Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

रितेशको फिल्म सुटिङमा दुर्घटनाः एकको शव फेला, छायांकन रोकियो

खबरडबली संवाददाता

मुम्बई । बलिउड अभिनेता रितेश देशमुखको आगामी चलचित्र ुराजा शिवाजीु को सेटमा एउटा दुखद दुर्घटना भएको छ। कोरियोग्राफी टोलीका २६ वर्षीय नर्तक सौरभ शर्माको मृत्यु भएको हो। 

सौरभ दुई दिनअघि सतारामा बेपत्ता भएका थिए । प्रहरीले अप्रिल २४ को बिहान उनको शव फेला पारेको थियो। यो दुर्घटनापछि फिल्मको छायांकन रोकिएको छ।

प्रहरीका अनुसार घटना अप्रिल २२ मा भएको थियो। गीतको छायांकन सतारा जिल्लाको कृष्णा नदी नजिकैको संगम माहुली गाउँमा भइरहेको थियो।  सुटिङ सकिएपछि, सौरभ नुहाउन नदीमा गए। नुहाउने क्रममा नदीको तीव्र धारले उनलाई बगाएको थियो।

जब टोलीले सौरभलाई फेला पार्न सकेन, प्रहरीलाई खबर गरियो। उद्धार टोली घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको थियो । तर, साँझको समय भएकोले अँध्यारो हुने बित्तिकै खोजी कार्य रोकियो। भोलिपल्टदेखि फेरि सौरभको खोजी सुरु भयो तर उद्धार टोलीले कुनै सफलता हासिल गर्न सकेन। बिहीबार, अर्थात् २४ अप्रिलमा, प्रहरीले सौरभको शव फेला पर्‍यो । यस विषयमा आकस्मिक मृत्युको मुद्दा दर्ता गरिएको छ।

छत्रपति शिवाजी महाराजको जीवनमा आधारित यो फिल्ममा रितेश मुख्य भूमिकामा देखिनेछन्। यो फिल्मलाई रितेश आफैँले निर्देशन गरिरहेका छन्।

यो फिल्म हिन्दी र मराठी भाषामा रिलिज हुनेछ। यो फिल्म रितेशकी श्रीमती जेनेलिया देशमुख र ज्योति देशपाण्डेले निर्माण गर्दैछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending