बैतडी। गाउँपालिका र प्रदेश सरकारले ‘एक घर एक धारा’ को नारा लगाएर निर्माण गरेको १२ लाख रुपियाँको खानेपानी योजनाको न पाइपलाइन छ न त धारा नै । ३५ हजार घनमिटरको ट्याङ्कीभित्र पानी खोज्न जाँदा स्थानीयले बाँदरको जस्तो देखिने अस्थिपञ्चर फेला पारेका छन् । स्थानीयवासी आफ्नै भाग्यलाई दोष दिएर एक किलोमिटर टाढाको खोलाबाट पानीको जोहो गर्दै आएका छन् ।
सुर्नया गाउँपालिका–३, तडीगाउँमा आव २०७७/०७८ मा गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारको समपूरक बजेटमार्फत १२ लाख रुपियाँमा सो खानेपानी योजना सुरु भएको थियो । योजनाको नाम खालीगैर–तपोवन लिफ्ट खानेपानी राखिएको थियो । गाउँपालिकाले टेण्डरमार्फत अनिरुद्र निर्माण सेवालाई सात लाख रुपियाँमा भुक्तानी दिने सर्तमा योजनाको जिम्मेवारी दिएको थियो ।
क्रमागत भनिएको योजनाको अहिलेसम्म पाइपलाइन, लिफ्ट सामग्री र धारा निर्माण हुन नसक्दा ३५ हजार घनमिटरको ट्याङ्की अलत्र परेको स्थानीय राजेन्द्र भट्टले बताए। उनले, गाउँमा खानेपानीको हाहाकार भएका बेला ट्याङ्कीमा पानी नभएर बाँदरको जस्तो अस्थिपञ्चर भेटिएको बताए।
तडीगाउँको कोयल्ला टोलका ४० भन्दा बढी घरपरिवार आधा घण्टा ओरालो खालीगैर झरेर जर्किनमा पानी बोक्नु पर्दा साह्रै मर्का परेको स्थानीय जानकी भट्टले गुनासो गरे। दैनिक पाँच सात खेप उकाली ओराली गरेर जर्किनमा पानी बोक्नु पर्दा ग्रामीण महिलाको दिनचर्या कष्टकर बनेको उनले बर्ताए।
गाउँ काकाकूल हुँदा पनि चार वर्षदेखि खानेपानी योजना अलपत्र परेको स्थानीयवासी दत्तराम भट्टले बताए। उनले खानेपानीको ट्याङ्कीभित्र पानी हेर्न जाँदा ढेडुवा बाँदरको जस्तो कङ्काल देखिएको उनले बताए।
प्रदेश सरकारसँगको साझेदारीमा समपूरक बजेटमार्फत खानेपानी योजना अघि बढे पनि पर्याप्त बजेट नआएका कारण योजना अलपत्र परेको सुर्नया गाउँपालिकाका अअध्यक्ष अम्मरबहादुर कुँवरले बताए। उनहाँले यो वर्ष प्रदेश सरकारसँग माग गरिने समपूरक योजनाको सूचीमा खानेपानी योजना समेटिने बताए ।
उनले भने, “यो योजना अघिल्लो स्थानीय सरकारका पालाको हो । यद्यपि एक घर एक धारा पानी पुर्याउने गाउँपालिकाको लक्ष्य नै हो । बजेट नहुँदा योजना अलपत्र परेको जानकारी पाएका छौं । यो वर्ष गाउँपालिकाबाट निर्णय गरेर योजना पूरा गर्न प्रदेशसँग बजेट माग गर्दैछौं ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: