Ntc summer Offer
Khabar Dabali ६ भाद्र २०८२ शुक्रबार | 22nd August, 2025 Fri
Investment bank

गर्भावस्थामा यौनसम्पर्क गर्नु सुरक्षित कि जोखिम

खबरडबली संवाददाता

गर्भावस्था महिलाका लागि जीवनको सबैभन्दा विशेष र सुन्दर, तर संवेदनशील समय हो । यस समयमा मन र शरीरमा धेरै परिवर्तनहरू हुन्छन् । यी परिवर्तनका बीचमा गर्भवती महिलाको मनमा धेरै प्रश्नहरू पनि उठ्छन् ।

धेरै प्रश्नहरू मध्ये एउटा प्रश्न गर्भावस्थामा यौनसम्पर्क गर्नु हुन्छ कि हुँदैन ? भन्ने पनि उठ्न सक्छ । तर यस विषयमा दम्पती खुलेर कुरा गर्न सक्दैनन् । यो प्रश्नको बारेमा धेरै भ्रमहरू पनि समाजमा व्याप्त छ । यस्तोमा यसबारे चिकित्सा विज्ञानले के भन्छ त ?

चिकित्सा विज्ञान के भन्छ ?

यदि गर्भावस्था सामान्य छ र कुनै जटिलता छैन भने यौनसम्पर्क पूर्ण रूपमा सुरक्षित हुनसक्छ ।  आमाको गर्भमा शिशुलाई एम्नियोटिक तरल पदार्थ र पाठेघरको बलियो लेयरले सुरक्षित राख्छ, त्यसैले सामान्यतया यौनसम्पर्कले बच्चालाई कुनै हानि गर्दैन ।

यसको अर्थ गर्भमा हुर्किरहेको बच्चा आमाको गर्भ, बलियो मांसपेशी र एम्नियोटिक तरल पदार्थको तहले राम्रोसँग सुरक्षित हुन्छ । यसका साथै, पाठेघरको मुख (सर्भिक्स) लाई म्युकस प्लगले बन्द गरिन्छ, जसले ब्याक्टेरिया र सङ्क्रमणबाट सुरक्षा प्रदान गर्छ । अर्थात्, यदि कुनै जटिलताहरू छैनन् भने, यौनसम्पर्कले गर्भमा रहेको बच्चालाई कुनै हानि गर्दैन।

के छ फाइदा ?

यदि महिला कुनै समस्याबाट पीडित छैनन् र डाक्टरले निषेध गरेका छैनन् भने, पार्टनरसँग बस्दा भावनात्मकसँगै या‌ैन सम्बन्ध राख्न सकिन्छ । यस समयमा, गर्भवती महिलालाई आफ्नो पार्टनरको निकटता र माया चाहिन्छ ।

यसले हर्मोनलाई आराम दिन्छ, जसले तनाव कम गर्छ ।यौनसम्पर्कको क्रममा चरम सुखपछि शरीर र मनले आराम महसुस गर्छ । रक्तसञ्चारमा सुधार हुन्छ, जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याउँछ ।

कुन अस्थामा यौनसम्पर्क नगर्ने ?

गर्भ रहेका बेला केही विशेष  चिकित्सा अवस्थाहरूमा, डाक्टरले यौन सम्पर्कबाट नराख्न सल्लाह दिन्छन् । यी मध्ये एक हो ‘प्लासेन्टा प्रिभिया’ । यो भनेको प्लेसेन्टा (साल) ले पाठेघरको तल्लो भाग ढाकेको अवस्था हो ।

समय पूर्व प्रसवको जोखिम भएको अवस्थामा पनि यौनसम्पर्क गर्नुहुँदैन । समय पूर्व प्रसवको जोखिम भन्नाले विगतमा पनि समय पूर्व प्रसव भएको छ भने बुझिन्छ ।

गर्भावस्थामा बारम्बार रक्तस्राव भएमा, एम्नियोटिक तरल पदार्थ चुहिएमा अर्थात् पानीको फोका फुटेको अवस्थामा पनि यौन सम्पर्क नगर्न सल्लाह दिइन्छ ।

जुम्ल्याहा बच्चाहरू भएमा पनि गर्भावस्थामा, जोखिम अलि बढी हुन्छ ।

पहिले गर्भपतन वा गर्भावस्थाको जटिलता भएको छ भने पनि सावधानी अपनाउनु पर्ने हुन्छ ।

यी कुराहरूमा ध्यान दिनुपर्छ

गर्भावस्थाको पहिलो तीन महिना र अन्तिम तीन महिना यौन सम्बन्ध राख्दा विशेष ध्यान दिनुपर्छ । पहिलो तीन महिना र अन्तिम तीन महिना लापरबाही गरियो भने गर्भपातको जोखिम बढ्छ ।

गर्भावस्थामा यौनसम्पर्क गर्दा सुरक्षित आसन छनोट गर्नुपर्छ । पेटमा दबाब पर्ने कुनै पनि आसनमा अपनाउनु हुँदैन । सरसफाइमा ध्यान दिनुपर्छ ।  सरसफाइले सङ्क्रमणको जोखिम कम गर्छ । विभिन्न सङ्क्रमणबाट बच्नका लागि कन्डम प्रयोग गर्नुपर्छ ।

यदि दुखाइ, रक्तस्राव वा असुविधा महसुस भयो भने, तुरुन्तै यौनसम्पर्क रोक्नुपर्छ । र, यौन मज्जा प्राप्त हुने विकल्प रोज्नुपर्छ ।

– गर्भावस्थामा यौनसम्बन्धको मामिलामा डाक्टरसँग खुलेर आफ्ना कुरा गर्नुपर्छ ।  हिचकिचाहटमा कुनै पनि निर्णय गर्नुहुँदैन ।

-आफ्नो पार्टनरसँग सञ्चार कायम राख्नुपर्छ । जबरजस्ती यौनसम्पर्क गर्नुहुँदैन ।

-शारीरिक संकेतहरूमा ध्यान दिनुपर्छ । पेटमा दबाब दिने आसनहरू अपनाउनु हुँदैन ।

-सबै कुरा सामान्य भएपछि मात्र अगाडि बढ्नुपर्छ, असुविधा, पीडा वा डरलाई बेवास्ता गर्नुहुँदैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीजः संस्कृतिको पर्व कि भड्किलो प्रतिस्पर्धा ?

दरले दबिँदै निम्न आय भएका परिवार

विवाहित पुरुषको अदृश्य हार !

संसारसँग विवाहित पुरुषले कति पनि लड्न सक्छ । अभावसँग, समाजसँग, प्रतिस्पर्धा र परिस्थितिसँग उसले सामना गर्न सक्छ। बाहिर ऊ विजयी देखिन्छ: जिम्मेवारी पूर...

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफ्ना मागहरू बेवास्ता गरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आज काठमाडौँको माइतीघर मण्...

तिज गीतको यात्रा : माइतीको याददेखि टिकटकसम्म

कलाकारहरूको दौड भ्युजमा कि संस्कृतिमा ?

सीमा विवाद र विश्वप्रकाशको सुझाव : प्रधानमन्त्रीको भ्रमणमा उठ्नुपर्ने ६ प्रश्न

काठमाडौं । नेपाल–भारत–चीन त्रिदेशीय सीमा विवाद फेरि चर्चामा छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अस्मिता र सार्वभौमिकताको संवेदनशील विषय बनेको...

निजी विद्यालय गैरनाफामुलक भए शिक्षाको स्तर झनै खस्किन्छः सांसद जैसवाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने प्रावधानले नेपालको शैक्षिक गुणस्तरलाई थप खस्काउने चे...

एमालेसँग दूरी बढाउँदै भण्डारीः सम्पर्क कार्यालय उद्घाटनलाई ‘राजनीतिक पुनरागमन’ को संकेत

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय खोलेसँगै उनी पुनः सक्रिय राजनीतिमा फर्किँदै गरेको स...

मल लिन बिहान २ बजेदेखि लाइनमा बस्दा उपहारमा ४ किलोको ढुङ्गा

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानलाई वितरण गरिएको युरिया मलको बोरा खोल्दा त्यसभित्र सिमेन्टको पिल्लर जस्तो देखिने ठोस ढुङ्गा भेट...

बागलुङको निसेलढोरमा झाँक्री नाच प्रदर्शन

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसेलढोरमा परम्परागत झाँक्री नाच प्रदर्शन गरिएको छ। यस क्षेत्रका विभिन्न मेला–पर्वका अवसरमा झाँक्री नाच ...

बहुविवाह कानुनविरुद्ध सर्लाहीमा उठेको स्वर : संविधान र समाजबीचको टकराव ?

सर्लाही । सरकारले ल्याउन खोजेको बहुविवाहसम्बन्धी कानुनलाई लिएर सर्लाहीमा सुरु भएको धर्नाले मुलुकभर बहसलाई चर्काएको छ। महिला अधिकारकर्मीहरूले मलंगवामा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending