विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्डुस्थित निवासमा भएको छलफलपछि ओलीले कार्कीलाई तत्काल मुख्यमन्त्रीकै रूपमा निरन्तरता दिने निर्णय सुनाएका हुन्।
मुख्यमन्त्री कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश सचिव राजकुमार भण्डारीसँगको संयुक्त छलफलमा ओलीले सबै पक्षको धारणा सुनेपछि हालका लागि कार्कीलाई काम गर्न निर्देशन दिएका थिए।
छलफलमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक समीकरण, संवैधानिक अवस्था र सरकारको स्थायित्वलाई आधार बनाउँदै आफूलाई निरन्तरता दिनुपर्ने तर्क राखेका थिए। त्यसपछि ओलीले तत्काल नेतृत्व परिवर्तन नगर्ने निष्कर्ष सुनाएको प्रदेश अध्यक्ष खतिवडाले जानकारी दिए।
यसअघि ओलीले कार्कीलाई हटाएर एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेका थिए। त्यसका लागि कार्कीलाई राजीनामा दिन निर्देशन दिइएको थियो। तर कार्कीले पार्टीको औपचारिक निर्णय माग्दै राजीनामा दिन अस्वीकार गरेका थिए।
एमाले सचिव शेरधन राईमार्फत पनि राजीनामाको सन्देश पठाइएपछि कार्कीलाई काठमाडौं बोलाइएको थियो। त्यहीबीच विराटनगरमा कार्कीविरुद्ध एमाले सांसदहरूको हस्ताक्षर अभियानसमेत सञ्चालन गरिएको थियो। स्रोतका अनुसार बहुमत सांसदको हस्ताक्षर संकलन भएको दाबी गरिए पनि संसदीय दलको नेता हटाउन दुई तिहाइ समर्थन आवश्यक पर्ने व्यवस्थाले प्रक्रिया अगाडि बढ्न सकेन।
यस विषयमा एमालेभित्र विधानको व्याख्यालाई लिएर मतभेद देखिएको छ। ओली पक्षले साधारण बहुमत पर्याप्त हुने तर्क गरेको छ भने कार्की पक्षले संशोधित विधानअनुसार दुई तिहाइ समर्थन अनिवार्य रहेको अडान राखेको छ।
केही दिनअघि नै कार्कीले आफू संसदीय दलको नेता मात्र नभई प्रदेश सभाको दुई तिहाइ विश्वासको मतका आधारमा मुख्यमन्त्री बनेको भन्दै सहजै राजीनामा नदिने बताएका थिए।
बुधबारको निर्णयसँगै कोशी प्रदेशमा तत्काल नेतृत्व परिवर्तनको बहस रोकिएको छ भने हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका रूपमा आफ्नो कार्यकाललाई निरन्तरता दिने भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...



प्रतिकृया लेख्नुहोस्: