धनकुटा । कोसी उच्च बाँध निर्माण योजना खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सप्तकोसी उच्च बाँधविरुद्ध सङ्घर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।
सङ्घर्ष समितिका अध्यक्ष असिम राई लगायतको टिमले सहिदभूमि गाउँपालिका र धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेललाई ज्ञापनपत्र बुझाए ।
नेपाल र भारत सरकारबीच सहमति भएको कोसी उच्च बाँध योजनाले समग्र स्थानीयको वसोवास क्षेत्र, समुदाय र सम्पूर्ण अस्तित्वमाथि गम्भीर खतरा उत्पन्न हुने भन्दै सङ्घर्ष समितिले खारेजीको माग गरेको जनाएको छ ।
यस क्षेत्रको हजारौँ परिवारको वासस्थान, खेतीयोग्य जमिन लगायत डुबानमा पर्ने, भाषा, संस्कार, परम्परा, मठमन्दिर र सांस्कृतिक सम्पदा विलीन हुने, सम्पूर्ण किराँतहरूकै आस्थाको केन्द्र रहेको त्रिवेणी स्थित खुवालुङ पूर्ण डुबान हुने भएकाले खारेज गर्नुपर्ने ज्ञापनपत्रमा भनिएको छ ।
कोसी उच्च बाँध राष्ट्रकै हित विपरित रहेको सङ्घर्ष समितिका सचिव छत्रप्रसाद राईले बताए । यो अन्तराष्ट्रिय कानुन विपरीत रहेको समेत उनकाे भनाइ छ । ‘यसले जैविक विविधता र पर्यावरणीय सन्तुलनमा अपुरणीय क्षति पुर्याउँछ’, उनले भने, ‘परियोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको पूर्व(सहमति विना योजना अगाडि बढाउनुले लोकतान्त्रिक मूल्य र मानव अधिकारको उल्लङ्घन भएको छ ।’
सङ्घर्ष समितिले परियोजना तत्कालै खारेजी गर्न विभिन्न मागहरू अघि सारेको छ । कोसी उच्च बाँध निर्माण प्रक्रिया तुरुन्त रोक्नुपर्ने, परियोजनाको प्रभाव मूल्याङ्कन पारदर्शी, वैज्ञानिक र सहभागी प्रक्रियाबाट गरिनु पर्ने, प्रभावित समुदायको पूर्व सहमति अनिवार्य हुनपर्ने, वैकल्पिक, दिगो र स्थानीय जन अनुकूल विकास विकल्पहरू अघि सार्नुपर्ने माग समितिको छ ।
उच्च बाँधले, धनकुटा लगायत उदयपुर, खोटाङ, भोजपुर र संखुवासभा गरी पाँच जिल्लाको तल्लो भू–भागमा ठूलो क्षति हुने र वस्ती विस्थापित हुने समितिको ठहर छ ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पोख्रेलले ज्ञापनपत्र बुझ्दै सम्बन्धित निकायमा पठाउने उल्लेख गरे । उनले यो ठूलो समस्या रहेकाले वार्ता र छलफलका लागि सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: