काठमाडौँ। सुर्खेतको सिम्ता गाउँपालिका–४ भेरी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराइबाट निकालेको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले ५८ वर्षका गोबिन्द पोख्रेल डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले वैशाख ११ गते बिहीबार दिउँसो ५० फिट गहिराइबाट शव बाहिर निकालेको हो ।
पोख्रेल बेपत्ता भएसँगै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश चिप्ले सुर्खेतबाट समेत खोजिकार्यका लागि टोली परिचालन गरिएको जानकारी उनले दिए । सोहि गाउँपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएको थिए ।
प्रतिकृया लेख्नुहोस्: