Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

बालमन्दिरमा फितलो अभियोजन : उपप्रधानमन्त्री सिंहकी दिदी रिताको बयान नै नलिई ‘फरार’ बनाएर मुद्दा

खबरडबली संवाददाता

काठमाडौं । नेपाल बाल संगठन (बालमन्दिर)को जग्गा हिनामिना प्रकरणमा फितलो अनुसन्धान गरी मुद्दा दर्ता गरिएको छ । प्रहरीले मुख्य अभियुक्त रिता सिंह वैद्यको बयानसमेत नलिई अदालतमा मुद्दा लगेको हो । रिता उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुन् । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार रितासहित १७ विरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता गरेको छ । सबैलाई फरार बनाएर मुद्दा दायर गरिएको छ । उनीहरूमध्ये १६ जनाको बयान लिइएकोमा रिताको बयान लिइएको छैन । एक वर्ष लगाएर प्रहरीले यो मुद्दाको अनुसन्धान गरेको थियो । १६ आरोपीको बयान मात्र अभियोगपत्रमा समावेश गरिएको छ । आरोपीहरू शक्तिशाली भएकाले मिलेमतोमै मुद्दालाई फितलो बनाइएको स्रोत बताउँछ ।

अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारी भन्छन्, ‘अनुसन्धानका क्रममा प्रसस्तै प्रमाण संकलन गरिएको थियो, तर मुद्दा दर्ता गर्दा बयानबाहेक अभियोगपत्रमा केही राखिएको देखिएन ।’ कतिसम्म भने बाल संगठनका पदाधिकारीलाई साक्षीसमेत बनाइएको छैन । जबकि यस्ता मुद्दामा साक्षी राख्नु अनुसन्धानको आधारभूत प्रक्रिया हो । त्यस्तै, बालमन्दिरको सरकारी जग्गा बैंकमा धितो राखेर कर्जा लिएको विषयमा पनि अभियोगपत्रमा केही उल्लेख छैन । 

घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १४ वैशाख ०८१ देखि सुरु गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत १४ माघमा मात्रै उक्त प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेको थियो । चौतर्फी दबाबपछि २२ वैशाखमा महान्यायाधिवक्ता कार्यालयले घटनामा संलग्नविरुद्ध ठगी मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो । सोही मुद्दा बुधबार अदालतमा दर्ता भएको हो । 

सिआइबीका एसपी युवराज खड्काले घटनाको वस्तुपरक अनुसन्धान भएको र प्रतिवादीसँग बयान नलिँदैमा मुद्दा कमजोर नहुने दाबी गरे । उनले भने, ‘बालमन्दिरको जग्गा हिनामिनाको अनुसन्धान सिआइबीले गरेको हो । घटनामा वस्तुपरक अनुसन्धान भएको छ । कुनै अभियुक्तविरुद्ध बयान नलिँदैमा मुद्दा कमजोर हुँदैन ।’ 

बालमन्दिरको नक्सालस्थित २८ रोपनी ५ आना जग्गा विनाप्रतिस्पर्धा वृहस्पति विद्या सदनलाई दिँदा ठगी भएको हो । २७ माघ ०४९, ४ चैत ०५२, ८ जेठ ०५८, ११ भदौ ०५९, २१ जेठ ०७२ र ३ साउन ०७२ गरी बालमन्दिरको जग्गा २८ रोपनी ५ आना १ पैसा जग्गा विनाप्रतिस्पर्धा आगामी वि.सं. २१३२ सालसम्मका लागि वृहस्पति विद्यालय व्यवस्थापन प्रालिलाई भाडामा दिइएको थियो । जसको भाडा दर प्रतिवर्गफिट प्रतिमहिना ६ रुपैयाँ १० पैसा मात्र कायम गरिएको थियो । सम्झौतापत्रमा बालमन्दिरको तर्फबाट तत्कालीन अध्यक्ष रिता र वृहस्पतिको तर्फबाट संस्थापक अध्यक्ष पुरुषोत्तमराज जोशीले हस्ताक्षर गरेका थिए । रिता तीन दशकसम्म संगठनको अध्यक्ष रहँदा सबै हिनामिना भएको थियो । सिआइबीले जोशीसँग भने बयान लिएको छ । 

अधिवक्ता ओमप्रकाश आर्यालले घटनाको मुख्य अभियुक्त रितासँग प्रहरीले बयान नलिएर अनुसन्धानमाथि प्रश्नचिह्न खडा हुने काम गरेको बताए । तर, सोही कारण मुद्दा कमजोर नहुने उनको दाबी छ । उनले भने, ‘घटनामा जोडिएकी रितासँग अनुसन्धानका क्रममा प्रहरीले बयान लिनुपथ्र्यो । उनीसँग बयान नलिँदा प्रश्नचिह्न खडा हुने कामचाहिँ भएको छ । यसो भन्दैमा मुद्दा कमजोर हुनेचाहिँ होइन । किनकि अभियुक्तसँग बयान लिने भनेको घटनाका सम्बन्धमा सफाइ दिने मौका दिनु हो ।’

बालमन्दिरले २७ माघ ०४९ र ४ चैत ०५२ मा वृहस्पतिलाई अनौपचारिक सम्झौता गरी जग्गा भाडामा दिएको थियो । ८ जेठ ०५८ मा बालमन्दिरको १४ रोपनी ९ आना जग्गा वार्षिक ३० लाख रुपैयाँ (प्रतिरोपनी प्रतिमहिना १६ हजार ७७८) भाडा कायम गरी ८ जेठ ०८८ सम्मका लागि भाडामा दिइएको थियो । ३० वर्षको यस अवधिमा सुरुको पाँच वर्ष र अन्तिमको पाँच वर्ष गरी जम्मा १० वर्ष भाडामा कुनै वृद्धि नहुने भनिएको थियो । बाँकी २० वर्षको भाडामा भने प्रत्येक दुई वर्षमा पाँच प्रतिशतका दरले वृद्धि हुने भनिएको थियो । जबकि ०५८ पूर्व गरिएको सम्झौतामा नै भाडा प्रतिवर्ष १० प्रतिशतका दरले वृद्धि हुने भनिएको थियो । 

३ साउन ०७३ मा बालमन्दिर र वृहस्पति सदनबिच पुनः अर्काे सम्झौता गरियो । यसवेला बालमन्दिरको थप १३ रोपनी १२ आना १ पैसा जग्गा भाडा दिने भनियो । जसको अवधि ४३ वर्ष र भाडादर प्रतिवर्गफिट मासिक ६ रुपैयाँ १० पैसा कायम गरियो । जसमा बालमन्दिरको तर्फबाट हस्ताक्षरकर्ता रिता थिइन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending