Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

आप्रवासीका लागि कडा बन्दै पोर्चुगल

२३ हजार बढीको आवेदन खारेज, नेपालीसहित ४५ सयलाई देश छाड्न पत्र

खबरडबली संवाददाता

पोर्चुगल । युरोपेली राष्ट्र पोर्चुगलले आप्रवासन सम्बन्धी नीति परिवर्तन गरेपछि प्रत्यक्ष रूपमा नेपालीहरू प्रभावित भएका छन् । झन् पछिल्लो समय २३ हजार पाँच सय आप्रवासीहरूको आवेदन अस्वीकृत भएपछि कति नेपालीहरू प्रभावित हुने हुन् यकिन तथ्यांक आइसकेको छैन ।

पछिल्लो समय आवासीय अनुमतिको लागि चार लाख ४६ हजार ९ सय २१ जनाले आवेदन दिएका थिए । जसमध्ये एक लाख २३ हजार आवेदन स्वीकृत भएको छ । एक लाख ७१ हजार आवेदन समयमा नै रकम भुक्तानी नगरेको कारण रद्द गरिएको सरकारी भनाई छ । यी मध्ये चार हजार पाँच सय जनालाई २० दिन भित्र देश छोड्नका लागि पत्र पठाइसकिएको पनि जनाएको छ ।

‘आप्रवासीहरूले आवासीय अनुमतिका लागि दिइएको आवेदनमा छानबिन गरिरहेका छौं, रकम भुक्तानीमा ढिलाइ, आवश्यक कर भुक्तानी नभएको र आवश्यक कागजपत्र अपुग भएकाहरूको आवेदन अस्वीकृत भएका छन्’ ती सरकारी अधिकारीले नेपाल प्रेससँग भने ‘सुरुमा १८ हजारको आवेदन अस्वीकृत हुन्छ भन्ने लागेको थियो तर त्यो संख्या अहिले बढेर २३ हजार पाँच सय पुगेको छ । चार हजार पाँच सय जनालाई त देश छोड्नका लागि पत्र पनि पठाइसकेका छौँ ।’

गत जुन ३ तारिखमा पोर्चुगल सरकारले आप्रवासन सम्बन्धी नियम कडा बनाएको थियो । आवासीय अनुमतिको लागि आवेदन दिने प्रक्रिया नै बन्द गर्नुका साथै त्यसपछिका दिनमा झन् झन् नियमहरू कसिलो बनाउँदै लगेको छ ।

रोजगारीका लागि युरोपेली मुलुक पोल्याण्ड, माल्टा, क्रोएसिया, रोमानिया आएका नेपालीहरूको अन्तिम गन्तव्य पोर्चुगल नै हुँदै आएको थियो । त्यस्तै, अध्ययनका लागि डेनमार्क, स्वीट्जरल्याण्ड जस्ता मुलुक आउने विद्यार्थीहरू पनि सहज रूपमा युरोपको कार्ड पाउनका लागि पोर्चुगल नै आउने गरेका थिए ।

यसैगरी, विभिन्न कार्यक्रमको बहानाका सेन्जेन भिसा लगाएर पोर्चुगल छिर्नेको संख्या पनि उल्लेख्य रहेको थियो । पूर्वी युरोपेली मुलुकबाट अवैधानिक बाटो हुँदै पोर्चुगल आउनेहरू पनि उत्तिकै थिए ।

सरकारले जुन ३ तारिखको राति १२ बजेबाट आवासीय अनुमति कार्डको आवेदन दिने प्रक्रिया बन्द गरेपछि पोर्चुगल आउने आप्रवासीको संख्या ह्वात्तै घटेको छ । जसका कारण यहाँ रहेका आप्रवासीहरूलाई काम र कोठा पाउन सहज भएको छ ।

सरकारले सार्वजनिक गरेको नयाँ योजनामा रोजगार सम्झौता गरेर आउनेहरूका लागि भने बाटो खुल्ला रहेको पनि जनाएको छ । सन् २०१५ मा तीन लाख ८३ हजार सात सय ५९ को संख्याका रहेकोमा आप्रवासीको संख्या सन् २०२२ मा सात लाख ८१ हजार दुई सय ४७ जनाको संख्यामा रहेको थियो । झन् सन् २०२३ मा आइपुग्दा १० लाख ४० हजार पुगेको थियो ।

सन् २०२३ मा पोर्चुगलमा विदेशी जनसंख्या करिब ३३ प्रतिशतले बढेको तथ्यांक पनि सार्वजनिक भएको थियो । सरकारी तथ्यांकअनुसार कुल १० लाखभन्दा बढी आप्रवासीहरू देशमा कानूनी रूपमा बसिरहेका छन्। अधिकांश विदेशीहरू पोर्चुगलमा २५ देखि ४४ वर्षका रहेको पनि जनाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending