नेपालगन्ज। बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल गत दुई महिनादेखि प्रमुखविहीन भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा।प्रकाश प्रसाद साहको दुई महिनाअघि सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा भएपछि उहाँको ठाउँमा कसैलाई नपठाउँदा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल प्रमुख विहीन भएको हो ।
अस्पतालमा कार्यरत डा। प्रवीण गुप्तालाई निमित्त निर्देशकको जिम्मेवारी दिएपनि उनलाई आर्थिक अधिकार नदिंदा अस्पतालको प्रशासनिक लगायत आर्थिक कार्यहरु प्रभावित भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यकारी निर्देशक पठाउन ढिलाई गरेका कारण अस्पतालको आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएको अस्पताल विकास समितिका सदस्य महेन्द्र मल्लले बताए। उनका अनुसार नयाँ प्रमुख नआउँदा कर्मचारीहरुले तलव खान पाएका छैनन् भने रिएजेन्ट, केमिकल र औषधीको अभाव हुन थालेको छ । प्रयोगशाला सेवा प्रभावित हुन थालेपछि त्यसको मार बिरामीलाई पर्न थालेको छ । बिरामीहरुलाई चेकजाँचका लागि बाहिर पठाउनु पर्ने बाध्यता हुन थालेको छ । यसले बिरामीहरुलाई आर्थिक भार थपिने स्थिति उत्पन्न भएको छ ।
त्यसैगरी प्रमुख नहुँदा अस्पतालका भौतिक पूर्वाधार निर्माणका काम पनि प्रभावित हुन थालेको पनि अस्पताल विकास समितिका सदस्य मल्लले बताए। डे केयर भवन, अस्पताल फार्मेसी, ल्याव भवनको निर्माण कार्य पनि प्रभावित हुन थालेको उनको भनाइ छ ।
छिटोभन्दा छिटो अस्पतालको प्रमुख पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई दिनहुँ जसो आग्रह गर्ने गरिएको पनि अस्पताल विकास समितिले जनाएको छ ।
मन्त्री पौडेलले छिटो पठाउने आश्वासन दिंदै आएपनि हालसम्म प्रमुख नपठाउँदा समस्या बढ्दै गएको जनाइएको छ । पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल खजुरास्थित सुशिल कोइराला क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या दिनदिनै बढ्दै गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २९ गते, २०८२ - १७:०१
काठमाडौँ। वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण सोमबार सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको...
बैशाख २९ गते, २०८२ - १६:५०
भरतपुर। नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । सोमबार दिउँसो करिव १:३० बजे भरतपुर महानगरपालिका– १७ का कुमार नेपालीको नदीमा डुबेर ...
बैशाख २९ गते, २०८२ - १६:४२
लमजुङ। यो वर्ष अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । गत अप्रिल महिनामा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले यस क्षेत्रको...
बैशाख २९ गते, २०८२ - १६:२६
बुटवल । पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा उपस्थित भएक...
बैशाख २९ गते, २०८२ - १६:१२
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माणमा सरकार लाग...
बैशाख २९ गते, २०८२ - १५:३०
जेनेभा । संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट)कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । द...
बैशाख २९ गते, २०८२ - १५:१८
काठमाडौँ। भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही दिनअघि महान ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट तत्काल सन्न्य...
बैशाख २९ गते, २०८२ - १५:१२
काठमाडौँ । नेपाल भारतमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको गोल्डेन जुब्ली रङ्गशालामा...
बैशाख २९ गते, २०८२ - १५:०६
नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुन: खोलेको...
बैशाख २९ गते, २०८२ - १४:२५
काठमाडौं । काठमाडौंको जडीबुटी–पेप्सीकोला सडकखण्डमा निर्माण भएका अवैध संरचना भत्काउन एक महिने ‘अल्टिमेटम’ दिइएको छ । काठमाडौं महानगरपालिका र सडक विभागल...
प्रतिकृया लेख्नुहोस्: