Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता

खबरडबली संवाददाता

म्याग्दी । सवारी दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन बेनीमा ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसिजको आयोजनामा भएको महिलाहरूबीचको उक्त प्रतियोगितामा सञ्जु जिसी प्रथम, सृजना थापा द्वितीय र कल्पना ढुङ्गाना तृतीय भएका छन् ।

प्रतियोगितामा १२ जना महिलाले सहभागिता जनाएका थिए । तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने र बिस्तारै चलाउने बानीको विकास गराउन सवारी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष विनोद घर्तिक्षेत्रीले जानकारी दिए । 

त्यसैगरी आयोजित महिला सटफुट प्रतियोगितामा मुना गर्बुजा प्रथम,  कल्पना ढुङ्गाना द्वितीय र भिमा खड्का तृतीय भएका छन् भने पुरुष सटफुटमा मोहन खड्का प्रथम, जनक सोनाम द्वितीय र बलबहादुर आले तृतीय भए । महिला सटफुटमा १५ र पुरुष सटफुटमा १७ जनाले सहभागिता जनाएका थिए ।

तीनवटै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने व्यक्तिलाई क्रमशः नगद रु एक हजार ५००, एक हजार र ५०० नगदसहित ट्रफीद्वारा पुरस्कृत गरिएको छ । कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सन्दीप खत्री, शाखा अध्यक्ष घर्तिक्षेत्रीलगायत शाखाका पूर्वअध्यक्षहरुले पुरस्कार वितरण गरेका थिए । 

नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष खत्रीले म्याग्दी जेसिजले युवालाई लक्षित गरी आयोजना गर्ने कार्यक्रमहरू अनुकरणीय रहेको बताउँदै समाजमा युवाको भूमिका बढाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरे । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले सवारी चालकलाई बिस्तारै सवारी चलाउनुपर्छ भन्ने सकारात्मक सन्देश फैलाउन प्रतियोगिताले सहयोग पुर्‍याएको बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending