धनकुटा । कोसी उच्च बाँध निर्माण योजना खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सप्तकोसी उच्च बाँधविरुद्ध सङ्घर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।
सङ्घर्ष समितिका अध्यक्ष असिम राई लगायतको टिमले सहिदभूमि गाउँपालिका र धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेललाई ज्ञापनपत्र बुझाए ।
नेपाल र भारत सरकारबीच सहमति भएको कोसी उच्च बाँध योजनाले समग्र स्थानीयको वसोवास क्षेत्र, समुदाय र सम्पूर्ण अस्तित्वमाथि गम्भीर खतरा उत्पन्न हुने भन्दै सङ्घर्ष समितिले खारेजीको माग गरेको जनाएको छ ।
यस क्षेत्रको हजारौँ परिवारको वासस्थान, खेतीयोग्य जमिन लगायत डुबानमा पर्ने, भाषा, संस्कार, परम्परा, मठमन्दिर र सांस्कृतिक सम्पदा विलीन हुने, सम्पूर्ण किराँतहरूकै आस्थाको केन्द्र रहेको त्रिवेणी स्थित खुवालुङ पूर्ण डुबान हुने भएकाले खारेज गर्नुपर्ने ज्ञापनपत्रमा भनिएको छ ।
कोसी उच्च बाँध राष्ट्रकै हित विपरित रहेको सङ्घर्ष समितिका सचिव छत्रप्रसाद राईले बताए । यो अन्तराष्ट्रिय कानुन विपरीत रहेको समेत उनकाे भनाइ छ । ‘यसले जैविक विविधता र पर्यावरणीय सन्तुलनमा अपुरणीय क्षति पुर्याउँछ’, उनले भने, ‘परियोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको पूर्व(सहमति विना योजना अगाडि बढाउनुले लोकतान्त्रिक मूल्य र मानव अधिकारको उल्लङ्घन भएको छ ।’
सङ्घर्ष समितिले परियोजना तत्कालै खारेजी गर्न विभिन्न मागहरू अघि सारेको छ । कोसी उच्च बाँध निर्माण प्रक्रिया तुरुन्त रोक्नुपर्ने, परियोजनाको प्रभाव मूल्याङ्कन पारदर्शी, वैज्ञानिक र सहभागी प्रक्रियाबाट गरिनु पर्ने, प्रभावित समुदायको पूर्व सहमति अनिवार्य हुनपर्ने, वैकल्पिक, दिगो र स्थानीय जन अनुकूल विकास विकल्पहरू अघि सार्नुपर्ने माग समितिको छ ।
उच्च बाँधले, धनकुटा लगायत उदयपुर, खोटाङ, भोजपुर र संखुवासभा गरी पाँच जिल्लाको तल्लो भू–भागमा ठूलो क्षति हुने र वस्ती विस्थापित हुने समितिको ठहर छ ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पोख्रेलले ज्ञापनपत्र बुझ्दै सम्बन्धित निकायमा पठाउने उल्लेख गरे । उनले यो ठूलो समस्या रहेकाले वार्ता र छलफलका लागि सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: