Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बागलुङमा चालु आर्थिक वर्षकाे नौ महिनामा सडक दुर्घटनामा १८ जनाको मृत्यु

खबरडबली संवाददाता

बागलुङ । बागलुङमा चालु आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार नौ महिनामा १९ सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका हुन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रहरी हवलदार बैकुण्ठ पौडेलले सवारी दुर्घटनामा १२ जना पुरुष र ६ जना महिलाको मृत्यु भएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा परी १९ जना घाइते भएका छन् । प्रहरी हवलदार बैकुण्ठ पौडेलले दुर्घटनामा परी १० जना गम्भीर र ९ जना साधारण घाइते भएको बताए । 

बागलुङमा सबैभन्दा बढी जिप र कार दुर्घटनामा परेका छन् । प्रहरी हवलदार पौडेलले नौ महिनामा ११ वटा जिप र कार दुर्घटना भएको बताए । उनले ३ वटा मोटरसाइकल, २ ट्याक्टर, १ टिपर, १ बस र १ डोजर दुर्घटना भएको बताए । 

कात्तिक र चैत महिनामा धेरै दुर्घटना भएको छ । कात्तिक र चैत महिनामा ५–५ वटा सवारी दुर्घटनामा परेका छन् भने भाद्र महिनामा १ वटा, मङ्सिर र पु्स महिनामा २–२ वटा, माघ महिनामा १ वटा र फागुन महिनामा ३ वटा सवारी दुर्घटनामा परेको प्रहरी हवलदार पौडेलले बताए । 

यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ६ सय ६८ वटा सवारी साधनलाई कारबाही गरिएको छ । प्रहरी हवलदार पौडेलका अनुसार साउन महिनामा ९ सय ७० वटा, भदौ महिनामा १ हजार १ सय ७४ वटा, असोज महिनामा १ हजार १ सय ८४ वटा, कात्तिक महिनामा १ हजार ७ सय ४५ वटा, मङ्सिर महिनामा १ हजार ६ सय ९६ वटा, पु्स महिनामा १ हाजर ५ सय ३८ वटा सवारी कारबाहीमा परेका छन् ।

त्यस्तै माघ महिनामा १ हजार ४ सय २१ वटा, फागुन महिनामा १ हजार ३ सय ८८ वटा र चैत महिनामा १ हजार ५ सय ५२ वटा सवारी साधनलाई कारबाही गरिएको पौडेलले जानकारी दिए । प्रहरी हवलदार पौडेलले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीलाई कारबाहीबाट नौं महिनामा १ करोड ४ लाख ६५ हजार रुपियाँ राजस्व सङ्कलन भएको बताए । उनले साउन महिनामा ८ लाख ४१ हजार रुपियाँ, भदौ महिनामा ९६ लाख ६ हजार रुपियाँ, असोज महिनामा ९ लाख ५८ हजार रुपियाँ र कात्तिक महिनामा १४ लाख ७ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको बताए । 

कार्यालयले मङ्सिर महिनामा १४ लाख २७ हजार पाँच सय रुपियाँ, पुस महिनामा १२ लाख १२ हजार पाँच सय रुपियाँ, माघ महिनामा ११ लाख ७६ हजार रुपियाँ, फागुन महिनामा ११ लाख ७७ हजार पाँच सय रुपियाँ र चैत महिनामा १२ लाख ९९ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरिएको जनाएको छ । पछिल्लो नौं महिनामा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ५० वटा कार–जिप कारबाहीमा परेको र ४१ लाख ४७ हजार पाँचसय रुपियाँ राजस्व सङ्कलन भएको हवलदार पौडेलको भनाइ छ । 

कार्यालयका अनुसार नियम उल्लङ्घन गर्ने १ हजार १ सय ३३ वटा ट्रक–टिप्परबाट ९ लाख ६१ हजार पाँच सय रुपियाँ, ५ सय ९१ वटा बसबाट ४ लाख ८४ हजार पाँच सय रुपियाँ, ४ हजार ९ सय ६४ वटा मोटरसाइकलबाट ४१ लाख ८२ हजार पाँच सय रुपियाँ, ७ सय ७३ वटा ट्याक्टरबाट ५ लाख ६७ हजार रुपियाँ र १ सय ५७ वटा अन्य सवारी कारबाहीबाट १ लाख २२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।

ट्राफिक प्रहरी कार्यालय बागलुङले नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाहीका साथै विद्यार्थी, सवारी चालक, व्यवसायी र सर्वसाधारणलाई जनचेतनाका कार्यक्रम समेत गर्दै आइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending