Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

आकस्मिकबाहेकका सबै उपचार सेवा आजदेखि ठप्प पार्ने चिकित्सक संघको घोषणा

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । नेपाल चिकित्सक संघले आजदेखि देशभरका सबै निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज र क्लिनिकहरूमा आकस्मिक तथा सघन उपचारबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

बिहीबार जारी गरिएको विज्ञप्तिमार्फत संघले चिकित्सकहरूलाई अत्यावश्यक सेवा बाहेक अन्य कुनै पनि सेवामा सहभागी नहुन आग्रह गरेको छ।

संघका अनुसार आन्दोलनको अंशस्वरूप उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अगाडि धर्ना दिनेछन्। उपत्यकाबाहिरका चिकित्सकहरू भने जिल्ला प्रशासन कार्यालयहरूमा प्रदर्शनमा सहभागी हुने जनाइएको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ कि, आवासीय चिकित्सकहरूले अहिलेसम्म पनि निर्धारित निर्वाह भत्ता नपाएको र उनीहरूलाई विभिन्न स्थानहरूबाट धम्की आउने घटना भइरहेका छन्।

पछिल्ला केही दिनयता पोस्ट ग्रेजुएट (पीजी) तहमा अध्ययनरत आवासीय चिकित्सकहरू निजी मेडिकल कलेज सञ्चालकहरूको अटेरी प्रवृत्तिविरुद्ध आन्दोलनरत छन्। उनीहरूको माग छ — चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको आठौँ तहअनुसार मासिक ४८ हजार रुपैयाँ भत्ता उपलब्ध गराइनुपर्छ। तर, निजी कलेज सञ्चालकहरूले आर्थिक असमर्थता देखाउँदै सो भत्ता दिन नमिल्ने अडान लिइरहेका छन्।

बिहीबार पनि चिकित्सकहरूले माइतीघरस्थित स्वास्थ्य मन्त्रालय अगाडि प्रदर्शन गर्दै आफ्नो श्रम शोषणको अन्त्य गर्न माग राखेका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending