Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

ऐनविपरीत स्थानीय तहका पदाधिकारीले लिए १४ करोड ६ लाख

खबरडबली संवाददाता

उदयपुर । ऐनविपरीत स्थानीय तहका पदाधिकारीले अतिरिक्त सुविधामा १४ करोड भन्दा बढी रकम खर्च गरेको पाइएको छ । १४ करोड ६ लाख उनीहरुले खर्च गरेका हुन् ।

महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रतिवेदनले चाडपर्व खर्च, पोशाक भत्ता, यातायात खर्च र इन्धनलगायतमा स्थानीय तहहरूले ऐनविपरीत १४ करोड ६ लाख १२ हजार रुपैयाँ खर्च गरेको देखाएको हो ।

प्रदेश सभाले जारी गरेका कानूनअनुसार स्थानीय तहका पदाधिकारी र सदस्यले मासिक सुविधा मात्र पाउने व्यवस्था छ । तर, १३ स्थानीय तहले पदाधिकारीलाई ऐनमा नरहेको चाडपर्व खर्चबापत १३ लाख ९६ हजार रुपैयाँ वितरण गरेका छन् ।

त्यसैगरी, २८ स्थानीय तहले पोशाक सुविधाका नाममा १ करोड २८ लाख ३५ हजार खर्च गरेका छन् । ७७ स्थानीय तहले यातायात खर्चबापत ऐनभन्दा बढी ५ करोड ७ लाख ९५ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ५३ स्थानीय तहले इन्धनमा ३ करोड ५७ लाख ६७ हजार रुपैयाँ बढी तिरेका छन् ।

विविध शीर्षकमा १६ स्थानीय तहले १ करोड ४५ लाख ६८ हजार खर्च गरेका छन् भने ७३ स्थानीय तहले भान्से, घरभाडा, अतिथि सत्कारलगायत नियमले नपाउने सुविधा शीर्षकमा २ करोड ५२ लाख ४१ हजार रुपैयाँ वितरण गरेका छन् ।

२७ अर्बभन्दा बढी बेरुजु, झण्डै साढे ३ अर्ब असुल गर्नुपर्ने

महालेखा परीक्षकको कार्यालयले आव २०८००८१ मा ७५३ स्थानीय तहको ११ खर्ब ७ अर्ब ८१ करोड ९७ लाख बराबरको लेखापरीक्षण सम्पन्न गरेको छ। त्यसमा २७ अर्ब ७० करोड ९२ लाख रुपैयाँ बराबरको बेरुजु देखिएको छ।

प्रारम्भिक प्रतिवेदनपछि २ अर्ब ९९ करोड ३० लाख फर्छ्यौट भए पनि अझै २४ अर्ब ७१ करोड ६२ लाख रुपैयाँ फर्छ्यौट हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

बेरुजुमध्ये ३ अर्ब ४२ करोड ९१ लाख असुल गर्नुपर्ने, १८ अर्ब ९५ करोड ५२ लाख नियमित गर्नुपर्ने र २ अर्ब ३३ करोड १९ लाख म्याद नाघेको पेस्की रहेको छ।

यसै वर्ष लेखापरीक्षणको प्रभावमा परेर ४९६ स्थानीय तहबाट ५३ करोड ९१ लाख र प्रारम्भिक प्रतिवेदनपछि ४९२ तहबाट ४७ करोड २१ लाख गरी १ अर्ब १ करोड १२ लाख असुल भएको छ।

यसका अतिरिक्त, विगत वर्षहरूको बेरुजु फर्छ्यौट गर्दा ५२८ स्थानीय तहबाट ७६ करोड ३१ लाख असुल गरिएको छ। यसरी, चालु आवमा मात्र स्थानीय तहतर्फ कुल १ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ असुली भएको प्रतिवेदनले देखाएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: