धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर आगलागी घटनाका पीडित परिवारलाई राहत सहयोगका लागि १० लाख रुपियाँ दिने निर्णय गरेको छ ।
मानवीय राहत स्वरुप पीडित परिवारका लागि तत्कालै १० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिए। उनले सहयोग रकम सम्बन्धितलाई नियमानुसार उपलब्ध गराउनका लागि साँफेबगर नगरपालिकामा पठाउने उल्लेख गरे।
शनिबार बिहान ३ बजेदेखि लागेको आगो सुरक्षा निकाय, स्थानीयको प्रयासमा बिहान ६ बजे नियन्त्रणमा आएको जनाइएको छ । आगलागीबाट १० परिवारको घर, पसल जलेर ध्वस्त भएको प्रारम्भिक विवरण आएको मुख्यमन्त्री शाहको भनाइ थियो ।
उहाँले तीन करोड ८६ लाख रुपियाँ बराबरको क्षति भएको खबर आएको उल्लेख गर्दै भने, “क्षति विस्तृत विवरण आएपछि थप अन्य सहयोग गर्न प्रदेश सरकार तयार छ ।” केही हप्ता अगाडि मात्रै अछामकै बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा भिषण आगलागी भएको थियो । आगलागी लगायत विभिन्न विपद्का घटना घटिरहेकाले सबैलाई सतर्क रहन मुख्यमन्त्री शाहले आग्रह गरेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८२ - १७:१९
नारायणगढ। पूर्वी चितवनको खैरहानीमा दुई समूहबिच खुडा हानाहान हुँदा तीन जना घाइते भएका छन् । खैरहानी नगरपालिका वडा नम्बर ८ स्थित आहार क्याफेमा मङ्गलबार ...
बैशाख ३० गते, २०८२ - १७:०५
काठमाडौं । गत १५ चैतमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले पुन: म्याद थपका...
बैशाख ३० गते, २०८२ - १६:५८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन्। गत चैत्र १५ गते काठमाडौँको तीन...
बैशाख ३० गते, २०८२ - १६:४७
काठमाडौं ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आ...
बैशाख ३० गते, २०८२ - १६:३८
काठमाडौँ । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ । थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खे...
बैशाख ३० गते, २०८२ - १६:०९
काठमाडौं। काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन...
बैशाख ३० गते, २०८२ - १५:५२
जेनेभा। लामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चेतावनी दि...
बैशाख ३० गते, २०८२ - १५:३३
काठमाडौं । मंगलबार नेप्से परिसूचक १४.२४ अंकले घटेर २६३४.८६ विन्दुमा बन्द भएको छ। आज कारोबार रकम पनि घटेको छ। आइतबार १० अर्ब २० करोड रूपैयाँको स...
बैशाख ३० गते, २०८२ - १५:१८
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित छ जनाविरुद्ध सार्वजनिक सम्...
बैशाख ३० गते, २०८२ - १५:१२
काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गरेको छन् । मङ्गलबार...
प्रतिकृया लेख्नुहोस्: