धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीलाई भेट्ने भएको छन्।
एक हप्ते भारत भ्रमणको क्रममा उहाँले दुवै प्रदेशका आफ्नो समकक्षी र दिल्लीमा मन्त्रीलाई भेटघाट गर्ने कार्यक्रम तय भएको हो। भारत सरकारको आमन्त्रणमा मुख्यमन्त्री शाहसहितको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म एकहप्ते भारत भ्रमणमा जाँदैछ। १६ गते काठमाडौंबाट हवाईमार्ग भएर दिल्ली जाने र लखनऊ पुगेर स्थलमार्ग भएर स्वदेश फर्कने मुख्यमन्त्री शाहले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए। उनले एक हप्ते भ्रमणको क्रममा दिल्ली, देहरादुन र त्यसपछि अयोध्यामा राम मन्दिरको दर्शन गर्दै लखनऊ पुग्ने उल्लेख गरे।
मुख्यमन्त्री शाहले दिल्लीमा त्यहाँका मन्त्रीहरुलाई भेट्ने, विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेशनसँग अन्तरक्रिया गर्ने, केही साइट अवलोकन गर्ने लगायतको कार्यक्रम तय गरिएको छ। यस्तै, पश्चिमसेती र टनकपुर बाँधको काम गरिरहेको एनएचपीसीको कार्यालयमा पुगेर छलफल गर्ने कार्यक्रम पनि रहेको मुख्यमन्त्री शाहले जानकारी दिए।
दिल्लीपछि मुख्यमन्त्रीको टोली देहरादुन जाने र त्यहाँ उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। देहरादुनपछि अयोध्या जाने र त्यहाँबाट लखनऊ पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटघाट गर्ने मुख्यमन्त्री शाहले जानकारी दिए। उनले भने,“योगी आदित्यनाथसंग कुन दिन भेट्ने भन्ने कुराको टुङ्गो लागिसकेको छैन तर उनको कार्यालयले समय मिलाइरहेको छ।”
एक हप्ते भारत भ्रमणको क्रममा कृषि, पर्यटन, उर्जाको बारेमा मुख्य रुपमा कुरा गर्ने शाहको भनाइ छ। यसैगरी, गौरीफन्टासहित अरु नाका व्यवस्थापन, प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलनकोबारेमा पनि कुरा गर्ने उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २९ गते, २०८२ - ११:३५
काठमाडौं। स्वीट्जरल्याण्डको जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । जेनेभामा दुई दिने वार्तापछि दुई देशबीच यो सम्झौता भएको ह...
बैशाख २९ गते, २०८२ - ११:२८
काठमाडौं। आज पनि सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो...
बैशाख २९ गते, २०८२ - ११:१९
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धले शान्ति, मानवता, करुणा र अहिंसाको सन्देश दिएको बताएका छन । २५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभक...
बैशाख २९ गते, २०८२ - ११:१०
काठमाडौं। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा सवा दुई करोड रुपैयाँ हिनामिनामा गरेको अभियोगमा पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन्। जिल्...
बैशाख २८ गते, २०८२ - १७:१३
काठमाडौँ। उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव–इन्जिनियर पदमा कार्यरत कुमार पौड्यालविरुद्ध तीन करोड ६३ लाख २१ ह...
बैशाख २८ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार, जाजरकोटको कारागारमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आइतबार बिहान जाजरकोटको भेरी नगरपालिका–१० का २६...
बैशाख २८ गते, २०८२ - १६:३७
काठमाडौँ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दैछ । भारतको गोल्डेन जुब्ली रङ्गशाल...
बैशाख २८ गते, २०८२ - १६:०४
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय नभएको भन्दै स्पष्टीकरण सार्वजनिक गरेको छ । ...
बैशाख २८ गते, २०८२ - १५:५६
काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकबाट नीति कार्य...
बैशाख २८ गते, २०८२ - १५:४८
धरान। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घ...
प्रतिकृया लेख्नुहोस्: