Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

यो वर्ष मनसुनमा धेरै पानी पर्ने प्रक्षेपण, यी हुन् आधार

खबरडबली संवाददाता

काठमाडौं । अबको झन्डै डेढ महिनामा सुरु हुने मनसुनी वर्षा यस वर्ष नेपालसहित दक्षिण एसियाका अधिकांश भागमा औसतभन्दा बढी हुने प्रक्षेपण साउथ एशियन क्लाइमेट आउटलुक फोरमले गरेको छ।

एप्रिल अन्तिम साता भारतको पुणेमा सम्पन्न विभिन्न देशका मौसमविद्हरू सहभागी सत्रले दक्षिण एसियाका उत्तरी, दक्षिणी, पूर्वी र उत्तरपूर्वी भागका केही भागमा भने औसत वा त्यसभन्दा केही कम वर्षा हुन सक्ने जनाएको छ।

"लामो अवधिको प्रक्षेपण भएकाले यसमा मात्रा उल्लेख नगरीकनै सामान्य रूपमा कस्तो अवस्था रहनेछ भन्ने बताइने गरिन्छ," उक्त प्रक्षेपण गर्ने बैठकमा सहभागी जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँ भन्छन्।

"एप्रिल महिनामा विभिन्न मोडलहरूले दिएका नतिजाका आधारमा यस्तो प्रक्षेपण गरिएको हो। मध्य मेपछि पुनः एकपटक पछिल्लो डेटालाई अद्यावधिक गरेर हामी हाम्रो पूर्वानुमान सुधार्छौँ। त्यसबेला सम्भावित परिस्थिति केही फरक पनि हुन सक्छ।"

यस क्षेत्रीय प्रक्षेपण दक्षिण एसिया भेगका सार्क सदस्य एवं म्यान्मारसहितका नौ देशका राष्ट्रिय जल तथा मौसम विज्ञान निकायहरूले अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोगमा तयार पारेका हुन्।

गत वर्षको १२५ दिन लामो मनसुनमा नेपालमा १२२ प्रतिशत अर्थात् १६७०.७ मिलिलिटर वर्षा भएको थियो। त्यो सामान्य अवस्थाको मनसुनभन्दा १३ दिनले बढी थियो।

राष्ट्रसङ्घीय मौसम निकाय डब्ल्यूएमओले विगत पाँच वर्षयता विश्वव्यापी रूपमा मौसम पूर्वानुमान गर्ने निकायका विवरणलाई क्षेत्रीय रूपमा विश्लेषण र विभाजन गर्दै सार्वजनिक गर्ने नीति अन्तर्गत यस्ता प्रक्षेपण हुने गरेका छन्।

एल निन्यो कि ला निन्या!

मौसमविद्हरूका अनुसार दक्षिण एशियामा मनसुनलाई मुख्यतया असर गर्ने प्रणाली प्रशान्त महासागरमा देखिने एल निन्यो र ला निन्या हो।

पुणेको उक्त बैठकमा सहभागी नेपालको तर्फबाट सहभागी मौसमविद् सुदर्शन हुमागाईँ भन्छन्: "यस्तो पूर्वानुमान गर्ने क्रममा प्रशान्त महासागरमा एल निन्योको अवस्था के हुन्छ भनेर हेर्ने गर्छौँ।"

हाल प्रशान्त महासागरमा तटस्थ खालको एल निन्यो सदर्न असिलेशन (ईएनएसओ) को अवस्था व्याप्त छ।

विश्वव्यापी जलवायु मोडल पूर्वानुमानको आधारमा मनसुनका बेला भूमध्यरेखीय प्रशान्त क्षेत्रमा प्रचलित यस्तो तटस्थ अवस्था नै रहिरहने सम्भावना रहेकोमा विज्ञहरूबीच बलियो सहमति रहेको उक्त फोरमले जनाएको छ।

समुद्री पानी सामान्यभन्दा बढी तात्ने अवस्थालाई एल निन्यो भनिन्छ भने समुद्री पानी औसतभन्दा चिसो हुने अवस्थालाई ला निन्या भनिन्छ।

एल निन्योका बेला दक्षिण एशियाली देशहरूमा कम र ला निन्याका बेला बढी वर्षा हुने गरेको मौसमविद्‌हरू बताउँछन्।

पुणेमा जुटेका मौसमविद्हरूले अहिलेको एल निन्यो थोरै ला निन्याको अवस्थाबाट तटस्थ अवस्थामा आइपुगेको देखिएको बताउँदै त्यो मनसुनमा मात्र नभएर हिउँद्सम्मै तटस्थ अवस्थामै रहने विश्लेषण गरेको हुमागाईँ बताउँछन्।

"एल निन्यो सदर्न असिलेशन तटस्थ छ अर्थात् त्यो एल निन्यो वा ला निन्यो केही होइन भन्नुको अर्थ प्रशान्त महासागरमा बलिया सङ्केतहरू देखिएनन् भन्ने हो," उनी भन्छन्।

"अघिल्लो वर्ष हामीले ला निन्या हुन्छ भन्ने अनुमान गरेको भए तापनि त्यो तटस्थ नै अवस्थामा बस्यो। तर त्यस अवस्थामा पनि नेपालमा सरदरभन्दा बढ्ता नै वर्षा भएको थियो।"

त्यसैले विगत चार-पाँच दशकको अनुभवका आधारमा तटस्थ नै हुने अवस्थाबीच कि सरदर वा सरदरभन्दा बढी वर्षा हुने प्रवृत्तिलाई पछ्याएर उक्त प्रक्षेपण गरिएको बताइएको छ।

अन्य कारण

दक्षिण एशियाको समग्र प्रक्षेपण गर्दा विभिन्न तीनवटा कारणलाई आधार मानिने भए तापनि नेपालको मनसुनी वर्षाका लागि एल निन्यो र ला निन्या अवस्थाको प्रभाव सबैभन्दा उच्च हुने मौसमविद्हरू बताउँछन्।

विश्वभर क्षेत्रीय प्रक्षेपणहरू प्रचलित विश्वव्यापी जलवायु अवस्था, राष्ट्रिय स्तरको पूर्वानुमान र विश्वभरका विभिन्न जलवायु पूर्वानुमान निकायहरूबाट भएका पूर्वानुमानको विज्ञहरूबीच  मूल्याङ्कन भएर सार्वजनिक गरिन्छन्।

यस पटक बर्खायाममा एल निन्योको अवस्था रहिरहँदा न्यूनतम तापक्रम सरदरभन्दा बढ्ने पूर्वानुमान समेत गरिएको हो।

त्यसैगरी हिन्द महासागरको डाइपोल (आईओडी) एवं उत्तरी गोलार्द्धमा जम्मा हुने हिउँजस्ता पक्षको सम्बन्ध समेत मनसुनसँग जोडिएको हुन्छ।

हिन्द महासागरमा तटस्थ आईओडी अवस्था कायम छ जुन मनसुनसम्मै कायम रहने विभिन्न मोडलहरूले देखाएका छन्।

"आईओडी भनेको हिन्द महासागरको दुई फरक बिन्दुमा हुने तापक्रमको अन्तर हो। तर यसमा समेत एल निन्यो सदर्न असिलेशन प्रणालीको असर रहने गर्दा यो एक्लैको असर नेपालमा धेरै पर्ने देखिँदैन। तर त्यो समेत तटस्थ अवस्थामै छ," हुमागाईँ भन्छन्।

"नेपालको जलवायुमा उत्तरी गोलार्द्धमा कति हिउँ पर्‍यो भन्ने कुराको प्रभाव समेत पर्छ। त्यसको उल्टो असर यहाँको मनसुनी प्रणालीमा हुने हुँदा यस पटक ती भेगमा कम हिउँ परेको छ जसको असर यस पटक मनसुनमा धेरै वर्षा हुने भन्ने हुन्छ।" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending