तनहुँ । प्रदेश अस्पताल दमौलीमा प्रसुति सेवा प्रभावित भएको छ । सामान्य शल्यक्रियासमेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौंमा पुर्याउनु पर्ने बाध्यता भएको हो ।
गाइनोलोजिष्ट नहुँदा शल्यक्रिया सहितको विशेषज्ञ सेवा साढे दुई महिना अघि देखि बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा सामान्य अवस्थाका सुत्केरी सेवा सुचारु रहे पनि शल्यक्रिया गर्नुपर्ने महिलालाई दैनिक बाहिर पठाउनु पर्ने बाध्यता रहेको प्रदेश अस्पताल दमौलीका मेटिकल सुपरीटेन्डेन डा। परिवर्तन बरालले जानकारी दिए । गाइनोलोजिष्ट डा। रामबहादुर विष्ट साढे दुई महिना अघि सरुवा भएर भक्तपुरस्थित क्यान्सर अस्पताल गएपछि सेवा प्रभावित भएको बराले बताए ।
रालले भने, 'गाइनोलोजिष्ट नहुँदा सेवा प्रभावित भएको सम्बन्धित निकायमा जानकारी गराएको छु तर सुनुवाई नहुँदा सेवा प्रभावित भएको छ ।' दैनिक कम्तिमा एक जनालाई सर्जन नहुँदा बाहिर पठाउनु परेको उनी बताउछन् । एनेस्थेसिए सहायक र स्त्री रोग विशेषज्ञका लागि गण्डकी प्रदेश सरकारले मासिक तलब र व्यास नगरपालिकाले भत्ता दिने व्यवस्था गरिएपछि एक वर्ष अघि सेवा सुरु गरिएको बरालले बताए। यसअघि पनि विशेषज्ञको अभावमा सामान्य प्रसूति सेवाले निरन्तरता पाए पनि शल्यक्रिया गर्नुपर्ने जटिल प्रकारका गर्भवतीलाई पोखरालगायत ठूला अस्पतालमा पठाउने गरिएको थियो ।
गर्भवती महिलालाई औषधी लगाएर सामान्य डेलिभरी गराउने गरिएकोमा हाल महिलामा प्रेसर, सुगर भएमा, बच्चाको टाउको ठुलो भएमा, बच्चा ठुलो भएर जन्माउन समस्या भएमा जटिल अप्रेसन गरी बच्चा जन्माउने सुविधा बन्द भएको छ । एक वर्षको अवधिमा २५० जनाले शल्यक्रियाको सुविधा लिएको प्रशासनले जनाएको छ । प्रदेश अस्पताल दमौली तनहुँको जिल्ला स्तरीय अस्पताल हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १३:४३
काठमाडौं । गृहमन्त्रालय मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। बैठकले भोलि निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयकी...
फाल्गुन २० गते, २०८२ - १३:३५
घोराही। दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार गरिएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा लमही, घोराही तुलसीपुरमा मतगणन...
फाल्गुन २० गते, २०८२ - १३:३०
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी का क...
फाल्गुन २० गते, २०८२ - १३:२३
काठमाडौं । कन्सुलर सेवा विभाग ले यूएईमा ट्रान्जिट परेर रोकिएका नेपालीहरूको विवरण संकलन सुरु गरेको छ। नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा हालको पर...
फाल्गुन २० गते, २०८२ - १३:११
डोल्पा । डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने एक दुर्गम मतदान केन्द्रमा खटिएका बिरामी कर्मचारीहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको शे(फोक्स...
फाल्गुन २० गते, २०८२ - १३:०४
जमुनाह। बाँके जिल्लामा भोलि हुने निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प...
फाल्गुन २० गते, २०८२ - १२:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ। कालोस...
फाल्गुन २० गते, २०८२ - १२:०७
ललितपुर । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका घटनामा संलग्न कुल...
फाल्गुन २० गते, २०८२ - १२:०१
तनहुँ। निर्वाचन र सार्वजनिक बिदामा पनि तनहुँ जिल्ला अदालत खुला रहने भएको छ । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका अवसरमा सरकारले फागुन २० देखि ...
फाल्गुन २० गते, २०८२ - ११:५६
काठमाडौँ । निर्वाचन आयोग ले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्ने भएको छ।...



प्रतिकृया लेख्नुहोस्: