मस्कट। संयुक्त राज्य अमेरिका र इरानबिच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता सुरू भएको छ । सम्भावित आणविक सम्झौताको विस्तृत विवरणलाई लिएर शनिबारदेखि अमेरिका र इरानबिच विवादका विषयलाई सम्बोधन गर्ने प्रयासस्वरूप छलफल हुने अपेक्षा गरिएको छ ।
नयाँ वार्तामा पनि अमेरिकी विशेष दूत स्टिभ विटकोफ र इरानी विदेशमन्त्री अब्बास अराघचीले नै छलफलको नेतृत्व गरिरहेका छन् भने यस पटक दुवै पक्षका विज्ञहरूबिच प्राविधिक स्तरको बैठक पनि समावेश छ ।
वार्ताको उद्देश्य इरानलाई कडा प्रतिबन्धहरूबाट राहतको बदलामा आणविक हतियार विकास गर्नबाट रोक्ने नयाँ सम्झौता गर्नु हो । यो उद्देश्य तेहरानले अस्वीकार गरेको छ ।
अमेरिकालगायत विश्व शक्ति राष्ट्रले इरानसँग सन् २०१५ मा गरेको बहुपक्षीय सम्झौताबाट अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१८ मा एकपक्षीय रूपमा हात झिकेपछि इरान पनि सम्झौताबाट क्रमश: फर्किएको थियो ।
अराघचीले यस प्रक्रियाबारे ‘सतर्क हुँदै आशा’ व्यक्त गर्दै यसै हप्ता भन्नुभएको थियो , “यदि अमेरिकाको एकमात्र माग इरानसँग आणविक हतियार नहोस् भन्ने हो भने, यो वार्ता अघि बढ्न सक्छ ।”
उहाँले भन्नुभयो, “यदि वासिङ्टनले ‘अव्यवहारिक वा अतार्किक मागहरू ल्याउँछ भने हामी स्वाभाविक रूपमा समस्याहरूको सामना गर्ने छौँ ।”
अमेरिकी विदेश मन्त्रालयका नीति योजना प्रमुख माइकल एन्टोनले वासिङ्टनको विज्ञस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ भने उपविदेशमन्त्री काजेम गारिबाबादी र माजिद तख्त–रावन्चीले तेहरानको नेतृत्व गर्ने छन् ।
इरानी सरकारी टेलिभिजनका अनुसार ओमानी समयअनुसार मध्याह्न वार्ता सुरु भएको हो ।
इरानी समाचार संस्था इरनाले भनेको छ, “एक दिनको मात्र वार्ता तय भएको छ, तर वार्ता प्राविधिक र विज्ञस्तरीय छलफल र विवरणको परीक्षणमा प्रवेश गरेको छ। आवश्यक भएमा यसलाई विस्तार गर्न सकिन्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: