लेखनाथ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा चट्याङ लागेर आइतबार दुई जनाको ज्यान गएको छ। अन्नपूर्ण ११ स्थित त्रिवेणी ताल पदमार्गमा आइतबार दिउँसो २ जना मजदुरको चट्याङ लागेर मृत्यु भएको हो।
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर ४ का भरतकुमार राई र सोही ठाउँका महेश राईको चट्याङ लागेर मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।
दुवै जना त्रिवेणीताल पदमार्गमा काम गर्ने मजदुर भएको गाउँपालिकाले जनाएको छ। अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले त्यहाँ नौ जनाले काम गरिरहेका बेला आइतबार दिउँसो आएको हावाहुरी र पानी, चट्याङले घटना भएको जानकारी दिए। अरु कामदार भने सकुशल रहेको उनले उल्लेख गरे।
मृतकहरुको शव निकाल्न प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा चार जनाको टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए। सोमबार बिहानमात्रै शव निकाल्न सुरु हुने उनको भनाइ छ।
पर्यटकीय गाउँ घान्द्रुकबाट चार घन्टा पैदल यात्रा गरी पुग्न सकिने घटनास्थलमा हिउँ परेकाले शव पुरिएको अध्यक्ष केसीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८२ - १०:५९
वीरगञ्ज। वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको तीन महिना बित्न लागेको अब केही दिनमात्र बाँकी छ तर मर्मतसम्भार पूरा भएको छैन ...
जेष्ठ १ गते, २०८२ - १०:४३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राति ८ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आजको बैठकमा गभर्नर सिफारिस समितिमा एक सदस्य निय...
जेष्ठ १ गते, २०८२ - १०:२०
कैलाली। सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीले मन्त्री पठाउने विषयमा अझै नाम टुङ्गो लगाउन सकेका छैन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्...
जेष्ठ १ गते, २०८२ - १०:०७
मुम्बई। हिन्दी सिनेमाका चर्चित अभिनेता अजय देवगनले आफ्नो करियरमा नयाँ कोसेढुङ्गा छुने भएका छन् । खासमा उनका छोरा युग देवगनले पनि नयाँ सुरुवात गरिरह...
बैशाख ३० गते, २०८२ - १७:१९
नारायणगढ। पूर्वी चितवनको खैरहानीमा दुई समूहबिच खुडा हानाहान हुँदा तीन जना घाइते भएका छन् । खैरहानी नगरपालिका वडा नम्बर ८ स्थित आहार क्याफेमा मङ्गलबार ...
बैशाख ३० गते, २०८२ - १७:०५
काठमाडौं । गत १५ चैतमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले पुन: म्याद थपका...
बैशाख ३० गते, २०८२ - १६:५८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन्। गत चैत्र १५ गते काठमाडौँको तीन...
बैशाख ३० गते, २०८२ - १६:४७
काठमाडौं ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आ...
बैशाख ३० गते, २०८२ - १६:३८
काठमाडौँ । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ । थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खे...
बैशाख ३० गते, २०८२ - १६:०९
काठमाडौं। काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन...
प्रतिकृया लेख्नुहोस्: