Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

महेन्द्रनगर बजार- सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह

खबरडबली संवाददाता

कञ्चनपुर । एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा महेन्द्रनगरमा अपाङ्गमैत्री पैदलमार्गसहितको १४ किलोमिटर सडक निर्माण गरिएको छ । महेन्द्रनगर बजारका पाँचवटा गल्ली आठ मिटर चौडा गरिएका छन् । जसमा अपाङ्गमैत्री पैदलमार्ग र साइकल लेन निर्माण गरिएको छ । 

गुरुयोजनाअनुसार सहरलाई व्यवस्थित र सुन्दर बनाउन एडिबीको सहयोगमा भीमदत्त नगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बजारलाई आधुनिकीकरण गरेको हो । आयोजनाको पहिलो चरणअन्तर्गत रु एक अर्ब लगानीमा १४ किलोमिटर सडक कालोपत्र गरिएको भीमदत्त नगरपालिकाका सब–इन्जिनियर पवन लेखकले जानकारी दिए । उनका अनुसार यहाँ २२ किमी ढल निकास, बजार क्षेत्रमा चार किलोमिटर रेलिङ र ७७६ वटा लाइट तथा आठवटा हाइमास्ट लाइटसमेत जडान गरिएका छन् । 

“बजार क्षेत्रमा साइकल लेन निर्माण गरेका छौ, १४ किलोमिटर कालोपत्र सडकमा अपाङ्गमैत्री पैदलमार्ग निर्माण भएको छ”, सब–इन्जिनियर लेखकले भने, “बजारका विभिन्न स्थानमा सौन्दर्यका लागि पार्कसमेत निर्माण गरिएका छन् । बिजुलीका पोल र टेलिफोन तार व्यवस्थित गरिएको छ । पार्किङ व्यवस्थापन गरिएको छ ।” पहिलो चरणको काम सम्पन्न भइसकेको र समस्या देखिएका केही स्थानमा निर्माण कम्पनीले मर्मत गरिरहेको उनले जानकारी दिए । 

लेखकका अनुसार अब दोस्रो चरणअन्तर्गत आठ किलोमिटर सडक र दश किलोमिटर ढल निकासका लागि रु ६६ करोड बजेट स्वीकृत भएको छ । आधुनिक सडक निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ । 

तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार महेन्द्रनगर बजारको निर्माण गरेको यहाँका जानकारहरु बताउँछन । विसं २०१८ मा उनले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएका थिए । त्यतिबेला बेलौरीमा रहेको  सदरमुकाम पनि महेन्द्रनगर सारिएको थियो । 

स्थानीय पर्यटन व्यवसायी जगदीशचन्द्र भट्ट बजारलाई थप व्यवस्थित गर्न सके यो सहर हेर्न लायक बन्ने बताउछन् । “महेन्द्रनगर बजार आकर्षक, व्यवस्थित र सुरक्षित छ, यसले गर्दा यहाँ लगानीकर्ताहरू पनि आकर्षित भइरहेका छन्”, उनले भने, “हाल निर्माण भएको अपाङ्गतामैत्री पैदलमार्ग र साइकलन लेनले बजारको सुन्दरता थपेको छ । यसले व्यापार व्यवसायमा समेत थप टेवा पुगेको छ ।” 

महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली र व्यापारिक केन्द्र भएकाले यसलाई नगरपालिकाले थप व्यवस्थित गर्नुपर्ने यहाँका व्यवसायीहरूको माग छ । “हाल आधुनिक बजार बनेको छ, यहाँ निर्माण भएका गल्लीहरू पर्यटकहरुका लागि आकर्षक छन्”, व्यवसायी कृष्णानन्द भट्टले भन्छन्, “अब बजार क्षेत्रमा भएका पोल व्यवस्थापन गरी तारलाई भूमिगत गर्न सकिए सुन्दरता थपिने छ । सडक किनारामा हरियाली र थप लाइटिङ  व्यवस्थापन गर्न सके महेन्द्रनगर बजार थप राम्रो हुनेछ ।”

स्थानीय इन्द्र साउद परम्परागत स्वरप नबिर्गिने गरी गुरुयोजनाअनुसार बजार व्यवस्थापन गरिनुपर्ने र सौन्दर्य बिगार्ने गरी बनाइने संरचना र अतिक्रमणमा कडाइका साथ प्रास्तुत हुनुपर्ने धारणा राख्छन्। 

तत्कालीन राजा महेन्द्रले बसाएका कारण यस बजारको नाम महेन्द्रनगर नामकरण गरिएको हो । महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली छन् । हरेक गल्लीको आफ्नै विशेषता छ । पहिलोगल्ली नं एकमा मेडिकल, हार्डवेयर पसलहरू बढी छन्भने गल्ली नं २ मा बैङ्क, छापाखाना, इलेक्ट्रोनिक र किराना पसलहरू छन् । यस्तै, गल्ली नं ३ मा अधिकांश मेडिकल छन्भने केही होटल र बैङ्क पनि छन् । यसैगरी, गल्ली नं ४ मा होटल, मेडिकल र बैङ्क तथा गल्ली नं ५ मा पुस्तक पसल तथा बङ्कहरू बढी छन् ।

यहाँको मदन चोकदेखि बसपार्क मञ्चलाइनमा होटल तथा फैन्सी पसलहरू छन् । महेन्द्रनगरको गल्ली नं ५ सबैभन्दा बढी भीडभाड हुने क्षेत्र हो । यसलाई क्याम्पस रोड समेत भनिन्छ । यहाँका हरेक गल्ली विपद्का बेला सहजै दमकल र एम्बुलेन्स आवतजावत गर्न सक्नेगरी निर्माण गरिएका छ । 

यहाँ बजारको छेउमा खुलामञ्च छ, जहाँ विभिन्न कार्यक्रम र खेलकुद सञ्चालन हुन्छन् । यहाँको व्यापार–व्यवसाय प्रमुख राजमार्ग र ग्रामीण बस्तीसम्म विस्तार भएको छ । व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिने महेन्द्रनगर भारतका ठूला औद्योगिक सहर नजिक रहेकाले पनि बढी महत्वको छ । एडिबीले सहर सौन्दर्दीकरणका लागि परेको सहयोगले बजारलाई थप आकर्षक र व्यवस्थित बनाउने काम भएपछि स्थानीय व्यापारी उत्साहित भएका छन् ।   

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending