Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८२ मंगलवार | 13th May, 2025 Tue
Investment bank

रौतहटका कार्यालय प्रमुखलाई अख्तियारी नहुँदा मालपोतको सेवा ठप्प

खबरडबली संवाददाता

चन्द्रपुर । मालपोत कार्यालय मौलापुर, रौतहटका  कार्यालय प्रमुख कौशलकिशोर झा हाजिर भएको एक हप्ता हुन् लाग्दा समेत भूमि व्यवस्थापन तथा अभिलेख विभागले अख्तियारी प्रदान नगर्दा अधिकांश सेवा ठप्प भएको छ।

वैशाख ८ गते हाजिर भएको जानकारी विभागलाई गराउँदा समेत हालसम्म अख्तियारी नपाएको बताउनु हुँदै कार्यालय प्रमुख झाले अख्तियारी नपाएको कारण मुद्दा मामिला सम्बन्धी काम, दाखिल खारिज, नामसारी लगायतका सेवा ठप्प रहेको बताए।

मौलापुर नगरपालिका वडा नं। ४ का अनिल कुमार साहले दैनिक कार्यालय धाइरहे पनि हुन् नसकेको गुनासो व्यक्त गर्नु भयो। नामसारी गराउन पुग्नु भएका कटहरिया नगरपालिका बिर्तिप्रस्टोकाका सेवाग्राही लालबाबु प्रसाद गुप्ता जग्गा नामसारी नहुँदा दिनहुँ आफ्नो कामको बारेमा सोधपुछ छाडेर कार्यालय प्रमुखको अख्तियारी आएको नआएको खोजबिन गर्नु परेको बताए।

कार्यालय प्रमुख झाका अनुसार  दिनहुँ ५र७ जना सेवाग्राही काम हुन् नपाएर फर्किनु पर्ने बाध्यता रहेको बताए। समयमा कार्य सम्पादन नहुनुमा स्थानीय स्तरका कार्यालय मात्र दोषी नभएर केन्द्रबाट नै बाधा अडचन आउने गरेको बताउनु हुँदै कार्यालय प्रमुख झाले हाजिर भएकै दिन अख्तियारी प्रदान गरेर सेवा सुचारु गराउने तर्फ विभागको ध्यान जान जरुरी रहेको बताए।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता वेदप्रसाद अर्यालका अनुसार एक दुई दिनमा अख्तियारी पठाउने तयारी भएको बताए। शाखा अधिकृत कार्यालय प्रमुख रहेको कार्यालयमा विभागले अख्तियारी प्रदान गर्ने व्यवस्था रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौँ। पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा क्षेत्रको पर्यटन विकास र पूर्वाधारमा लगानीको वातावरण बनाउन पर्यटन व्यवसायी एवं स्था...

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै धरानका अजित भुजेल

धरान । तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किएका बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक रु १८ लाखभन्दा बढी बचत गरि...

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

काठमाडौँ। वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण सोमबार सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको...

नारायणी नदीमा डुबेर एक जनाको मृत्यु

भरतपुर। नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । सोमबार दिउँसो करिव १:३० बजे भरतपुर महानगरपालिका– १७ का कुमार नेपालीको नदीमा डुबेर ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा एक महिनामै साढे ४४ हजार पर्यटक

लमजुङ। यो वर्ष अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । गत अप्रिल महिनामा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले यस क्षेत्रको...

पक्राउ पुर्जी जारी भएका प्रदेश सांसद प्रधानमन्त्रीसँगै, हल्ला फैलिएपछि भागे

बुटवल । पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा उपस्थित भएक...

मेलम्ची र हेलम्बु क्षेत्रको पुनर्निर्माण गरिनेछ: ऊर्जामन्त्री खड्का

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माणमा सरकार लाग...

अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति

जेनेभा । संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट)कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । द...

टेस्ट क्रिकेटलाई ‘किङ्ग विराट कोहली’को बाई बाई

काठमाडौँ। भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही दिनअघि महान ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट तत्काल सन्न्य...

यु–१९ साफ च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाल भारतमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको गोल्डेन जुब्ली रङ्गशालामा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending