सप्तरी। सप्तरीको कञ्चनपुर नगरपालिका–१० बदगामास्थित पूर्व पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नं। को यात्रु बाहक बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा अन्य २२ जना घाइते भएका छन् ।
दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । उहाँहरुको पहिचान खुल्न सकेको छैन । त्यस्तै दुर्घटनामा गम्भीर घाइते हुनुकोजिल्लाको सप्तकोशी नपा १ का ७५ वर्षीय रत्नबहादुर मगरातीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी, जिल्लाको सप्तकोशी नगरपालिका वडा नं। १ बस्ने अन्दाजी २१ वर्षीया सुबेता दाहाल, सोही ठाउँका २६ वर्षीया चेतना भट्टराई, ४० वर्षीया सविता थापा, ३० वर्षीया सुष्मा विष्ट, ७० वर्षीया पबित्रा घाइते हुनुभएको छ । साथै मगराती वडा नं २ का ४४ वर्षीय विजय विक, जिल्लाकै महदेवा गाउँपालिका वडा नं २ का ५० वर्षीया विमला देवि ठाकुर, झापाका मनोज भट्टराई, मीना भट्टराई र उदयपुर चौडढडी नगरपालिका ५ बस्ने अन्दाजी ५९ वषीया कमला भुसाल दुर्घटनामा घाइते भएको छन् ।
यसैगरी, सुनसरी बराहक्षेत्र नगरपालिका ६ का ३५ वर्षीय भरत यादव, जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिका–३ का १९ वर्षीय महमद असलम, वडा नम्बर ७ का ३७ वर्षीय वीरेन्द्र ठाकुर, उदयपुर चौदण्डी गाउँपालिका–९ का २६ वर्षीय नरमाया मगर, जिल्लाकै बेल्टार नगरपालिका–९ का ६० वर्षीया मयादेवी थापा घाइते भएको इलाका प्रहरी कार्यलयका प्रहरी प्रमुख एवम् डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएको छन् ।
घाइतेहरूको स्थानीय धर्मेश्वर र नगर अस्पतालमा तथा विराटनगरस्थित अस्पतालहरूमा उपचार भइरहेको छ ।
३५ जना सवार रहेका बसका चालक झापा मचिनगर नपा ७ बस्ने ४७ वर्षीय अमृत दर्जीलाई र बस इलाका प्रहरी कन्चनपुरले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
मृतकहरूको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ र घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८२ - १७:१९
नारायणगढ। पूर्वी चितवनको खैरहानीमा दुई समूहबिच खुडा हानाहान हुँदा तीन जना घाइते भएका छन् । खैरहानी नगरपालिका वडा नम्बर ८ स्थित आहार क्याफेमा मङ्गलबार ...
बैशाख ३० गते, २०८२ - १७:०५
काठमाडौं । गत १५ चैतमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले पुन: म्याद थपका...
बैशाख ३० गते, २०८२ - १६:५८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन्। गत चैत्र १५ गते काठमाडौँको तीन...
बैशाख ३० गते, २०८२ - १६:४७
काठमाडौं ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आ...
बैशाख ३० गते, २०८२ - १६:३८
काठमाडौँ । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ । थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खे...
बैशाख ३० गते, २०८२ - १६:०९
काठमाडौं। काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन...
बैशाख ३० गते, २०८२ - १५:५२
जेनेभा। लामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चेतावनी दि...
बैशाख ३० गते, २०८२ - १५:३३
काठमाडौं । मंगलबार नेप्से परिसूचक १४.२४ अंकले घटेर २६३४.८६ विन्दुमा बन्द भएको छ। आज कारोबार रकम पनि घटेको छ। आइतबार १० अर्ब २० करोड रूपैयाँको स...
बैशाख ३० गते, २०८२ - १५:१८
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित छ जनाविरुद्ध सार्वजनिक सम्...
बैशाख ३० गते, २०८२ - १५:१२
काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गरेको छन् । मङ्गलबार...
प्रतिकृया लेख्नुहोस्: