Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

राष्ट्रङ्घद्वारा जम्मू–कश्मीरमा भएको आक्रमणको निन्दा गर्दै न्यायको माग

खबरडबली संवाददाता

न्युयोर्क । संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) ले २२ अप्रिलमा जम्मू–कश्मीरमा भएको आतङ्कवादी आक्राणको कडा निन्दा गर्दै न्यायको माग गरेको छ । आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।

अप्रिल २५ मा जारी गरिएको प्रेस विज्ञप्तिमा काउन्सिलका अध्यक्ष फ्रान्सका जेरोम बोनाफन्टले पीडित भारत र नेपाल सरकार तथा  पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ  । आक्रमणले विश्वव्यापी आक्रोश निम्त्याएको जनाउदै युएनएससीले अपराधीहरूलाई न्यायको कठघरामा ल्याउने तत्कालीन आवश्यकतामा जोड दिएको छ ।

आतङ्कवाद विश्वव्यापी शान्ति र सुरक्षाका लागि खतरा भएको परिषद्ले उल्लेख गरेको छ । विज्ञप्तिमा कुनै पनि निर्दोष नागरिकहरूलाई लक्षित गरी आक्रमण गर्न नहुने विषयमा जोड दिएको छ । युएनएससीले जम्मू र कश्मीरको द्वन्द्वको प्रभावले आतङ्कवादी गतिविधिहरूमा बढ्दो अन्तर्राष्ट्रिय चिन्ता थपिएको जनाइएको छ ।

आक्रमण प्रतिको जवाफदेहितामा जोड दिँदै युएनएससीले आक्रमणका जिम्मेवारहरू विरुद्ध निर्णायक कारबाही गर्न आह्वान गरेको छ । विज्ञप्तिमा न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय कानुन र विद्यमान सुरक्षा परिषद्को प्रस्ताव अन्तर्गत सहयोग गर्न सबै राष्ट्रलाई आग्रहसमेत गरिएको छ ।

जानकारी साझा गर्ने, संदिग्धहरूलाई सुपुर्दगी गर्ने र आतङ्कवादी सञ्जाललाई आर्थिक सहयोग कटौती गर्नेजस्ता कुराहरू अपिलमा समावेश छन् । जनीतिक, वैचारिक वा धार्मिक अभिप्रेरणाको प्रवाह नगरी आतङ्कवाद कुनै पनि परिस्थितिमा अन्यायपूर्ण रहेको विज्ञप्तिमा दोहोर्‍याइएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले मानव अधिकार र मानवीय दायित्वहरू लगायत अन्तर्राष्ट्रिय कानूनको आधारमा  आतङ्कवादसँग लड्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ । 

संयुक्त राष्ट्रको बडापत्रलाई आत्मसाथ गर्दै परिषद्ले मौलिक स्वतन्त्रताको रक्षा गर्दै सुरक्षा खतराहरूलाई सम्बोधन गर्न कानुनी र समन्वित उपायहरूको आवश्यकतालाई जोड दिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending