सप्तरी। सप्तरीको कञ्चनपुर नगरपालिका–१० बदगामास्थित पूर्व पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नं। को यात्रु बाहक बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा अन्य २२ जना घाइते भएका छन् ।
दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । उहाँहरुको पहिचान खुल्न सकेको छैन । त्यस्तै दुर्घटनामा गम्भीर घाइते हुनुकोजिल्लाको सप्तकोशी नपा १ का ७५ वर्षीय रत्नबहादुर मगरातीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी, जिल्लाको सप्तकोशी नगरपालिका वडा नं। १ बस्ने अन्दाजी २१ वर्षीया सुबेता दाहाल, सोही ठाउँका २६ वर्षीया चेतना भट्टराई, ४० वर्षीया सविता थापा, ३० वर्षीया सुष्मा विष्ट, ७० वर्षीया पबित्रा घाइते हुनुभएको छ । साथै मगराती वडा नं २ का ४४ वर्षीय विजय विक, जिल्लाकै महदेवा गाउँपालिका वडा नं २ का ५० वर्षीया विमला देवि ठाकुर, झापाका मनोज भट्टराई, मीना भट्टराई र उदयपुर चौडढडी नगरपालिका ५ बस्ने अन्दाजी ५९ वषीया कमला भुसाल दुर्घटनामा घाइते भएको छन् ।
यसैगरी, सुनसरी बराहक्षेत्र नगरपालिका ६ का ३५ वर्षीय भरत यादव, जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिका–३ का १९ वर्षीय महमद असलम, वडा नम्बर ७ का ३७ वर्षीय वीरेन्द्र ठाकुर, उदयपुर चौदण्डी गाउँपालिका–९ का २६ वर्षीय नरमाया मगर, जिल्लाकै बेल्टार नगरपालिका–९ का ६० वर्षीया मयादेवी थापा घाइते भएको इलाका प्रहरी कार्यलयका प्रहरी प्रमुख एवम् डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएको छन् ।
घाइतेहरूको स्थानीय धर्मेश्वर र नगर अस्पतालमा तथा विराटनगरस्थित अस्पतालहरूमा उपचार भइरहेको छ ।
३५ जना सवार रहेका बसका चालक झापा मचिनगर नपा ७ बस्ने ४७ वर्षीय अमृत दर्जीलाई र बस इलाका प्रहरी कन्चनपुरले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
मृतकहरूको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ र घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: