Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

मुख्यमन्त्री शाहले उत्तर प्रदेश र उत्तराखण्डका मुख्यमन्त्रीलाई भेट्ने

खबरडबली संवाददाता

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीलाई भेट्ने भएको छन्। 

एक हप्ते भारत भ्रमणको क्रममा उहाँले दुवै प्रदेशका आफ्नो समकक्षी र दिल्लीमा मन्त्रीलाई भेटघाट गर्ने कार्यक्रम तय भएको हो। भारत सरकारको आमन्त्रणमा मुख्यमन्त्री शाहसहितको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म एकहप्ते भारत भ्रमणमा जाँदैछ। १६ गते काठमाडौंबाट हवाईमार्ग भएर दिल्ली जाने र लखनऊ पुगेर स्थलमार्ग भएर स्वदेश फर्कने मुख्यमन्त्री शाहले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए। उनले एक हप्ते भ्रमणको क्रममा दिल्ली, देहरादुन र त्यसपछि अयोध्यामा राम मन्दिरको दर्शन गर्दै लखनऊ पुग्ने उल्लेख गरे। 

मुख्यमन्त्री शाहले दिल्लीमा त्यहाँका मन्त्रीहरुलाई भेट्ने, विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेशनसँग अन्तरक्रिया गर्ने, केही साइट अवलोकन गर्ने लगायतको कार्यक्रम तय गरिएको छ। यस्तै, पश्चिमसेती र टनकपुर बाँधको काम गरिरहेको एनएचपीसीको कार्यालयमा पुगेर छलफल गर्ने कार्यक्रम पनि रहेको मुख्यमन्त्री शाहले जानकारी दिए। 

दिल्लीपछि मुख्यमन्त्रीको टोली देहरादुन जाने र त्यहाँ उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। देहरादुनपछि अयोध्या जाने र त्यहाँबाट लखनऊ पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटघाट गर्ने मुख्यमन्त्री शाहले जानकारी दिए। उनले भने,“योगी आदित्यनाथसंग कुन दिन भेट्ने भन्ने कुराको टुङ्गो लागिसकेको छैन तर उनको कार्यालयले समय मिलाइरहेको छ।”

एक हप्ते भारत भ्रमणको क्रममा कृषि, पर्यटन, उर्जाको बारेमा मुख्य रुपमा कुरा गर्ने शाहको भनाइ छ। यसैगरी, गौरीफन्टासहित अरु नाका व्यवस्थापन, प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलनकोबारेमा पनि कुरा गर्ने उनले बताए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending