काठमाडौं । संक्रमणकालीन न्याय आयोगमा पदाधिकारी नियुक्तिको सन्दर्भमा अपनाइएको प्रक्रियाप्रति देशभरिका द्वन्द्वपीडित संघसंस्थाहरूले गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेख्दै आफूहरूलाई घिचको शैलीमा लादिएको निर्णय स्वीकार्य नभएको बताएका छन् ।
द्वन्द्वपीडित समुदायको तर्फबाट प्रधानमन्त्रीलाई लेखिएको खुला पत्रमा भनिएको छ– ‘समितिले अपनाएको पारदर्शिताविहीन प्रक्रिया, तीन प्रमुख दलबीचको भागबण्डा, र पीडित समुदायको परामर्शबिना गरिएको निर्णयले संक्रमणकालीन न्यायमाथि विश्वास गुमेको छ ।
समितिले उम्मेदवारहरूको प्रस्तुतीकरण गोप्य राख्दै, कुनै वस्तुगत मूल्यांकन नगरीकन, केवल राजनीतिक सहमतिका आधारमा नाम सिफारिस गरेको आरोप लगाएको छ । द्वन्द्व पीडित ३९ वटा संघसंस्थाले भनेका छन्– ‘हामीले प्रक्रियालाई आशावादी रूपमा सहयोग गर्यौं, तर हाम्रो आह्वान समितिले लत्यायो । शान्ति सम्झौताबाट स्थापित संक्रमणकालीन न्याय प्रक्रियालाई फेरि कर्मकाण्डीय र निर्देशित ढंगले अघि बढाउने हो भने हामीले त्यसप्रति कुनै अपनत्व महसुस गर्ने छैनौं ।’
पीडित समुदायले यो विषय केवल पदाधिकारी छनोटको मुद्दा नभई आफ्नो नागरिक अधिकार र आत्मसम्मानको विषय भएको स्पष्ट रूपमा औंल्याएका छन् । उनीहरूको भनाइ छ– ‘लोकतान्त्रिक गणतन्त्र हाम्रो योगदानबाट आएको हो । हामी सार्वभौम नागरिक हौं । हामीमाथि लादिएको निर्णय अपमानजनक छ ।’ यस प्रक्रियाविरुद्ध केवल पीडितहरू मात्र होइनन्, राष्ट्रिय मानवअधिकार संस्थाहरू, एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ ज्युरिस्ट्स जस्ता संस्थाहरूले समेत गम्भीर प्रश्न उठाइसकेका छन् । उनीहरूले प्रक्रियाको विश्वसनीयता पुनःस्थापना गर्न र पारदर्शिता सुनिश्चित गर्न आग्रह गरेका छन् ।
साथै, प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यस विषयमा विगतमा भएको प्रत्यक्ष संवादको स्मरण गराउँदै द्वन्द्वपीडितहरूको यथार्थमा आधारित, पीडित केन्द्रित प्रक्रिया अपनाउन सरकारसँग आग्रह गरेका छन् । द्वन्द्वपीडितहरूले नेपालमा संक्रमणकालीन न्यायको मार्ग सहमति, संवेदनशीलता र स्वामित्वका आधारमा मात्र सम्भव भएकोमा जोड दिएका छन् ।
सरकारले भागबण्डा र गोप्य निर्णयमार्फत प्रक्रियालाई अघि बढाउने हो भने, १७ वर्षदेखि न्यायको प्रतीक्षामा रहेका पीडितहरूले फेरि पनि अन्योल र अविश्वासको बन्धनमा बाँधिनुपर्ने अवस्था आउने भन्दै पीडितहरूले त्यसो नगर्न चेतावनी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र २५ गते, २०८२ - १४:२६
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको उतारचढाव तथा अन्य प्राविधिक सूचकलाई आधार मान्दै नयाँ भाडादर निर्धार...
चैत्र २५ गते, २०८२ - १४:२२
काठमाडौं । पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको मौसम महाशाखाले जनाएको छ। महाशाखाले आज (बुधबार) दिउँसो १:२० बजे सूचना जारी गरी वर्षा गरा...
चैत्र २५ गते, २०८२ - १४:२०
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङ पुगेका हर्क साम्पाङले तुइन विस्थापनको अभियानअन्तर्गत झोलुङ्गे पुल निर्माणको सुरुवात गरेका छन्। उनले घ...
चैत्र २५ गते, २०८२ - १४:१४
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता व्यक्त गरेको छ । दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा र...
चैत्र २५ गते, २०८२ - १४:१२
काठमाडौं । युद्धविराम पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अब पुनर्निर्माण गर्न सक्ने बताएका छन्, जसको लागि अमेरिकाले पनि सहयोग गर्नेछ। ड...


प्रतिकृया लेख्नुहोस्: