Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

पुतली, झ्याउँकिरी, भमरा, खपटेकिरा, कान्छीकिरा, वन झिँगा, पुतलीलगायतका किराजन्य वस्तु लाेप हुँदै

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरपालिका–८, गौरीगन्जकी ९४ वर्षीय इन्दिरा घिमिरेलाई जुनकिरीको उज्यालोमा हिँडेको अझै सम्झना ताजा छ । नुवाकोट गेर्खुमा जन्मिएकी उनले मेलापात, गाउँबेँसी गर्दा जुनेली उज्यालोमा हिँडेको, औँसीको अध्यारोमा जुनकिरीको उज्यालोमा हिँडेर काम गरेको अनुभव अचेल नातिपनातीलाई सुनाउँछिन् ।

तर उनले जुनकिरी यस्तो हुन्छ भनेर पनातीलाई चिनाउन पाएकी छैनन । उनि भन्छिन्, “हामी सानो उमेरमा हुँदा अनुभव गरेको, देखेको चिज अहिले देखा पर्न छाडेका छन् । चितवन आएपछि पनि जुनकिरी, पुतली, खपटे किरा धेरै देखियो तर अहिले देख्नै पाइँदैन ।” सात वटी छोरी र एउटा छोराकी आमा घिमिरेले पनातीलाई जुनकिरी भनेको यस्तो हुन्छ भनेर देखाउन खोज्नुभएको दुई/चार वर्ष भयो तर देख्न/देखाउन पाएकी छैनन् । 

उनले मात्र होइन गाउँघरका अरूले पनि अचेल जुनकिरी, झ्याउँकिरी, भमरा, खपटेकिरा, कान्छीकिरा, वन झिँगा, पुतलीलगायतका किराजन्य वस्तु देखिन छाडेका छन् । सहरबजार र सहरउन्मुख गाउँबाट पुतली, जुनकिरी जस्ता किरा हराइसकेको विज्ञको दाबी छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनका कीटशास्त्रविज्ञ सुन्दर तिवारीले भने, “जुनकिरी, जातका पुतली देख्नलाई गुगल सर्च गर्नुपर्ने अवस्था आएको छ, हाम्रो वरपर देखिन छाडिसकेका छन् ।” किरासम्बन्धी अध्ययन अनुसन्धान गर्दै आएका तिवारीले भने, “यस्ता किरा मासिनुको पहिलो कारण बालीनालीमा हुने विषादीको उच्च प्रयोग हो ।” हेर्दा सामान्य लाग्ला तर प्रकृतिमा पाइने यस्ता किरा हराउँदै जाँदा मानिसको स्वास्थ्य, वातावरण र सिङ्गो पारिस्थितिकीय प्रणालीमा असर पर्दछ । अहिले सहरबजार ग्रामीण क्षेत्रमा समेत प्रकृतिमा पाइने किराजन्य वस्तु भेटिन छाडेका छन् ।

यस्ता किरा मासिँदा शत्रुकिराको सङ्ख्या वृद्धि हुँदा मानिसको जीवनशैलीमा नै नकारात्मक प्रभाव पार्छ । उनका अनुसार नेपालमा गत वर्ष मात्रै ११ सय ८४ मेट्रिक टन विषादी नेपाल भित्रिएको थियो । जसमा एक अर्ब ६४ करोड रुपियाँ खर्च भएको सरकारी तथ्याङ्क छ । विषादी प्रयोग र नेपाली रुपियाँ बिदेसिदा यहाँ भने प्राकृतिक स्रोत नासिँदै गएको उनले बताए । 

प्रकृतिमा पाइने वातावरण, बाली, मानिसको जीवनमा सकारात्मक भूमिका खेलेका किरा मासिनाले खाद्य चव्रmमा समेत प्रभाव पर्ने उनले बताए । अहिले शङ्खेकिराले लगाएको बाली नाश गरेर उत्पादनमा हस आएको छ । विषादीको उच्च प्रयोग भइराखेको छ । किरालाई खाइदिने पुलती, जुनकिरी जस्ता किरा मासिँदा शत्रुकिराको प्रकोप बढ्छ । जसले गर्दा खाद्य प्रणालीमा नकारात्मक प्रभाव पर्छ ।

मित्रजीवले शङ्खेकिराको अन्डा खाइदिने गर्थेे । अहिले जुनकिरी, पुतली मासिँदै जाँदा शङ्खेकिरा वृद्धि भएको छ । जसले गर्दा किसानले लगाएको बाली मासिँदै गएको छ । शङ्खेकिरा मार्न विषादीको प्रयोग हुन थालेको छ तर यही प्रकृतिमा भएको जुनकिरी भएको भए त्यसैले शङ्खेको अन्डा खाएर किसानको बाली जोगाइदिने विज्ञ तिवारीले भने । 

मित्रुकिरा हराउनुको अर्को कारण झिलिमिली लिड लाइट, धेरै प्रकाश आउने, रङ्गीचङ्गी बत्ती आदि  हुन् । यस्ता बत्ती सहरबजारमा धेरै प्रयोग हुन थालेका छन् । अहिले ग्रामीण क्षेत्रमा पनि यस्ता बत्तीको प्रयोगले मित्रुकिरा हराउँदै जाने र शत्रुकिराको सङ्ख्या वृद्धि हुँदै जाँदा मानव, प्रकृति, वातावरणमा प्रत्यक्ष असर परेको विज्ञ तिवारीले बताए । 

मित्रुकिराको संरक्षणमा कृषि तथा वनविज्ञान विश्व विद्यालय रामपुर क्याम्पसले अनुसन्धान गर्ने, अध्यापन गराउने र किरा संरक्षणको काम गर्दै आएको छ । विश्वविद्यालयले फौजी किरा, बारुला पाल्दै आएको जानकारी दिए । मित्रुकिरा संरक्षणले शुत्रकिरा मार्ने काम गरेकाले जनस्तरमा चेतनाको विकास गर्नु पर्छ ।

कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीले पाठशाला कार्यक्रममार्फत शत्रु र मित्रुकिराको महत्व विषयमा सचेतनाका कार्यक्रम सञ्चान गर्दै आएको जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: