बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको फोन आएको दाबी गरे पनि चीनले अमेरिकासँग व्यापारका विषयमा कुनै वार्ता नभएको शनिबार बताएकोे छ ।
गत अप्रिल २२ मा टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चिनियाँ नेतासँगको कुराकानी कहिले भएको थियो वा के छलफल भएको थियो भन्नेबारे नबताइकन व्यापार वार्ता भएको दावी गरेको थिए ।
ट्रम्पले भने, “उनलाई बोलाइएको छ र मलाई लाग्दैन कि यो मेरोे तर्फबाट भएको कमजोरीको सङ्केत हो ।” चीनको वाणिज्य मन्त्रालयले बेइजिङ र वासिङ्टनबिच आर्थिक वा व्यापारिक वार्ता भइरहेको भन्ने कुरा बिहीबार नै अस्वीकार गरिसकेको छ ।
चिनियाँ सामाजिक सञ्जाल विच्याटमा शनिबार पोस्ट गरिएको एक विज्ञप्तिमा भनिएको छ, “चीन र संयुक्त राज्य अमेरिकाबिच कर वृद्धिका विषयमा कुनै परामर्श वा वार्ता भएको छैन, कुनै सम्झौताको त कुरै छाडौँ ।”
वक्तव्यमा ट्रम्प वा सीको नाम उल्लेख गरिएको छैन वा ट्रम्पको फोन वार्ताको दाबीलाई प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन तर संयुक्त राज्य अमेरिकाको कर वृद्धिबारे वार्ता जारी छ भन्ने टिप्पणी ‘भ्रामक बाहेक अरू केही होइन’ भनिएको छ ।
“यो व्यापार युद्ध अमेरिकी पक्षले सुरु गरेको हो,” विज्ञप्तिमा भनिएको छ ।
“यदि अमेरिका वास्तवमै वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहन्छ भने उसले पहिले आफ्नो गल्ती सच्याउनुपर्छ, अरूलाई धम्काउने र दबाब दिन बन्द गर्नुपर्छ र चीनविरुद्धको सबै एकपक्षीय कर वृद्धिलाई पूर्ण रूपमा हटाउनुपर्छ ।
ट्रम्पले चिनियाँ सामानमा लगाएको करका कारण विश्वका दुई ठुला अर्थतन्त्रबिच व्यापार युद्ध सुरु भएको छ । अमेरिकी कर वृद्धिको घोषणासँगै अमेरिका आयात हुने धेरै चिनियाँ उत्पादनमा १४५ प्रतिशत पुगेको छ । चीनले पनि अमेरिकाविरूद्ध प्रतिशोधात्मक कर वृद्धिको घोषणा गरेको छ ।
ट्रम्पले आगामी केही हप्तामा अमेरिकी व्यापारिक साझेदारहरूसँग सम्झौताको घोषणा गर्ने बताएको छन् ।
ट्रम्पले चीनतर्फ सङ्केत गर्दै टाइमसँग भने, “ “उनीहरूले सहज महसुस गर्ने धेरै अवस्था रहेका छन् तर अब हामीले तिनीहरूलाई हामीबाट एक ट्रिलियन डलर कमाउन दिनेछैनौ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - १७:३१
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका सा...
जेष्ठ ३१ गते, २०८३ - १७:०४
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्ष...
जेष्ठ ३१ गते, २०८३ - १६:५१
विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ले पार्टीभित्र बढ्दो आन्तरिक कलह, कार्यशैलीगत समस्या र महाधिवेशनसम्बन्धी अन्योललाई तत्काल अन्त्य ...
जेष्ठ ३१ गते, २०८३ - १६:१०
विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। आइतबार विराटनगरमा संस्थापन इतर पक्षले ‘...
जेष्ठ ३१ गते, २०८३ - १५:५३
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्...
जेष्ठ ३१ गते, २०८३ - १५:३९
विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत ले विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पुर्याएको आरोप लग...
जेष्ठ ३१ गते, २०८३ - १५:२७
काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीह...
जेष्ठ ३१ गते, २०८३ - १५:१८
काठमाडौं । काठमाडौं महानगरपालिका ले आगामी आर्थिक वर्षका लागि सहरी विकास, विपद् व्यवस्थापन र सार्वजनिक सेवासम्बन्धी महत्वपूर्ण नीति तथा कार्यक्रम अघि स...
जेष्ठ ३१ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्र...
जेष्ठ ३१ गते, २०८३ - १४:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसको नतिजा बदर गरिएको छ। रास्वपाक...



प्रतिकृया लेख्नुहोस्: