Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

वर्षमानले भने- ०८४ को चुनावअघि नै हामी सरकारमा जानुपर्ने हुनसक्छ

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकार चौतर्फी रुपमा असफल भइसकेको बताएका छन् । असफल भइसकेको सरकार अब ढल्न मात्रै बाँकी रहेको उनको संकेत थियो ।

सिन्धुपाल्चोकको चौतारामा बिहीबार भएको वाईसिएल नेपालको पाचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन र व्यवस्था बचाउने सवाल, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, अन्तराष्ट्रिय सम्बन्ध र घरेलु समस्या जस्ता सबै विषयमा सरकार असफल भएको उनले टिप्पणी गरे ।

ओली सरकारकै कारण व्यवस्थामाथि प्रश्न उठाउँदै प्रतिगमनकारीहरु सतहमा आएको उनको ठहर थियो ।

माओवादी केन्द्रले २०८४ सालको चुनावसम्म सरकारमा नजाने भनेको स्मरण गर्दै उनले तर व्यवस्था माथीनै प्रश्न उठ्न थालेको सन्दर्भमा त्यसलाई बचाउन माओवादी सरकारमा जानुपर्ने अवस्था पनि आउन सक्ने उनले संकेत गरे ।

माओवादी केन्द्रका प्रभावशाली नेता तथा उपमहासचिव पुनले भने, ‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बिचौलियाहरुले बनाएको पुष्टि भइसकेको छ। बिचौलियाहरु अहिले राष्ट्र बैक कब्जा गन अर्बको डिल गरिरहेका छन्, अहिलेसम्म गभर्नर नबन्नुको कारण यही हो । हामीले ८४ सालसम्म सरकारमा नजाने भनेको हो, तर ओली सरकारले व्यवस्था बचाउन सकेन भने हामी सरकारमा जानुपर्ने हुनसक्छ । त्यतिबेला ८४ पर्खेर बस्नु हुदैन, सरकारमा गएपनि जनताको काम गर्ने, जनपक्षीय माओवादी धार बनाउने र ८४ को चुनावको तयारी गर्ने काम नै हुन्छ।’

नेता पुनले केपी ओली प्रवृती कायम रहुन्जेल कम्युनिस्ट धुर्विकरण सम्भव नरहेको बताए । तर पनि एमाले भित्रका राम्रा कम्युनिष्ट नेताहरु र अन्य कम्युनिस्ट घटकहरुसंग सहकार्य गर्नुपर्ने उनले बताएका छन् ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा अहिले माओवादीले अघि सारेको सामन्तवाद विरुद्धको विचारले जितेको र देश त्यही बाटोमा हिडेको उनले बताएका छन् ।

‘यथास्थितिमा रमाउने, पुरानो व्यवस्थामा फर्कन खोज्ने प्रतिगामी शक्तिले युवाहरुलाई पनि पछि तान्न खोज्ने तर युवाहरुले प्रतिगामी र यथास्थितिवादी शक्तिसंग लडिरहनुपर्ने बताउँदै उनले भने, ‘२०८४ मा माओवादी देशभर एक्लै चुनाव लड्छौं र जित्दैछौं । कांग्रेस–एमालेसंग मिल्दा कमजोर भएको थियो, अब त्यो गल्ती हुदैन । कार्यनीतिक रुपले सहकार्य होला तर रणनीतिक रुपले हामी छुट्टै धारसहितको दल हौं। वर्गप्रति ईमान्दार, धारमा प्रष्ट हुँदै जानेछौं।’

उनले वाईसिएललाई आफ्नो जुझारुपना कायम राख्न निदेशन पनि दिए । ‘प्रचण्डको नेतृत्वको वरिपरि गोलबन्द हुँदै समाजवादी क्रान्तीका लागि तयार हुने हो ।

अहिलेको जागरण प्रचण्डको नेतृत्वमा आएको हो, आज फेरि देशलाई समाजवादतिर लैजान पनि प्रचण्डको वरिपरि गोलबन्द हुनु पर्दछ,’ उनले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending