Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८२ सोमबार | 12th May, 2025 Mon
Investment bank

बागमती र रुद्रमति किनारबाट दुई मेट्रिक टन फोहोर व्यवस्थापन

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ काठमाडौँ महानगरपालिका वडा नं १० स्थित रुद्र मति दोभानबाट बुद्धनगरपुलसम्म सफाइ गरी दुई मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । 

बागमती सफाइ महाअभियानको ६२४ औँ हप्तामा यस क्षेत्रमा सफाइ गरिएको हो । सफाइ अभियानबाट व्यवस्थापन गरिएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको बागमती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

वडाध्यक्ष रामकुमार केसीको नेतृत्वमा यस क्षेत्रमा सफाइ गरिएको हो । सफाइमा बागमती प्रदेशका पूर्व पर्यटन तथा संस्कृतिमन्त्री एवं प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हिरालाल तण्डुकार, वडा न १० का सदस्य सतिस तण्डुकारलगायत जनप्रतिनिधि र स्थानीयवासीको पनि सक्रियता थियो ।

आगामी शनिबार ६२५ औँ हप्ताको सफाइ बागमती रुद्र मति दोभान वडा न ११ स्थित शिव मन्दिरबाट बागमती नदी किनारसम्म गरिने जनाइएको छ । त्यस क्षेत्रको सफाइ पनि वडा नं. ११ का अध्यक्षको नेतृत्वमा गरिने महाअभियानले जनाएको छ ।

वि।सं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिवार बिहान दुई घण्टा वाग्मती किनारमा नदी सफाइ गरिँदै आएको छ । सफाइमा अभियानकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता रहने गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नारायणी नदीमा डुबेर एक जनाको मृत्यु

भरतपुर। नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । सोमबार दिउँसो करिव १:३० बजे भरतपुर महानगरपालिका– १७ का कुमार नेपालीको नदीमा डुबेर ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा एक महिनामै साढे ४४ हजार पर्यटक

लमजुङ। यो वर्ष अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । गत अप्रिल महिनामा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले यस क्षेत्रको...

पक्राउ पुर्जी जारी भएका प्रदेश सांसद प्रधानमन्त्रीसँगै, हल्ला फैलिएपछि भागे

बुटवल । पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा उपस्थित भएक...

मेलम्ची र हेलम्बु क्षेत्रको पुनर्निर्माण गरिनेछ: ऊर्जामन्त्री खड्का

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माणमा सरकार लाग...

अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति

जेनेभा । संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट)कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । द...

टेस्ट क्रिकेटलाई ‘किङ्ग विराट कोहली’को बाई बाई

काठमाडौँ। भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही दिनअघि महान ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट तत्काल सन्न्य...

यु–१९ साफ च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाल भारतमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको गोल्डेन जुब्ली रङ्गशालामा...

पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुन: खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुन: खोलेको...

जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन

काठमाडौं । काठमाडौंको जडीबुटी–पेप्सीकोला सडकखण्डमा निर्माण भएका अवैध संरचना भत्काउन एक महिने ‘अल्टिमेटम’ दिइएको छ । काठमाडौं महानगरपालिका र सडक विभागल...

तीनकुने घटनामा मुद्दा खेपिरहेका सबैको कानूनी प्रक्रिया र खर्च राप्रपाले व्यहोर्ने

काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी हिरासतमा रहेका देशभक्त–राष्ट्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending