काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पपुलर बनेर देश नबन्ने बताएकी छन्।
बिहीबार एमालेले काठमाडौंमा आयोजना गरेको युवा उत्सव ९युथ सेलेब्रेसन० लाई सम्बोधन गर्दै डंगोलले एमाले कार्यकर्ता स्टन्ट गर्ने युवा नभई काम गर्ने युवा रहेको बताइन् ।
उनले भनिन् ‘हामी हल्लाका पछाडि लाग्दैनौँ। अहिले हामी देख्छौ–धेरै जनाले स्टन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ। पपुलर बन्नुहुन्छ। अनि पपुलर बनेरै देश बन्छ जस्तो लाग्छ। अरुलाई गाली गरेरै देश बन्छ जस्तो लाग्छ,’ डंगोलले भनिन्, ‘तर स्टन्ट गरेर देश बन्दैन। देश बनाउने हो भने योजनाअनुसार काम गर्नुपर्छ। काममा इमान्दारिता हुनुपर्छ।’
प्रतिकृया लेख्नुहोस्: