Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

मुस्ताङमा आलो रगत खानेको थामिनसक्नुको भिड

खबरडबली संवाददाता

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२, घट्टेखोलामा आयोजना भइरहेको मेलामा थामिनसक्नु भिड लागेपछि मेला अवधि थपिएको छ । वैशाख ६ देखि सुरु भएको मेला आगामी १७ गतेसम्म सञ्चालन गरिने भएको छ । 

मेलामा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की, तनहुँ, चितवन, बुटवलसहित भारतीय सीमा क्षेत्रका जिल्लाबाट दैनिक सर्वसाधारणको भिड लागेपछि मेला अवधि लम्बाइएको मेला संयोजक बुद्धिरत्न तुलाचनले बताए । संयोजक तुलाचनले भने, “हामीले सोचेभन्दा धेरै व्यक्ति आए, मेलाबाट स्थानीय कृषक निकै उत्साहित छन्।” यस पटक वैशाख १५ सम्म सञ्चालन गर्ने गरी तय गरिएको मेलालाई दुई दिन थप गरेसँगै चरन क्षेत्रमा थप चौँरी तथा याकलाई समेत मेलामा ल्याइएको संयोजक तुलाचनको भनाइ छ । मेलामा हालसम्म चार हजारभन्दा बढीले चौँरीको आलो रगत खाएका छन् । एक जना बिरामीले एक देखि १० गिलाससम्म चौँरीको आलो रगत पिउने गरेका छन् । 

हालसम्म ३० लाख रुपियाँभन्दा बढीको आलो रगत, याकको मासुसहित अन्य दुग्धजन्य पदार्थ बिक्री गरी एक करोड रुपियाँभन्दा बढीको आम्दानी गरिसकेको आयोजकले जनाएको छ । मेलाको अवलोकन गर्न करिब आठ हजारभन्दा बढी पर्यटकसमेत पुगेका छन् । चौँरीको आलो रगतसँगै पर्यटकले घिउ, छुर्पी, सजावटका लागि याकको सिङ, पुच्छर, पित्तसमेत बिक्री भएको छ । आयुर्वेदिक र प्याथोलोजी उपचार पद्धतिबाट आजित भएका सर्वसाधारणको रोजाइमा परेको चौँरीको आलो रगत पिउने मेलामा किशोरकिशोरीदेखि वृद्धवृद्धासम्म पुग्ने गरेका छन् । थासाङ गाउँपालिकाको चरन क्षेत्रमा २५ गोठमा करिब एक हजार पाँच सयको हाराहारीमा रहेका चौँरी तथा याकमध्ये मेलामा पाँच सय जति ल्याइएको छ । 

समुद्री सतहदेखि तीन हजार सात सय मिटर उचाइको हिमाली खर्कमा चरेका चौँरीले पाँचऔँले, नीरमसी, जटामसी, यार्चागुम्बा जस्ता जडीबुटी खाने भएकाले रगत सेवनले गानोगोला, तुस, अपच, हाडजोर्नी, नसासम्बन्धी रोग, यौन उत्तेजना आदि समस्या कम हुने जनविश्वास रहेको छ ।   

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending