Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

इरान र अमेरिकाबिच नयाँ चरणको आणविक वार्ता सुरु

खबरडबली संवाददाता

मस्कट। संयुक्त राज्य अमेरिका र इरानबिच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता सुरू भएको छ । सम्भावित आणविक सम्झौताको विस्तृत विवरणलाई लिएर शनिबारदेखि अमेरिका र इरानबिच विवादका विषयलाई सम्बोधन गर्ने प्रयासस्वरूप छलफल हुने अपेक्षा गरिएको छ ।

नयाँ वार्तामा पनि अमेरिकी विशेष दूत स्टिभ विटकोफ र इरानी विदेशमन्त्री अब्बास अराघचीले नै छलफलको नेतृत्व गरिरहेका छन् भने यस पटक दुवै पक्षका विज्ञहरूबिच प्राविधिक स्तरको बैठक पनि समावेश छ ।

वार्ताको उद्देश्य इरानलाई कडा प्रतिबन्धहरूबाट राहतको बदलामा आणविक हतियार विकास गर्नबाट रोक्ने नयाँ सम्झौता गर्नु हो । यो उद्देश्य तेहरानले अस्वीकार गरेको छ ।

अमेरिकालगायत विश्व शक्ति राष्ट्रले इरानसँग सन् २०१५ मा गरेको बहुपक्षीय सम्झौताबाट अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१८ मा एकपक्षीय रूपमा हात झिकेपछि इरान पनि सम्झौताबाट क्रमश: फर्किएको थियो ।

अराघचीले यस प्रक्रियाबारे ‘सतर्क हुँदै आशा’ व्यक्त गर्दै यसै हप्ता भन्नुभएको थियो , “यदि अमेरिकाको एकमात्र माग इरानसँग आणविक हतियार नहोस् भन्ने हो भने, यो वार्ता अघि बढ्न सक्छ ।”

उहाँले भन्नुभयो, “यदि वासिङ्टनले ‘अव्यवहारिक वा अतार्किक मागहरू ल्याउँछ भने हामी स्वाभाविक रूपमा समस्याहरूको सामना गर्ने छौँ ।”

अमेरिकी विदेश मन्त्रालयका नीति योजना प्रमुख माइकल एन्टोनले वासिङ्टनको विज्ञस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ भने उपविदेशमन्त्री काजेम गारिबाबादी र माजिद तख्त–रावन्चीले तेहरानको नेतृत्व गर्ने छन् ।

इरानी सरकारी टेलिभिजनका अनुसार ओमानी समयअनुसार मध्याह्न वार्ता सुरु भएको हो ।

इरानी समाचार संस्था इरनाले भनेको छ, “एक दिनको मात्र वार्ता तय भएको छ, तर वार्ता प्राविधिक र विज्ञस्तरीय छलफल र विवरणको परीक्षणमा प्रवेश गरेको छ। आवश्यक भएमा यसलाई विस्तार गर्न सकिन्छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending