Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

महेन्द्रनगर बजार- सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह

खबरडबली संवाददाता

कञ्चनपुर । एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा महेन्द्रनगरमा अपाङ्गमैत्री पैदलमार्गसहितको १४ किलोमिटर सडक निर्माण गरिएको छ । महेन्द्रनगर बजारका पाँचवटा गल्ली आठ मिटर चौडा गरिएका छन् । जसमा अपाङ्गमैत्री पैदलमार्ग र साइकल लेन निर्माण गरिएको छ । 

गुरुयोजनाअनुसार सहरलाई व्यवस्थित र सुन्दर बनाउन एडिबीको सहयोगमा भीमदत्त नगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बजारलाई आधुनिकीकरण गरेको हो । आयोजनाको पहिलो चरणअन्तर्गत रु एक अर्ब लगानीमा १४ किलोमिटर सडक कालोपत्र गरिएको भीमदत्त नगरपालिकाका सब–इन्जिनियर पवन लेखकले जानकारी दिए । उनका अनुसार यहाँ २२ किमी ढल निकास, बजार क्षेत्रमा चार किलोमिटर रेलिङ र ७७६ वटा लाइट तथा आठवटा हाइमास्ट लाइटसमेत जडान गरिएका छन् । 

“बजार क्षेत्रमा साइकल लेन निर्माण गरेका छौ, १४ किलोमिटर कालोपत्र सडकमा अपाङ्गमैत्री पैदलमार्ग निर्माण भएको छ”, सब–इन्जिनियर लेखकले भने, “बजारका विभिन्न स्थानमा सौन्दर्यका लागि पार्कसमेत निर्माण गरिएका छन् । बिजुलीका पोल र टेलिफोन तार व्यवस्थित गरिएको छ । पार्किङ व्यवस्थापन गरिएको छ ।” पहिलो चरणको काम सम्पन्न भइसकेको र समस्या देखिएका केही स्थानमा निर्माण कम्पनीले मर्मत गरिरहेको उनले जानकारी दिए । 

लेखकका अनुसार अब दोस्रो चरणअन्तर्गत आठ किलोमिटर सडक र दश किलोमिटर ढल निकासका लागि रु ६६ करोड बजेट स्वीकृत भएको छ । आधुनिक सडक निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ । 

तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार महेन्द्रनगर बजारको निर्माण गरेको यहाँका जानकारहरु बताउँछन । विसं २०१८ मा उनले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएका थिए । त्यतिबेला बेलौरीमा रहेको  सदरमुकाम पनि महेन्द्रनगर सारिएको थियो । 

स्थानीय पर्यटन व्यवसायी जगदीशचन्द्र भट्ट बजारलाई थप व्यवस्थित गर्न सके यो सहर हेर्न लायक बन्ने बताउछन् । “महेन्द्रनगर बजार आकर्षक, व्यवस्थित र सुरक्षित छ, यसले गर्दा यहाँ लगानीकर्ताहरू पनि आकर्षित भइरहेका छन्”, उनले भने, “हाल निर्माण भएको अपाङ्गतामैत्री पैदलमार्ग र साइकलन लेनले बजारको सुन्दरता थपेको छ । यसले व्यापार व्यवसायमा समेत थप टेवा पुगेको छ ।” 

महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली र व्यापारिक केन्द्र भएकाले यसलाई नगरपालिकाले थप व्यवस्थित गर्नुपर्ने यहाँका व्यवसायीहरूको माग छ । “हाल आधुनिक बजार बनेको छ, यहाँ निर्माण भएका गल्लीहरू पर्यटकहरुका लागि आकर्षक छन्”, व्यवसायी कृष्णानन्द भट्टले भन्छन्, “अब बजार क्षेत्रमा भएका पोल व्यवस्थापन गरी तारलाई भूमिगत गर्न सकिए सुन्दरता थपिने छ । सडक किनारामा हरियाली र थप लाइटिङ  व्यवस्थापन गर्न सके महेन्द्रनगर बजार थप राम्रो हुनेछ ।”

स्थानीय इन्द्र साउद परम्परागत स्वरप नबिर्गिने गरी गुरुयोजनाअनुसार बजार व्यवस्थापन गरिनुपर्ने र सौन्दर्य बिगार्ने गरी बनाइने संरचना र अतिक्रमणमा कडाइका साथ प्रास्तुत हुनुपर्ने धारणा राख्छन्। 

तत्कालीन राजा महेन्द्रले बसाएका कारण यस बजारको नाम महेन्द्रनगर नामकरण गरिएको हो । महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली छन् । हरेक गल्लीको आफ्नै विशेषता छ । पहिलोगल्ली नं एकमा मेडिकल, हार्डवेयर पसलहरू बढी छन्भने गल्ली नं २ मा बैङ्क, छापाखाना, इलेक्ट्रोनिक र किराना पसलहरू छन् । यस्तै, गल्ली नं ३ मा अधिकांश मेडिकल छन्भने केही होटल र बैङ्क पनि छन् । यसैगरी, गल्ली नं ४ मा होटल, मेडिकल र बैङ्क तथा गल्ली नं ५ मा पुस्तक पसल तथा बङ्कहरू बढी छन् ।

यहाँको मदन चोकदेखि बसपार्क मञ्चलाइनमा होटल तथा फैन्सी पसलहरू छन् । महेन्द्रनगरको गल्ली नं ५ सबैभन्दा बढी भीडभाड हुने क्षेत्र हो । यसलाई क्याम्पस रोड समेत भनिन्छ । यहाँका हरेक गल्ली विपद्का बेला सहजै दमकल र एम्बुलेन्स आवतजावत गर्न सक्नेगरी निर्माण गरिएका छ । 

यहाँ बजारको छेउमा खुलामञ्च छ, जहाँ विभिन्न कार्यक्रम र खेलकुद सञ्चालन हुन्छन् । यहाँको व्यापार–व्यवसाय प्रमुख राजमार्ग र ग्रामीण बस्तीसम्म विस्तार भएको छ । व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिने महेन्द्रनगर भारतका ठूला औद्योगिक सहर नजिक रहेकाले पनि बढी महत्वको छ । एडिबीले सहर सौन्दर्दीकरणका लागि परेको सहयोगले बजारलाई थप आकर्षक र व्यवस्थित बनाउने काम भएपछि स्थानीय व्यापारी उत्साहित भएका छन् ।   

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending