Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

आप्रवासीका लागि कडा बन्दै पोर्चुगल

२३ हजार बढीको आवेदन खारेज, नेपालीसहित ४५ सयलाई देश छाड्न पत्र

खबरडबली संवाददाता

पोर्चुगल । युरोपेली राष्ट्र पोर्चुगलले आप्रवासन सम्बन्धी नीति परिवर्तन गरेपछि प्रत्यक्ष रूपमा नेपालीहरू प्रभावित भएका छन् । झन् पछिल्लो समय २३ हजार पाँच सय आप्रवासीहरूको आवेदन अस्वीकृत भएपछि कति नेपालीहरू प्रभावित हुने हुन् यकिन तथ्यांक आइसकेको छैन ।

पछिल्लो समय आवासीय अनुमतिको लागि चार लाख ४६ हजार ९ सय २१ जनाले आवेदन दिएका थिए । जसमध्ये एक लाख २३ हजार आवेदन स्वीकृत भएको छ । एक लाख ७१ हजार आवेदन समयमा नै रकम भुक्तानी नगरेको कारण रद्द गरिएको सरकारी भनाई छ । यी मध्ये चार हजार पाँच सय जनालाई २० दिन भित्र देश छोड्नका लागि पत्र पठाइसकिएको पनि जनाएको छ ।

‘आप्रवासीहरूले आवासीय अनुमतिका लागि दिइएको आवेदनमा छानबिन गरिरहेका छौं, रकम भुक्तानीमा ढिलाइ, आवश्यक कर भुक्तानी नभएको र आवश्यक कागजपत्र अपुग भएकाहरूको आवेदन अस्वीकृत भएका छन्’ ती सरकारी अधिकारीले नेपाल प्रेससँग भने ‘सुरुमा १८ हजारको आवेदन अस्वीकृत हुन्छ भन्ने लागेको थियो तर त्यो संख्या अहिले बढेर २३ हजार पाँच सय पुगेको छ । चार हजार पाँच सय जनालाई त देश छोड्नका लागि पत्र पनि पठाइसकेका छौँ ।’

गत जुन ३ तारिखमा पोर्चुगल सरकारले आप्रवासन सम्बन्धी नियम कडा बनाएको थियो । आवासीय अनुमतिको लागि आवेदन दिने प्रक्रिया नै बन्द गर्नुका साथै त्यसपछिका दिनमा झन् झन् नियमहरू कसिलो बनाउँदै लगेको छ ।

रोजगारीका लागि युरोपेली मुलुक पोल्याण्ड, माल्टा, क्रोएसिया, रोमानिया आएका नेपालीहरूको अन्तिम गन्तव्य पोर्चुगल नै हुँदै आएको थियो । त्यस्तै, अध्ययनका लागि डेनमार्क, स्वीट्जरल्याण्ड जस्ता मुलुक आउने विद्यार्थीहरू पनि सहज रूपमा युरोपको कार्ड पाउनका लागि पोर्चुगल नै आउने गरेका थिए ।

यसैगरी, विभिन्न कार्यक्रमको बहानाका सेन्जेन भिसा लगाएर पोर्चुगल छिर्नेको संख्या पनि उल्लेख्य रहेको थियो । पूर्वी युरोपेली मुलुकबाट अवैधानिक बाटो हुँदै पोर्चुगल आउनेहरू पनि उत्तिकै थिए ।

सरकारले जुन ३ तारिखको राति १२ बजेबाट आवासीय अनुमति कार्डको आवेदन दिने प्रक्रिया बन्द गरेपछि पोर्चुगल आउने आप्रवासीको संख्या ह्वात्तै घटेको छ । जसका कारण यहाँ रहेका आप्रवासीहरूलाई काम र कोठा पाउन सहज भएको छ ।

सरकारले सार्वजनिक गरेको नयाँ योजनामा रोजगार सम्झौता गरेर आउनेहरूका लागि भने बाटो खुल्ला रहेको पनि जनाएको छ । सन् २०१५ मा तीन लाख ८३ हजार सात सय ५९ को संख्याका रहेकोमा आप्रवासीको संख्या सन् २०२२ मा सात लाख ८१ हजार दुई सय ४७ जनाको संख्यामा रहेको थियो । झन् सन् २०२३ मा आइपुग्दा १० लाख ४० हजार पुगेको थियो ।

सन् २०२३ मा पोर्चुगलमा विदेशी जनसंख्या करिब ३३ प्रतिशतले बढेको तथ्यांक पनि सार्वजनिक भएको थियो । सरकारी तथ्यांकअनुसार कुल १० लाखभन्दा बढी आप्रवासीहरू देशमा कानूनी रूपमा बसिरहेका छन्। अधिकांश विदेशीहरू पोर्चुगलमा २५ देखि ४४ वर्षका रहेको पनि जनाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending