बागलुङ । बागलुङमा चालु आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार नौ महिनामा १९ सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रहरी हवलदार बैकुण्ठ पौडेलले सवारी दुर्घटनामा १२ जना पुरुष र ६ जना महिलाको मृत्यु भएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा परी १९ जना घाइते भएका छन् । प्रहरी हवलदार बैकुण्ठ पौडेलले दुर्घटनामा परी १० जना गम्भीर र ९ जना साधारण घाइते भएको बताए ।
बागलुङमा सबैभन्दा बढी जिप र कार दुर्घटनामा परेका छन् । प्रहरी हवलदार पौडेलले नौ महिनामा ११ वटा जिप र कार दुर्घटना भएको बताए । उनले ३ वटा मोटरसाइकल, २ ट्याक्टर, १ टिपर, १ बस र १ डोजर दुर्घटना भएको बताए ।
कात्तिक र चैत महिनामा धेरै दुर्घटना भएको छ । कात्तिक र चैत महिनामा ५–५ वटा सवारी दुर्घटनामा परेका छन् भने भाद्र महिनामा १ वटा, मङ्सिर र पु्स महिनामा २–२ वटा, माघ महिनामा १ वटा र फागुन महिनामा ३ वटा सवारी दुर्घटनामा परेको प्रहरी हवलदार पौडेलले बताए ।
यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ६ सय ६८ वटा सवारी साधनलाई कारबाही गरिएको छ । प्रहरी हवलदार पौडेलका अनुसार साउन महिनामा ९ सय ७० वटा, भदौ महिनामा १ हजार १ सय ७४ वटा, असोज महिनामा १ हजार १ सय ८४ वटा, कात्तिक महिनामा १ हजार ७ सय ४५ वटा, मङ्सिर महिनामा १ हजार ६ सय ९६ वटा, पु्स महिनामा १ हाजर ५ सय ३८ वटा सवारी कारबाहीमा परेका छन् ।
त्यस्तै माघ महिनामा १ हजार ४ सय २१ वटा, फागुन महिनामा १ हजार ३ सय ८८ वटा र चैत महिनामा १ हजार ५ सय ५२ वटा सवारी साधनलाई कारबाही गरिएको पौडेलले जानकारी दिए । प्रहरी हवलदार पौडेलले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीलाई कारबाहीबाट नौं महिनामा १ करोड ४ लाख ६५ हजार रुपियाँ राजस्व सङ्कलन भएको बताए । उनले साउन महिनामा ८ लाख ४१ हजार रुपियाँ, भदौ महिनामा ९६ लाख ६ हजार रुपियाँ, असोज महिनामा ९ लाख ५८ हजार रुपियाँ र कात्तिक महिनामा १४ लाख ७ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको बताए ।
कार्यालयले मङ्सिर महिनामा १४ लाख २७ हजार पाँच सय रुपियाँ, पुस महिनामा १२ लाख १२ हजार पाँच सय रुपियाँ, माघ महिनामा ११ लाख ७६ हजार रुपियाँ, फागुन महिनामा ११ लाख ७७ हजार पाँच सय रुपियाँ र चैत महिनामा १२ लाख ९९ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरिएको जनाएको छ । पछिल्लो नौं महिनामा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ५० वटा कार–जिप कारबाहीमा परेको र ४१ लाख ४७ हजार पाँचसय रुपियाँ राजस्व सङ्कलन भएको हवलदार पौडेलको भनाइ छ ।
कार्यालयका अनुसार नियम उल्लङ्घन गर्ने १ हजार १ सय ३३ वटा ट्रक–टिप्परबाट ९ लाख ६१ हजार पाँच सय रुपियाँ, ५ सय ९१ वटा बसबाट ४ लाख ८४ हजार पाँच सय रुपियाँ, ४ हजार ९ सय ६४ वटा मोटरसाइकलबाट ४१ लाख ८२ हजार पाँच सय रुपियाँ, ७ सय ७३ वटा ट्याक्टरबाट ५ लाख ६७ हजार रुपियाँ र १ सय ५७ वटा अन्य सवारी कारबाहीबाट १ लाख २२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।
ट्राफिक प्रहरी कार्यालय बागलुङले नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाहीका साथै विद्यार्थी, सवारी चालक, व्यवसायी र सर्वसाधारणलाई जनचेतनाका कार्यक्रम समेत गर्दै आइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: