Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८२ सोमबार | 12th May, 2025 Mon
Investment bank

प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँः गृहमन्त्री लेखक

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताएका छन् । २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

उनले आफ्नो नियतका कारणले प्रकृतिको नियम बिगार्‍यौँ भने आफैँ जोखिममा पर्ने बताए । गृहमन्त्री लेखकले पर्यावरणलाई स्वच्छ राख्नुपर्ने बताउँदै केन्द्र, प्रदेश, स्थानीय सरकार मिलेर विपद्को न्यूनीकरण गर्न जरुरी रहेको बताए ।  उनले आजको दिन विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा यस्ता पीडाबाट सुरक्षित हुन्छौँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्ने दिन रहेको उल्लेख गरे ।  

सरकार भनेको प्रधानमन्त्री, मन्त्रीहरू मात्रै नभई समग्र नागरिक रहेको बताए । नागरिकहरू कुनै न कुनै हिसाबले सरकारसँग जोडिने भएकाले सबै मिलेर विपद्बाट जोगिनका लागि काम गर्नुपर्ने सुझाव दिए  । उनले प्रकृति नियमले र मानिस नियतले चल्ने भएकाले मानिसको नियतका कारण प्रकृतिको नियम बिगार्न नहुने बताए ।  

गृहमन्त्री लेखकले भने, ‘आगामी दिनमा हामी कसरी प्राकृतिक विपद्बाट बाच्न सक्छौँ । विपद्को जोखिमलाई कसरी न्यूनीकरण गर्न सक्छौँ र विपद् आइहाल्यो भने हामी त्यसको प्रतिकार्य कसरी गर्दछौँ, पुनःस्थापन र पुनः निर्माणका कार्यहरू कसरी गर्छौँ भन्ने कुरालाई पनि ध्यान दिन र स्मरण गर्न हामी यहाँ उपस्थित भएका छौँ । विगतका पीडाले, विगतका दुःखले आगामी दिनमा ती दुःख न्यूनीकरण गर्न तयारी अवस्थामा बस्न जरुरी छ । आजको दिन पीडाका सँगै विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा हामी यस्ता पीडाबाट सुरक्षित हुन्छौँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्ने दिन हो । त्यसकारण आज हामी सबैले प्रतिबद्धता व्यक्त गरौँ । हामी विपद्को जोखिमलाई न्यूनीकरण गर्नेछौँ, विपद्को जोखिमपछि उत्पन्न परिस्थितिलाई हामी ठिक ढंगले व्यवस्थापन गर्नेछौँ । यो सरकारको तर्फबाट म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । सरकार भनेको मन्त्रीपरिषद् मात्रै होइन । सम्माननीय प्रधानमन्त्री वा मन्त्री मात्रै सरकार होइन । सरकार भनेको समग्रता हो । हामी सबै कुनै न कुनै रूपमा राज्यसँग जोडिएका छौँ । प्रकृति नियमले चल्छ, हामी नियतले चल्छौँ । हामीले आफ्नो नियतका कारणले प्रकृतिको नियम बिगार्‍यौँ भने हामी आफैँ जोखिममा पर्दछौँ । त्यसकारण पर्यावरणलाई स्वच्छ राखौँ, प्रकृति नबिगारौँ । प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ । केन्द्र, प्रदेश, स्थानीय तह सबै सरकारले मिलेर विपद्को न्यूनीकरण गर्न जरुरी छ । जोखिम नघटाउन जरुरी छ । हाम्रा संरचनाहरू बलियो हुन जरुरी छ । ’

गृहमन्त्री लेखकले नेपाल अत्यन्त जोखिमपूर्ण भूगोलमा रहेको उल्लेख गर्दै जुनसुकै बेलामा जे पनि हुनसक्ने स्थिति रहेकाले सतर्क भएर रहनुपर्ने बताए । अतिवृष्टि, खोलानालामा बाढी आउने र पहिरो जाने कुराको केही पूर्वानुमान गर्न सके पनि भूकम्पको बारेमा पूर्वानुमान गर्न नसकिने उल्लेख गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हर्क साम्पाङ लोकतन्त्रमा फुलेको सुन्दर फूल हाेः अध्यक्ष प्रचण्ड

धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद...

शेयर बजार ओरालाे लाग्दा साढे ११ अर्ब माथि काराेबार

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ०४ अंकले घटेर २,६६१ को विन्दुमा कायम भएक...

शेयर बजार ओरालाे लाग्दा साढे ११ अर्ब माथि काराेबार

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ०४ अंकले घटेर २,६६१ को विन्दुमा कायम भएक...

अब कोशीको नाम किरात, लिम्बुवान् र कोच समेटेर राख्छौँः अध्यक्ष प्रचण्ड

सुनसरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले आफूहरूले बहुमत ल्याए कोशी प्रदेशको नाम फेरेर पहिचानको आधारमा राख्ने उद्घोष गरेक...

श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु, १४ जनाको अवस्था गम्भीर

काठमाडौं । श्रीलङ्काको कोटमाले क्षेत्रमा तीर्थयात्री चढेको बस भीरबाट खस्दा २१ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा अन्य १४ जना गम्भीर घा...

पत्रकार दुर्घटना बिमालाई थप विस्तार गर्न प्रेस सेन्टर नेपालको माग

युवराज कार्की (सन्ताेष) उदयपुर। स्थानीय सञ्चारमाध्यमको दर्ता तथा नविकरण प्रक्रियालाई सरल बनाउन प्रेस सेन्टर नेपालले माग गरेको छ । प्रेस सेन्टर नेपा...

वार्षिक दुई करोडको तरकारी उत्पादन, ३८ जनालाई रोजगारी

दाङ । घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिएका छन्...

युद्धविरामपछि सामान्य बन्दै जम्मूको जनजीवन

काठमाडौं । आइतबार बिहान जम्मूमा अवस्था सामान्य देखिएको छ । मानिसहरू घरबाट बाहिर निस्किए, केही पसलहरू खुले र सडकहरूमा आवतजावत सुरु भएको छ । गत शनिबा...

प्रतिनिधि सभा बैठक प्रत्यक्ष प्रसाण

150

बंगलादेशमा शेख हसिनाको पार्टीलाई प्रतिबन्ध

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले गत वर्षको जनविद्रोहमा अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ । सरका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending