प्राधिकरणबाट कुनै पनि राय अनुमति लिएको पाइएन,' उनले प्रश्न गरेका छन्, '१२ तलालाई १९ तला बनाउदा पुन: प्लानिङ पर्मिट लिनु नपर्ने हो ? तल्ला थप हुँदै गर्दा वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मूल्यांकन गर्नु नपर्ने हो ?'
प्रतिकृया लेख्नुहोस्: