काठमाडौं । नेपाल चिकित्सक संघले आजदेखि देशभरका सबै निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज र क्लिनिकहरूमा आकस्मिक तथा सघन उपचारबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।
बिहीबार जारी गरिएको विज्ञप्तिमार्फत संघले चिकित्सकहरूलाई अत्यावश्यक सेवा बाहेक अन्य कुनै पनि सेवामा सहभागी नहुन आग्रह गरेको छ।
संघका अनुसार आन्दोलनको अंशस्वरूप उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अगाडि धर्ना दिनेछन्। उपत्यकाबाहिरका चिकित्सकहरू भने जिल्ला प्रशासन कार्यालयहरूमा प्रदर्शनमा सहभागी हुने जनाइएको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ कि, आवासीय चिकित्सकहरूले अहिलेसम्म पनि निर्धारित निर्वाह भत्ता नपाएको र उनीहरूलाई विभिन्न स्थानहरूबाट धम्की आउने घटना भइरहेका छन्।
पछिल्ला केही दिनयता पोस्ट ग्रेजुएट (पीजी) तहमा अध्ययनरत आवासीय चिकित्सकहरू निजी मेडिकल कलेज सञ्चालकहरूको अटेरी प्रवृत्तिविरुद्ध आन्दोलनरत छन्। उनीहरूको माग छ — चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको आठौँ तहअनुसार मासिक ४८ हजार रुपैयाँ भत्ता उपलब्ध गराइनुपर्छ। तर, निजी कलेज सञ्चालकहरूले आर्थिक असमर्थता देखाउँदै सो भत्ता दिन नमिल्ने अडान लिइरहेका छन्।
बिहीबार पनि चिकित्सकहरूले माइतीघरस्थित स्वास्थ्य मन्त्रालय अगाडि प्रदर्शन गर्दै आफ्नो श्रम शोषणको अन्त्य गर्न माग राखेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८२ - ०७:२१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सरकारले ६० दिन नै हिरासतमा राख्ने रणनीति लिएको छ । मिश्रविरुद्ध सातौँपटक ...
बैशाख २६ गते, २०८२ - ०७:१३
काठमाडौं । भारत र पाकिस्तानबीच जारी तनावको सन्दर्भमा अमेरिकाले दुवै देशलाई आ(आफूमाथि आक्रमण बन्द गर्न आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयकी प्र...
बैशाख २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेप...
बैशाख २६ गते, २०८२ - ०७:००
सर्लाही । हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म बेहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छ...
बैशाख २६ गते, २०८२ - ०६:५३
काठमाडौँ । जसरी सानो ‘झिल्को’ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्क...
बैशाख २६ गते, २०८२ - ०६:४९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको ...
बैशाख २६ गते, २०८२ - ०६:३९
म्याग्दी । राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हि...
बैशाख २६ गते, २०८२ - ०६:३६
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२ परिवारका एक ...
बैशाख २६ गते, २०८२ - ०६:३४
काठमाडौँ । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा विशेष भ्रमण टोली का...
बैशाख २५ गते, २०८२ - ०९:३७
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज का...
प्रतिकृया लेख्नुहोस्: